माओवादी भोजमा आतेजातेलाई काग्रेसको सत्कार

Posted December 1, 2011 by Subin Shrestha
Categories: दैनिकी, म र मेरो कुरा

मंसिर १५, २०६८ अर्थात डिसेम्बर १, २०११
बिहिबार

हिजो दैनिकी पोष्ट गरेर सुत्ने तरखर गरिरहँदा पूर्णसिह बराइलीको फोन आयो । भोली ११ बजे हिमालयन होटेलमा दलित विषयक कार्यक्रमको निम्तोका लागि । अनि प्रजित ताम्राकार क्यामरा बोकेर आएको थिए । कसरी फोटोग्राफी गर्न सकिन्छ भनेर सल्लाह लिन । जानेको जति भने । अनि सदा झै प्रिय गजलमा डुबेर सुत्ने तरखर गरिरहँदा भुसुक्कै निदाए छु । Read the rest of this post »

धन भएर मन नहुनेहरूको धाकै ठूलो

Posted November 30, 2011 by Subin Shrestha
Categories: दैनिकी, म र मेरो कुरा

मंसिर १४, २०६८ अर्थात नोभेम्बर ३०, २०११
बुधबार

नेपाल खबर सुनेर सुत्ने तरखरमा लागे । नारायण गोपाल र अनुप जलोटाका सुमधुर गीतहरूमा एकाध घण्टा भुले । झयाप निद्रा लाग्यो । आजको दैनिकीसँगै शब्दहरू कोरिरहँदा ९.२० भएको छ । आज ढिलै उठियो । यताउता गर्दा दिउँसो १२ बजेतिर घरबाट निस्कियौं । मसँगै पाजुपनि हुनुहुन्थ्यो । वहाँको काम र मेरो रिपोर्टिङ यात्रा संयुक्त जुराउन खोजेको मात्रै हो । धुम्वाराहीमा कोलनी काण्डको समाचार खोजसँगै ओम अस्पतालतिर एकघण्टा बढी बसियो । Read the rest of this post »

सहकारीमा धर्ना दिँदै सदस्यहरू !

Posted November 29, 2011 by Subin Shrestha
Categories: दैनिकी, म र मेरो कुरा

Tags:

मंसिर १३, २०६८ अर्थात नोभेम्बर २९, २०११
मंगलबार

हिजो कान्तिपुर एफएमबाट प्रसारण हुने भावसंवेगमा फोन लाग्यो । जसरीपनि बोल्छु भन्ने अडान आखिर पुरै भयो । प्रत्यक्ष कविता सुनाए साम्राज्य शिर्षकको । लगभग १२.१० मात्रै सुतेँ ।

सत्य लेखनको बाचा गरेर लेख्न थालेको डायरी एकसाता रोकियो । कारण हो समयानुकुल परिस्थिती नमिल्नु र अल्छिपना । यो सातामा निकै घटना/परिघटना/भेटघाट र उतारचढावका पलहरू बितेका छन् । वरिष्ठ चलचित्रकर्मी तथा साहित्यकार चेतन कार्की र प्रकास साय्मीसँग भेटघाट छँदैछ । कान्तिपुर एफएमका साथी र उज्यालोका पत्रकार मित्रसँग साँझ झण्डै दुईघण्टा भलाकुसारी । गुरू राजेन्द्र दाहालसँग आत्मिय सम्वाद । Read the rest of this post »

अपरिचित स्वरले पार्यो आपत्त

Posted November 22, 2011 by Subin Shrestha
Categories: दैनिकी, म र मेरो कुरा

मंसिर ६ २०६८ अर्थात नोभेम्बर २२ २०११
मंगलबार

सुत्ने तरखर गरिरहँदा कान्तिपुर एफएममा भावसंवेग बज्ने दिन थियो । अघिल्लो साता रिमाइण्डरमा राखेको तालिकाबारे जानकारी भयो । एउटा कविता वाचनको लक्ष्य लिएर फोन गरे । चारपटक फोन लाग्यो तर उठाउने बेला अरु श्रोताको पर्ने । आजको लक नै खराब जे होस् फोन लाग्यो तर कविता सुनाउन पाईएन । तरपनि कार्यक्रम सुनियो । Read the rest of this post »

रेडियो खोल्न रमाएको मन

Posted November 21, 2011 by Subin Shrestha
Categories: दैनिकी, म र मेरो कुरा

Tags:

मंसिर ५, २०६८ अर्थात नोभेम्बर २१, २०११
सोमबार

पुराना सदाबहार गीतको शब्द बहारसँगै निद्रामा भुले । अहिले ९.३२ बजेको छ । बिहान आजै ढिला उठियो । सदा झै खाटमै नागरिक दैनिक । आज मैले भेट्न चाहेको दाजुले एउटा शब्द आग्रह गर्नुभयो । एकजनाको व्यक्तिको नम्बर खोज्नका लागि । मैले पत्रकार मित्रहरु वरिष्ठ पत्रकारलाई समेत सोधखोज गरे । कसैले नम्बर दिएनन् । कोहीसँग छैन भने कोहीले मोबाइल हराएको बताए । साथै नेतात्रयबाट पनि नम्बर उपलब्ध भएनन् । Read the rest of this post »

पत्रकारको नपच्ने प्रबृति !

Posted November 20, 2011 by Subin Shrestha
Categories: दैनिकी, म र मेरो कुरा

Tags:

मंसिर ४, २०६८ अर्थात नोभेम्बर २०, २०११
आइतबार

आपने धुनमे रहेता हुँ
मै भी तेरे जैसा हुँ

गुलाम अलीको स्वरको यो गजलको आनन्दसँगै हिजो निद्रादेवीमा लीन भएँ । आजको दैनिक सत्य लेखिरहँदा ९।३१ बजेको छ । आज बिहान खबर पत्रिका सुन्ने समयभन्दा ढिला उठियो । नागरिक दैनिक पढियो । हिजो फेसबुकका एक मित्र हिमाल दाहालले विज्ञापन र पत्रकारितालाई जोडेर नागरिक न्यूजले आफ्नो व्लगमा राखेको एनसेलको ठगी शिर्षकमा ताली बजाएका थिए तर त्यो सत्यले छापा संस्करणमा स्थान पाएनन् । अचम्म । यो हुनु नै थियो भयो । Read the rest of this post »

देश बनाउने भन्दा बढी छन् डुबाउने !

Posted November 19, 2011 by Subin Shrestha
Categories: दैनिकी, म र मेरो कुरा

मंसिर ३, २०६८ अर्थात नोभेम्बर १९, २०११
शनिबार

दैनिक सत्य लेखनको साक्षी बनिरहँदा ८.३१ बजेको छ । आज ६.३० मा उठेँ । रेडियो पत्रिका सुन्दै नित्यकर्म सिध्याएँ । नागरिक दैनिकको शनिवारिय अंक विशेष लाग्छ हरेक साता । आजपनि आँखा दौडियो अक्षर पृष्ठमा । भवसागर घिमिरेद्धारा लिखित ‘पोखराको घरपति र किर्तिपुरको डेरावाल’ उत्कृष्ट लाग्यो । भवसागर र मेरो सहयात्राले ६ महिना उत्साहपूर्ण साथ लिएको थियो । नागरिक दैनिकको जूनकिरी विशेषमा बालबालिका सम्बन्धित फिचर र आवरण लेख्ने क्रममा हाम्रो परिचय र सहयात्रा भएको हो । सारै मिहिनेतीको दर्जामा भवसागर मित्रलाई राखेको छु मैले । Read the rest of this post »

दुबईमा खरेल बित्दा कसलाई दोष

Posted November 18, 2011 by Subin Shrestha
Categories: दैनिकी, म र मेरो कुरा

मंसिर २, २०६८ अर्थात नोभेम्बर १८, २०११
शुक्रबार
९।३० बजेको छ शब्द कोर्ने तरखर गरिरहँदा । भर्खर खाना खाएर विद्युतीय डायरी लेख्दैछु ।
बिहान ढिला उठियो । नियमित सुन्ने खबर पत्रिका सुन्न पाइएन । नागरिक दैनिकपनि फेला परेन दैलोमा । बिहानी नियमित जस्तै बित्यो । हिजो यता चिया पिउन आउँन्छु भनेर वाचा गरेका SP, TS र TS आइपुगे । श्रीमती सुनिताले चिया बनाएर खुवाए । निकैबेर गफियौ हामी । Read the rest of this post »

मन्त्री बनेका मित्रलाई बधाई !

Posted November 17, 2011 by Subin Shrestha
Categories: दैनिकी, म र मेरो कुरा

मंसिर १, २०६८ अर्थात नोभेम्बर १७, २०११
बिहिबार

अलिकति टाउको दुखेको छ । दिउँसोबाट टाउको दुख्न थालेको हो । अहिले ८.२५ बजेको छ । सत्य लेखनको साहस त्यत्ति सहज लागेको छैन । तरपनि बाचा र अभियानलाई निरन्तरता दिने प्रयास गरिरहेको छु ।

आज ६ बजे उठे । बिहानै देखि आत्मिय दाजु SK मा जाने इच्छा उठ्यो । धेरै दिनभयो जान तम्सिएको तर के मिलेन मिलेन । नियमित भन्दा आज अलि चाँडो उठेको हो म । रेडियो सगरमाथाको खबर पत्रिका सुन्दै बिहानी नित्यकार्य सिध्याए । दैलोमा आइपुगेको नागरिक दैनिकको खबरसँगै चियाको चुश्की । लगभग ६ महिना भयो ग्राहक बनेको । त्यसपछि इन्टरनेटमा व्यस्त हुने दाऊसँगै फेसबुकमा । आज मंसिरको पहिलो दिन । अभियानको प्रारम्भलाई राम्रो साइतमानेर सत्य लेखनको साहस भन्दै स्टाटस अपडेट गरे । लगभग २० मित्रहरुले मनपराए र केही कमेन्ट पनि पाएँ । Read the rest of this post »

सत्य लेखनको साहस !

Posted November 17, 2011 by Subin Shrestha
Categories: दैनिकी, म र मेरो कुरा

मंसिर १, २०६८ अर्थात नोभेम्बर १७, २०११
बिहिबार

जिन्दगीको किताबको हरेक पन्नाका हरेक शब्दहरु स्वतन्त्र हुन खोजिरहेका छन् । म माध्यम बनेर यसलाई पोख्न चाहन्छु । छर्न चाहन्छु । अर्थात खुल्ला किताब हुने तयारी गर्दैछु । सबैकुरा सबैसँग ‘प्रत्यक्ष’ राख्न गइरहेको छु । मन खोलेर कलमको निडर गति स्वतन्त्रपूर्वक हरदिन ढुक्कले मेरालागि । लेखनसँगै कम्युटरराईजबाट मुसा खेलाउँदै आधुनिक प्रकि्रयासँगै मेरा पारिवारिक, मित्रबन्धुका कुरा, पेशागत यात्रालगायत विविध पक्षहरु स्वतन्त्र खोल्नेछु । Read the rest of this post »

पत्रकारितामा भर्खरै १०० मा ५ कुरा सिके !

Posted August 17, 2011 by Subin Shrestha
Categories: म र मेरो कुरा, मेरो लेख

Tags: , , , ,

जिन्दगीको यात्रामा केही गर्ने उत्साह लिएर म यात्रारत रहे । यी पाईलाहरूले चाहेको सफलता पनि प्राप्त भयो । यस्तो सुखद परिस्थितीमा पनि म हर्ष विमुख भए । शायदै म पैसाका लागि यो पेशामा होमिएको भए एक अंश पनि म आफुलाई परिचित हुने मौकाबाट बन्चित बन्थे होला । सदा मनमा यो समकालिन समयमा केही गर्नुपर्छ भन्ने सिद्धान्तमा बाँधिएर आदरणीय दाजुहरूबाट प्रेरणा पाईरहे । आजको दिन सम्म मैलै के पाए र कति सफल भएँ लेखाजोखा छैन । तरपनि मैलै गर्व साथ घोषणा गर्नुपर्छ की वहाँहरूको यस्तो हौसला र मित्रवत् सहयोग नभई दिएको भए म आज जुन चुलीमा रहेको महसुस गरिरहेको छु । त्यहाँ पुग्नको लागि मैलै अझै जिन्दगीका कति वर्षरू खर्चिनु पर्थ्यो होला । Read the rest of this post »

बिन लादेन र अनुजा

Posted August 16, 2011 by Subin Shrestha
Categories: मेरो लेख

पाकिस्तानको व्यस्त शहर एबटाबाद । ६ वर्षअघि बनेको घरमा बस्दै आएका बिन लादेनलाई अमेरिकी सिआईएलको आदेशमा मारिएको हो । अमेरिकी सेनाको उच्च सेनाको रुपमा गनिएको सिलको ४० जवानको फौजको आक्रमणले लादेन मारिएको पुष्टि भएको छ । Read the rest of this post »

आभार, २०१० को यस्तो भयो ! ’2010 in review’

Posted January 2, 2011 by Subin Shrestha
Categories: मेरो लेख

The stats helper monkeys at WordPress.com mulled over how this blog did in 2010, and here’s a high level summary of its overall blog health:

Healthy blog!

The Blog-Health-o-Meter™ reads This blog is doing awesome!.

Crunchy numbers

Featured image

A Boeing 747-400 passenger jet can hold 416 passengers. This blog was viewed about 3,200 times in 2010. That’s about 8 full 747s.

 

In 2010, there were 23 new posts, growing the total archive of this blog to 166 posts. There were 6 pictures uploaded, taking up a total of 1mb.

The busiest day of the year was July 18th with 47 views. The most popular post that day was मायामा शंका बारम्बार हुन्छ !.

Where did they come from?

The top referring sites in 2010 were networkedblogs.com, mail.yahoo.com, facebook.com, mail.live.com, and nepalibloglist.blogspot.com.

Some visitors came searching, mostly for मायाको कुरा, qatar, pearl qatar, काठमाडौं, and qatar pearl.

Attractions in 2010

These are the posts and pages that got the most views in 2010.

1

मायामा शंका बारम्बार हुन्छ ! July 2010

2

कतारको मोती अर्थात PEARL QATAR March 2009
2 comments

3

मायाको गाँठो, मायाका कुरा र यांवत जिन्दगी… March 2009
1 comment

4

काठमाडौं के लोग कमजोर है क्या ? March 2009
4 comments

5

कोठा सरेको छु ! November 2010

विमोचनप्रेमी मित्र !

Posted January 1, 2011 by Subin Shrestha
Categories: म र मेरो कुरा, मेरो लेख

Tags:

एकदिन बाटोमा पुरानो मित्र भेटियो । ऊ निकै हतारमा देखिन्थ्यो । ए किन यत्रो हतार प्रश्न गर्छु । कुरा-सुरा पछि गर्दै गरौंला बरु फुस्रद छ भने िहंड मसित । उसले भन्यो । र मेरो हात तान्न थाल्यो । हतारिदै हामी दुई मित्र अज्ञातस्थिलतिर हानियौँ । Read the rest of this post »

कोठा सरेको छु !

Posted November 12, 2010 by Subin Shrestha
Categories: म र मेरो कुरा

मित्र हरु, निकै भयो मनका कुरा र शहरबाट शब्दहरु नलेखेको, भर्खर मित्र प्रशान्तले कोठा सर्न सहयोग गरे र म सरेको जानकारी यहाँहरुमा दिएर अब निरन्तर भेट्ने बाचा गर्छु …

नयाँ घर

११ मिनेटको रणभुल्ल यात्रा

Posted October 2, 2010 by Subin Shrestha
Categories: मेरो लेख

व्यस्त शहरको व्यस्तता । आखिर कसैलाई एक मिनेटपनि फुस्रद छैन । तर यसपालि भने मैलै राजधानीको व्यस्त मुटु रत्नपार्कमा बिहान ११ बजे ११ मिनेट खर्चिए । ११ मिनेटको परिदृश्यमा रत्नपार्कलाई सयौं दृश्यमा बाँधे । फुस्रदिलो भएर उभिएको ११ मिनेटका केही दुश्यहरुलाई यहाँ पोख्न खोजेको  छु । व्यस्त शहरका सडकहरु सयौ सवारी साधन ओहरदोहर भइरहेका छन् । यही संख्याको बढ्दो अनुपातमा शहरका मान्छेहरु पनि ।

खोई कताकता पुग्ने हुन्  कहाँकहाँबाट आएका हुन् । सबैका आफ्नै धुन र रंग छन् । बिचरा आकाशे पुललाई वाक्क लाग्दो हो । कति चढ्ने हुन् र कति झर्न हुन् । यो दिन भने अनुशासन सिकिरहेका विद्यार्थी जमात सिधै व्यस्त सडक वारपार गरिरहेका थिए उनै उमेरका हकबन्दी नाघेका पाका मान्छेहरु भने आकाशे पुलको शरीर चढिरहेका । प्रजातन्त्रको निर्जिव भित्तामा फिल्मका रंगीन दृश्य बेजोड छन् । जलविद्युतको दोश्रो धनी देश हुनुको गर्व बोकिरहेका नेपाल अनि रत्नपार्क चौबाटोमा ठडिएको बोर्डमा बिजुली कम खपत गरौं सिएफएल चीमको प्रयोग गरौं नारा हास्यापद छैन र  म उभिएको छेऊमा फिल्मी हिरो-हिरोइन सडक पेटीमा लडिरहेका छन् । उनीहरुका भाउ अहिले निकै सस्तिएको छ । बढी उत्पादनका कारण नेरु ३० समेत पाइदोरहेछ ।

एक छाकको लागि हात फैलाएर सहयोग जुटाउने  महिलाले म नजिकै एक फिल्म किने । तुहार कारण गइल भैंस पानीमे । भोजपुरी भाषाको यो फिल्मका ग्राहक धैरै रहेछन् । यता बिस्रने बानीले चर्चा पाएका हिन्दी नायक अमिर खानको गजनी फिल्मका नायिकाको नेपाली रुप पनि देखिए रत्नपार्कको ११ मिनेटको बँसाईमा । ज्योति गुमाएका वृद्धलाई सडक पार गराउँदै लगिरहँदा सबै दुश्यहरु शब्दमा पोखिरहेका  थिए उनीले । रत्नपार्कमा अलपत्र मान्छेहरुका भीड व्यस्तताले रहन मुश्किल परेको ११ मिनेटको रणभुल्ल यात्रा अहिले यतिमात्रै । अस्तु

यात्रा बज्दैछ ‘बिबिसी’ मा !

Posted September 14, 2010 by Subin Shrestha
Categories: म र मेरो कुरा, मेरो परिचय

मेरो ‘अन्तर्वार्ता’ देशभर प्रसारणको दिन ..बिबिसी (BBC) १०३ मा वा स्थानीय समय अनुसार रेड़ियोमा सुन्न http://bbcnepalidrama.com/about/broadcasting-partners/ मा..र
Kathmandu – Capital FM 92.4 MhzSat 8.15 PM,
Kathmandu – Radio City 98.8 MHzMon 8.15 PM,
Lalitpur – ECR F.M. 104.2MHz Sat 8.15 PM
Lalitpur – Radio Sagarmatha 102.4 Mhz - 5:30 PM !
बिश्वभर http://bbcnepalidrama.com/ मा सुन्न सकिन्छ …बेलुका ८.१५ सनिबार, असोज २ गते…

‘छोराछोरीका मन ढुङा माथि’

Posted August 6, 2010 by Subin Shrestha
Categories: मेरो लेख, मौनबस्तीको आवाज

Tags:

जीवनका धैरै पाटाहरुलाई उखानमा मिसाउने चलन नै छ । आमाबुबाको मन छोराछोरी माथि छोराछोरीका मन ढुङा माथि । यसो नभएको भए ८७ वर्षीय सावित्री नेपाल किन आफ्नो राम कहानी बोकेर जीवनको अन्तिम शान्ति खोजेर स्वतन्त्र बोलिरहेका छन् । स्वर्गीय स्वरसम्राट नारायण गोपालको सम्झनापनि यहाँनिर बल्झिएको छ ।

लौ सुन म भन्छु मेरो रामकहानी ।
एकदिनको घाम सयौंदिनको पानी ॥

प्रसंग उही एक जिन्दगीको । जुन चलिरहन्छ र समयसँगै ढलिरहन्छ लगातार । समयकै बहावसँगै यहाँसम्मको यात्रामा संगतका व्यक्ति विशेषहरु आईरहे गईरहे र अझै भेटिने क्रम रहिरहनेछ, यो अनित्य जीवन रहुन्जेलसम्म ।

शब्दका पीडाहरु आमा नेपालले व्यक्त नगरेपनि अचानक भएको भेटमा गुिाजएको गीत हो यो । नेवा प्रेस देय् दबुको आयोजनामा सम्पन्न भएको भेटघाट कार्यक्रमको आयोजनास्थलमा भेटिएकी आमा नेपालको साक्षात्कार हो यो । मनका बहावलाई अनुहारमा गुम्साई यात्रारत एक कथाको सत्य सुनेपछि म आमाबुबाका मन र छोराछोरीका मनका असमानताका पहाड एकाएक आँखा अगाडि बिशाल रुपमा देखियो । न उक्लिने र, न ओर्लिने सपनाका गाथामा बाँधिएर आमा नेपाल अहिले उजाड विपनामा शान्तिको अन्तिम सिरानीको प्रतिक्षामा सेकेण्ड/मिनेट/घण्टा र दिन कटाइरहेका छन् ।

यो पक्कै सहज छैन । आफ्ना सम्पूर्ण सम्पत्तिमा एकाधिकार जमाएर छोराले जन्माएको हिसाब देखायो । म कहाँ जाने  घरबाट निकालिनु अघि पीडा भरिएको स्वर र आँखामा सम्बन्धका तारहरु फिँजाएर सोधिएको प्रश्नको जवाफमा जहाँसुकै जा भनेर छोरा बुहारी र परिवारका सदस्यहरुबाट प्रताडित बन्दै निकालिन् आमा नेपाल । पुराना यादका स्मरणमा डुब्दै आमा नेपालले जीवनको सहयात्री पनि सम्झिईन । तर बितेका पल नफर्किने रित छ संसारको ।

बहुमूल्य समय र रंगीन जीवनका माचनहरु अब नदोह्रिनेमा आमा नेपाल बिश्वस्त हुनुहुन्छ । जीवन एक नाटक हो अनि बोल्ने हाँस्ने र पीडाहरु पात्रको जिम्मामा आएका भूमिका र हामी स्वयम पात्र । कुनै एक विश्वप्रसिद्ध साहित्यकारको वचन मनमा उत्पन्न हुन्छ । म आमा नेपाललाई राम्ररी सुन्ने प्रयत्न गरिरहन्छु । वहाँका आँखामा सम्पूर्ण पल झाँक्ने असफल प्रयास समेत जारी रहन्छ ।  यद्धपी वहाँले सब देख्न सक्नुहुन्छ र प्रत्येक कुरा थाहा पाउँछन् ।

पलपल आँखाबाट खसेको पीडा र चोटका महंगो नदीका छालहरुसँगै म झरिरहन्छु । के आमा नेपालको सुख फेरि फर्किएला ? हे भगवान यो अन्याय किन आमा नेपाललाई ? हाम्रो सम्बादमय माहौलमा मूर्त साक्षी बनेको बटुक भैरवसमेत मौन छ । हाम्रो सम्बादमा आमा नेपालको कतिपटक मुटु भकानियो ? आँखाबाट कति पीडा मिसिएर मोती खेर गयो ? अझै समयसँगैको शून्य जीवनमा कति लम्बिएला आमाको जीवनयात्रा ?  अनि शान्तिमय सिरानी प्राप्तिमा कति अशान्ति र अन्तरयुद्धको मैदानमा सहभागी भइरहनेछन् आमा नेपाल ? मौनतामा भगवानलाई मौन प्रश्न गरिरहेको छु पलपल । होईन भगवान किन मौन छ ?

अस्तु

आगमनको खबर आयो !

Posted July 22, 2010 by Subin Shrestha
Categories: म र मेरो कुरा

श्रावण ५, जुलाई २१ – बुधबार दशौं दिन

अलि अलिकति पीडा हुँदा नि म तिमीलाई सम्झन्छु ।

अलि अलिकति खुशी हुँदा नि म तिमीलाई सम्झन्छु ।

खैं के भयो मलाई आजभोली तिम्रै सपना देख्छु,

खैं के भयो मलाई आजभोली तिमै कविता लेख्छु ।

हिजो प्रेममा कलम चलेन । न उनको फोन नै आयो । शायद घरमा व्यस्तता होला भनेर मन बुझाए । मेरो यो बिछोड हुनुको डायरीपनि लेखिने समयमा म दुई बिशेष भेटका लागि निस्किए । हुनपनि अरुलाई कुराउनु राम्रो होइन । हिजोको दैनिकी लेख्न नपाउँदा म भारी बनेको छ । फेरि आज हिजैकै कुरा स्मृतिम ल्याएर लेख्न सकिँदैन भन्ने लाग्छ मलाई ।

अस्ति थाहा पाए उनी पनि मेरो अभावको महसुस गरेकी छन् । एउटा दुविधा पनि छ प्रेम गर्छु भनेर प्राय कसैले स्विकारे भन्न सक्दैनन् । म तिमीलाई चाहन्छु तिम्रो उपस्थिती चाहेको छु यी कुराहरु प्रेम गर्नेले प्रत्यक्ष बोल्दैनन् । वा भन्न सक्दैनन् ।

मुझसे बिछड के तुम खुश रहते हो
मेरी तरहा तुम भी झुठे हो ।

यसपालिको लामो बिछोड होइन यो । यस्तै देशकालको बाध्यतामा म बिदेशिएको दुई वर्षपनि एक्लै यादहरुमा बाँच्नु परेको यथार्थ अझै छ । यसपालि यो देशमै दुर भइदिएर बिछोड भोग्नुपरेको हो । हाम्रो सम्बादमा प्रश्न उठ्छ कहिले आऊने तर उनी प्रश्न अगावै हतारमा बोल्छिन् । अब केही त हो नी । यो केही दिनको सिलसिला दश दिन पुग्न खाजेको छ । खबर मुताबिक भोली उनी आउँदैछिन् ।

उही पुरानो र विश्वासी सहयात्रा संलग्न हुन । जसले जे भनेपनि एक्लो यात्रा सम्भव छैन । न यसको कुनै गतव्य नै हुन्छ । सहयात्रामा पीडा चिन्ता झगडा र मायाको मिश्रण रहन्छ । अनि जिन्दगीका खुल्न नसकेका र नबुझिएका पाटाहरु देखिन्छ । यसैकारण पनि सहयात्रा जरुरी छ । र शायद भोलीबाट फेरि प्रेम र बिछोडका कुराहरु मनमा डुल्ने छैनन् । उनको आभाषमा समर्पित दैनिकी डायरीका प्रत्येक शब्दहरु उनैकै लागि मात्र हो । अनि यो सँगै मनमा उनको आगमनको खुशी छाएको छ ।

तेरे आने की जब खबर महके,
तेरे खुशबु से सारा घर महके ।

अस्तु

मायामा शंका जायज़ छ !

Posted July 20, 2010 by Subin Shrestha
Categories: म र मेरो कुरा

श्रावण ३ जुलाई १९ – सोमबार आठौ दिन

पहिलो ब्रत आज । तिम्रो निकै याद आयो । अनि ब्रत समाप्तिको साँझ तिमीले बनाएको पहेलो दाल भात, फ्राई आलु र एक कटौरा दही । यसको खुब स्वाद उठेको छ मनमा । तिमीले भन्यौं अर्का सोमबार म हुन्छु चिन्ता नगर्नुस । पहिलो ब्रत कटाउनुस् । साँच्चै उनको यो वाक्यबाट दिन कटाए । यो सँगै आज केही सान्दर्भिक कुरा जोड्न मनलाग्यो दैनिकी बिछोडको डायरीमा ।

मैलै जस्तै तिमीले पनि माया लगाई हेर । यो प्रेममय शब्दमा कति अविश्वास भरिएको छ । कारण के पनि हो भने यसबाट एकपक्षिय मायाको सहमति देखिन्छ । अनि म जस्तै माया गर भन्ने आग्रह । तर हाम्रो मायामा यस्ता वाक्यहरु प्रयोग भएका छैनन् । अझ म भन्छु मेरो माया फिक्का छ तिम्रो मायाको अघि । सत्य हो यो । किनभने मायामा शंका हुन्छ । तिम्रो शंका ज्यादा र उच्च छ । म स्विकार्छु मेरो पनि तिमीप्रति शंका छ ।

शंका हुनु अविश्वास भनेर परिभाषित गरिएपनि म त्यसबाट असहमत छु । चोखो मायामा शंका हुनु भनेको अविश्वास होइन । यो प्रकि्रया र चरण हो मायाको सहयात्रामा । यात्रामा कहिकतै अठ्यारा र गलत नजरमा फस्न नसकियोस् भनेर यो जरुरी छ ।

शंकाको कारण विश्वास घट्छ मायामा । प्रत्येक चोटी र पलको शंका जायज हुँदैन । यसले सहयात्रामा सुमधुरता भन्दा पनि असहजताको चुली बढाउँछ । यसकारण यसको डरले गर्दा समाजका प्रेमीप्रेमिकाहरु शंका गरेको कुरा स्विकार्न सक्दैनन् । किनपनि शंकाका कारण अविश्वास उठ्छ र एकाधिकार जीवनको प्रसंग खडा हुन्छ । मुख्य यही हो माया शंका हुनु राम्रो हो । तर अत्याधिकरुपमा शंकाको दरबार बनाउनु हुन्न ।

अनि सँगै आत्मिय भन्दै विश्वासी मित्रको दर्जा दिएर एकआपसको मायामा नारद र विषालु सर्पलाई शीर उठाउन दिनु हुन्न । यसो भयो भने नारद बिलिन हुन्छ र सर्प धरतीमा बिलाउँछ । अनि साक्षी भन्नु दुई आत्मामात्रै । जसले संसार भोग्नुपर्छ । यसर्थ शंका दुईतर्फी हुनुपर्छ ज्यादा शंका भए समाधानमा दुईले साथ दिनुपर्छ । अनि सफल हुन्छ माया र सहयात्रा ।

अस्तु

किनारा कहाँ छ ?

Posted July 19, 2010 by Subin Shrestha
Categories: म र मेरो कुरा

श्रावण २, जुलाई १८ – आईतबार सातौ दिन

मायाका कुरा र प्रसंग लेख्नु अघि प्रथम ओम् नम शिवायको उच्चारण गर्ने चाहन्छु । आज मेरो पहिलो ब्रत । ब्रतका समयमा प्राय म कलम र मनमा अनेकन अभद्र कुराहरु भित्रिन दिन्न । तर यता मेरा मित्रहरुको चासो र मेरो शब्दप्रतिको आत्मियताले गर्दा सातौं दिनको बिछोडका केही शब्दहरु कोर्न बाध्य बनेको छु ।

माया सधै चोखो सत्य र अमर हुन्छ ।
बरु मायालु नै झुठो र झुठो हुन्छ । ।

यो प्रसंगमा मेरो आत्माका कुरा मधुर स्वरमा सुनिरहेको छु । मायाका बहावमा तेज गतिमा बग्ने यथार्थ हुन् ती । यद्धपी हाम्रो अटल माया यस्तो पक्कै छैन किनपनि भने जति सोच र चिन्तामा म बहिरहेको छु त्यो भन्दा अदृश्यरुपमा उनी पनि ।

मलाई बर्षा भिज्न मनपर्छ म केहीबेर हिडेपनि हिजो । मनका भावनामा सहमति जनाउँदै वर्षिएको पानीमा म निकै खुशी भँए । वर्षामा हिडिरहँदा आँखाबाट बहेका यादहरु अरुले ठम्याउन सक्दैनन् । नत्र एक्कासी भक्कानिएर यादमा झरेका आँसु खसिरहँदा म व्याकुल बन्न पुग्छु र लोग्ने मान्छे भएर रुनु हुन्नको वास्तविकतासँग साक्षात्कार हुन्छु ।

यो रंगविहिन र आकारविहिन मायाको अनेक रुप हुन्छन् । रुपको पनि कुनै दृश्य हुदैनन् । यस्तो भावनाका सतहीबाट गुजि्रहेको छु जस्को किनाराको कुनै ठेगाना छैन, कारण तिमी छैनौ । मात्र तिम्रो अभावमा किनारा म बाट दुर छ अझै कोसौं दुर । म उभिएको स्थानबाट किनाराको कुनै अवस्था देख्न पाइरहेको छैन ।

प्रतिक्षा गर मेरी मायालु
समयले मानिसलाई कहाँ कहाँ पुर्याउँछ ।

अस्तु

मायामा शंका बारम्बार हुन्छ !

Posted July 18, 2010 by Subin Shrestha
Categories: म र मेरो कुरा

श्रावण १, जुलाई १७ – शनिबार छैठौ दिन

उसैपनि शनिबार । प्राय बिदा र रमाईलोमा बित्ने दिन हो यो । तर म बैचैन छु जहाँ तिम्रो यादहरु मलाई फिटिक्कै रमाइलो गर्न दिँदैनन् न त बिदाको आभाष गर्न दिन्छन् । यो मायाको यथार्थ पाटो पनि हो किनभने जब कोही प्रेममा पर्छन् त्यो दिनबाट सबैको निद्रा र समयसँग गुनासो गर्छन् ।

प्रेमलापमा व्यस्त जोडीले कति चाँडै घण्टौं बिताउँछ र फर्किएर जानु पर्दाको समयमा समयलाई गाली गर्छन् । केही पल अझ लम्बिएको भए । तर म पनि चाहन्न यस्तो होस् । मलाई समयसँग कुनै गुनासो र पीडा पोख्नु छैन । यसकारण पनि किनभने मेरो आत्मा मेरो नजिकै छैन उनी दुर छन् । उनीसँग मन साट्न समय नपुगेको भन्दै समयलाई कहिले दोष दिएको पनि त छैन मैलै ।

ईन्तजार हो गई ईन्तजार की,
आइना कुछ खबर मेरे यार की ।

एक साताको संघारमा आइपुग्दा म जल्न थालेको छु । मायाको अभाव र मनका खुशीहरु गुम्सिन थालेको छ । उफ् ॥ यस्तो मायाको डोरीमा कसिलो भएर बाँधिएको मायामा फेरि शंका उठ्यो । उनको सम्बादमा मैलै भित्रैबाट अविश्वासको संकेत दिएको महसुस भयो । मन दुख्यो आखिर यही हो विश्वासको फल ।

फेरि सकारात्मक सोचले बोल्छ मायामा शंका हुन्छ,  अझ शंका हुनु शतप्रतिशत माया हो । दोधारमा पर्छु तर एउटा सत्य के पनि हो भने बाहिरी मनका कुरा धैरै झुठा भईदिन्छन् तर भित्री आत्माका कुरा सत्य हुन्छ । यो शब्द लेखिरहँदा भित्री आत्मा भनिरहेको छ की उनको शंका नै अगाढ मायाको प्रदर्शन हो र चोखो र विश्वास भरिएको मायामा शंका बारम्बार हुन्छ । अनि दुई हातले मन थाम्छु र असारे महिनामा अभाव भएको झरी एक जोडी आँखाबाट बग्न खोज्छ सुटुक्क औलाले पुछेर गुनगुनाउँछु मनमनै ।

बलियो गाँठो छ हाम्रो
फुक्ने चिन्तामा नपर
दैवको न्यानो कृपा छ हामीमा
दुरीको हिसाब नगर

अस्तु

‘ज्यान दिन्छु, प्रेम गर्छु यी सब भन्ने कुरा नै हुन्’

Posted July 17, 2010 by Subin Shrestha
Categories: म र मेरो कुरा

असार ३२, जुलाई १६ – शुक्रबार पाँचौ दिन

मुझसे बिछडके खुश रहेते हो,
मेरी तरहा तुम भी झुठे हो ।

समयको साता बित्न कति सजिलो । हिजो निस्किएको एक यात्री आज पाँचौ दिन बितेछ । र यो महिना असार महिनाको आज अन्तिम दिन र सम्झनाका प्रहरहरु झन् प्रारम्भ हुँदैछ पलपल ।

सहयात्राका पलमा एकआपसका मतभेद माया र विश्वासका किस्ताहरुको उतारचढाव हामीले ख्याल गर्दनौं तर बिछोडको यो पलमा ती दुश्यहरु मानसपटलमा खेलिरहन्छ । चलचित्रका रिल घुमेजस्तै बिस्तारै बिस्तारै प्रत्येक शब्द अनि दुश्यहरु ।

मलाई तिमी याद आउँदैनौ यो सत्य हुने सक्दैन । सासलाई सदाको लागि त्यागेर म फरक जुनीको यात्रा गरिरहँदा पनि वरिपरि तिमै्र उपस्थिति बोकेर यात्रारत हुने मेरो वाचा हो । जीवनको पहिलो र अन्तिम वाचा हो यो ।

यसभन्दा बाहेक सम्बन्ध पैसा जीवन ईज्जत यी त सब भन्ने कुरा नै हुन् र कुन सम्बन्ध आजसम्म जीवित छ ? कसले पैसा बोकर गएको छ ? कस्को इज्जतको कुरा आजसम्म भइरहेको छ ?यो अभिनय भरिएको जीवन र हामी एक फगत पात्र नै हो । त्यसैलै मेरो वाचा तिम्रो आत्मासँग छ । न रहे वा नरहे पछिको अनन्त यात्रासम्म यसलाई आत्मिय बनाईरहन्छु ।

अस्तु

खुशी चाँहिदैन् अब

Posted July 16, 2010 by Subin Shrestha
Categories: म र मेरो कुरा

असार ३१, जुलाई १५ – बिहिबार चौथौ दिन

आफ्नो केही मनपर्ने बस्तु र सामान हराउँदा कति मन दुख्छ । तर आफ्नै मुटु र आत्मा छोड्नु पर्यो भने कस्तो अवस्था हुन्छ । म आफै एक्लो ऐना अघि प्रतिबिम्बित अनुहारसँग लगातार प्रश्न गरिरहेको छु । मेरो बाचा हो यो म तिमीलाई कहिल्यै दुख दिन्न । अझ मेरा सम्पृर्ण खुशी तिमीलाई । तर आजको खुशी कसलाई बाँड्ने ?

तिमी र म बिचको फोन सम्बाद देखावटी भन्दा अरु केही हौइन । मिसकल पनि एक भयानक बहाना हो । म जस्तै अरु प्रेमीका लागि पनि । की उनीले महसुस गर्न सकोस् की म सिर्फ तिमीलाई सम्झिँदै छु तिम्रो यादमा यतिखेर बैचेन छु आदि ईत्यादि ।

हिमाल सरि म अग्लिरहेछु
समात समात समात मलाई

यसैकारण पनि म मिस कलमा विश्वास गर्दिन । अनि यादकै कुरा भन्न म आधुनिक फोन सम्पर्कमा पनि म उतेजित पक्कै छैन । खुशी प्रत्यक्ष साटिन्छ । माया सँगै बाँडिन्छ । दुखमा सँगै आँसु बगाइँन्छ । बश सबै हुनुपर्छ सँगसँगै । वास्तविकता यही हो ।

दुई आत्माको एकै शरीर दुर रहँदा कसरी खुशी र प्रत्येक पल साट्न सकिएला वा अब कति दिन बाँच्न सकिएला ? जीवनको एक अविष्मरणीय खुशीको तिमी प्रत्यक्ष दावेदार बन्न सकेनौ पहिलोपल्ट । अनि म खुशीलाई मन र आँखामा गुम्साईरहेको छु । प्रयत्न गर्देछु तिमी आउँदासम्म यादहरुका प्रत्येक किस्ताहरु साँचेर राख्छु । अनि तिमीलाई नै बाँड्नुपर्ने खुशी मनै सहित बिशाल झरीको समिश्रणमा सुम्पने छु मात्र तिमीलाई । बश तिमीलाई ।

एक्लै बस्दा सधै मलाई
सम्झना तिम्रो आईदिन्छ


अस्तु

एक्लो प्रहरमा तिम्रो यादहरु…

Posted July 15, 2010 by Subin Shrestha
Categories: म र मेरो कुरा

असार ३०, जुलाई १४ – बुधबार तेश्रो दिन

आओ तिम्रो यादहरु । म अझै निदाएको छैन ॥ एक्लो हुनु पनि नियति नै हो । संसारमा त्यहीकारण कोही पनि एक्लै बस्न र रहन नचाहेको हुनुपर्छ । नत्र किन रोमियोले जुलियटलाई आत्मादेखि माया गर्थे । मुनाले मदनको हरकदममा साथ दिन्थे । राधाकृष्णको ऐतिहासिक प्रेम स्वर्ण अक्षरमा लेखिन्थे ।

म पनि एक सार्वजनिक मनमा माया भएको साधारण प्रेमी । आज घोषणा गर्न मन लागेको छ । एक्लो बस्न सकिदैन । तिमी आऊ बहार ल्याउ र अनि उही हाँसोठट्टामा रमाऔं ।

बितेका दुई दिन भन्दा आज शून्य र एक्लो महसुस भएको छ । अझै एकसाता म अन्त्यन्त गम्भीर हुनुछ । रुनु छ र एक्लो हुनुको सार्थकतामा गीतहरु गाउनुछ । उफ् बिछोड !

तिम्रो याद आउँदा अचेल,
मलाई कस्तो कस्तो हुन्छ ।
हिमचुलीमा पहिलो झुल्को,
घामले छोएजस्तो हुन्छ । ।

अस्तु

समाहित हुन देऊ !

Posted July 14, 2010 by Subin Shrestha
Categories: म र मेरो कुरा

असार २९, जुलाई १३ – मंगलबार – दोश्रो दिन

बिहानीको ताजापन हराएको छ । अघिल्लो रात जबरजस्ती निदाएका एक जोडी आँखाहरु अझै तिमीमा समाहित भइरहेको छ । यो मौकामा म अन्तरआत्मा बाट यो दृश्यलाई झेकबार लगाउन नसक्ने अवस्थामा छु । हुनपनि भन्नेले भन्छन् बिछोडमा पीडा हुन्छ यो पक्का हो तर मिलनको रमाईलो भन्दामा बढी उमंग भरिएको रमाईलो पनि हुने रहेछ ।

बिहान चियाका चुश्कीमा तिम्रो मिठास छैन । न खानाका स्वादहरुमा कुनै सन्तुष्टि नै छ । मन भुलाउने बाटोमा तिमी आइरहन्छौ । हरपल तिमीले भनेका कुराहरु फ्लैसव्याक शैलीमा आईरहन्छ । आजको यो समयसँगै मलाई साँझ पनि कटाउनु छ एक्लै मात्र एक्लै ।

अनि उही एक जोडी आँखाहरु सपनानै भरि तिमीलाइ खोज्दै तिमीमा समाहित भइरहनेछ । बिन्ती छ सपनाभरि मलाई तिमीमा समाहित हुन देऊ …।

अस्तु

तिमी नहुँदा …

Posted July 13, 2010 by Subin Shrestha
Categories: म र मेरो कुरा

असार २८, जुलाई १२

पहिलो दिन

झरि परिरह्यो मन थामिदैन आँसु

किन भन्छ निर्माहीलाई मनमनै मेरी मायालु

निकै महिनाको समयपछि उनी फेरि टाढिइन् । म प्राय लेख्थे उही निष्ठुरी समय हो । जुन मिलन र विछोडका अध्यायहरुमा आफुलाई अग्रगतिमा प्रस्तुत गरिरहन्छ । रातभरको विश्वकपको मोहका कारण मनमा भएका विछोडका आत्मिय शब्दहरु गुम्सिए । केही पनि खुलेनन् ।

हाम्रो बिछोड नियती होइन । यो समाजमा हुने गतिविधिका कारक हुन् । बिहान कलंकीमा तीन मुटु छोडेर फर्किदा बाटोभर मन चिसिएको थियो । घरमा पुगे उक्लिए कोठातिर । शून्य मात्रै शून्य । म क्षणभरको बिछोडमा उनीलाई दुर नहुन आग्रह गर्दे बोलाइरहेको थिए ।

आऊ मिठो बात गर…
रात त्यसै ढल्किदैछ
भरे फेरि एकान्तमा रुनु त छँदैछ

साँझको झरीमा उनी याद बनेर बर्षिरहिन् । उफ् यो बिछोड…केही दिनको दुर हुने प्रकि्यामा यति मुटु दुख्छ भने प्रेमका कहानीमा अन्तिम कथा बिछोडको शब्दले समाप्त भयो भने कस्तो होला  ? पलपल यही कुराहरु आइरहे । अनि पुराना बिछोडका यादहरु पनि एक्कासी ठोक्किदै आँखामा झरीको रुप लिँदै थियो ।

आओ यादहरु
मेरा आँखा अझै खुलेको छ

अस्तु

नागरिक जल्दा… भाग १

Posted June 6, 2010 by Subin Shrestha
Categories: म र मेरो कुरा, मेरो लेख

Tags: , , , , , , , , , , , , ,

नागरिक जल्दा !

पत्रकारिताले विधिवत् १ दशक नाघेको छ । स्पेश टाईम्समा छापिएको मोफेसलको पहिलो तस्वीर छापिए पछि मेरो फोटो यात्रा अघि बढ्यो । मेरो लागि प्रेरणा बनेका दर्जनौ गुरुहरुले त्यो अवस्थामा निकै साथ र हात दिनुभएको आजसम्म ऋणी नै छु । पत्रकारिताको यो समयले यत्ति फड्को मार्ला सोचेको थिएन । तर युग र समयलाई मात दिँदै निकै अघि पुगेको रहेछ । Read the rest of this post »

म प्रलय चाहन्छु

Posted April 24, 2010 by Subin Shrestha
Categories: म र मेरो कुरा, मेरो लेख, मौनबस्तीको आवाज

यतिखेर संसार ध्वस्तको समाचार कल्पना गर्दे वास्तविक शब्दहरु दौडाईरहँदा मेरो अनुहारमा िसंगो काठमाडौको दृश्य समाएको छ । शब्दहरु शुरु गर्ने कठिनाई भईरहेको छ । यतिखेर मन र मतिष्कपनि असमान स्थितीमा छन् । मन हिजैबाट टुकि्रएको छ । आफ्नै मान्छेले जब दुई शब्दमा संसार ध्वस्त हुन्छ भन्ने कुरा उठायो । आफुलाई सम्हाल्दै वास्तविकता बुझाउन उनीलाई भगवानको लीला सम्झाउन प्रयत्न गरे । संसारमा व्यक्ति बिशेषले चाहेर यस्ता कुरा हुदैनन् । Read the rest of this post »

नखोसियोस् उज्यालो खुशी

Posted April 19, 2010 by Subin Shrestha
Categories: म र मेरो कुरा, मेरो लेख

हिजोआज राजधानीको दृश्य उहिलॆको बतीविहिन युग जस्तै भएको छ । कहिले र कतिखेर उज्याले भित्रिन्छ अनि कहिले बाहिरिन्छ । त्यसबाट अनभिज्ञ बनेका शहरबासीहरु । एकपटक मात्रै पो अनुमान हुन्छ । प्रत्येकपटक यो मिल्दैन । यही भोगाईहरुबाट अभ्यस्त बन्दै आईरहेका छन् शहरबासीहरु । उज्यालो युगको परिकल्पना पलभरपनि देख्न सकिरहेका छैनन् उनीहरु ।

Read the rest of this post »

मागेर कति पढ्ने पुस्तक ?

Posted April 19, 2010 by Subin Shrestha
Categories: म र मेरो कुरा, मेरो लेख

Tags: , ,

सन्दर्भ उही हो पेशागत घुमफिर अनि दिनहँु जुरेका कार्यक्रमहरुको चटारो । दिनभर बटुलेका समाचारका पोका साँझ आधुनिक यन्त्रमा शब्द मार्फत खन्याउँछु  अनि दृश्य यन्त्रमा खिचिएका तस्वीर  एकपटक सरसर्ती हेर्छु । रेकर्डरमा भएका सम्बाद र भाषण सुन्छु पनि । चाहिने जति राख्छु समाचार बनेका समाचार छाप्ने मिडियामा प्रेषित गर्छु । यो तयारीसँगै नचाहिएका फ्याँक्छु । यो सिलसिला जारी छ । यही क्रमसँगै पुस्तकालयको सानो ईच्छा मनमा थियो । पुस्तकका दुई भारीलाई कसैलै पढेर केही सिके हुन्थ्यो भन्ने आकाक्षां पनि थियो ।

Read the rest of this post »

मृत्यु जितेको एक दिन !

Posted April 18, 2010 by Subin Shrestha
Categories: म र मेरो कुरा, मेरो लेख

Tags: , ,

सुबिन श्रेष्ठ । मृत्यु चाहनु त्यत्ति सहज छैन । यो निम्तो दिएर आउँदैन । यो नचाहँदा नचाहँदै दैलौमा टेक्न आईपुग्छ । र, चलिरहेको जीवनमय गाडीको साँचो खोसिदिन्छ । यस्तै संघर्षको महायोद्धा महानायकको साँचोपनि आकस्मिक खोसियो । र देशकै अनुभवी अभिभावकलाई क्षणभरमै खोसिदियो । अर्थात उनी नफर्किने गरि अस्ताए सदाका लागि ।  यही दिन हो मृत्यु हारेको दिन । मृत्युको शोकमग्नमा देश शोकाकुल बनिरहेको समयमा एक अथक योद्धा र शिखर पुरुष बनेका गिरिजा प्रसाद कोइरालाले मृत्यु जितेको छ ।

Read the rest of this post »

कतार पुग्न तिरिएको पैसा कसले खान्छ त ?

Posted March 4, 2010 by Subin Shrestha
Categories: कतार समाचार, तपाईको आँखामा दोहा

Tags:

दोहा । कामदारका रूपमा कतार आउन कति खर्च लाग्ला ? तपाईं भन्नु होला- कम्तीमा एक लाख रुपैयाँ । किनकि, तपाईं त्यति नै तिर्नुहुन्छ । सरकार भन्ला- बढीमा ७० हजार रुपैयाँ । किनकि उसले त्यतिसम्म लिने गरी म्यानपावर एजेन्सीलाई श्रम इजाजत दिन्छ । तर कतारको श्रम कानुन भन्छ- एक पैसा पनि नतिर्नुस् । किनकि कतार सरकारले यस्तो नियम बनाइदिएको छ, पैसा तिराएर कामदार ल्याउने कम्पनीको इजाजतै खारेज हुन्छ ।

Read the rest of this post »

होलीमा देश @ घरघरमा पानीको मुहान !

Posted March 2, 2010 by Subin Shrestha
Categories: म र मेरो कुरा, मेरो लेख

Tags: ,

मनका लहर पानीमय भएका छन् । परिवेश र समय होलीमय बनेका छन् । रंगीन शुभकामना अनि उत्साहहरु रंगमय देखिएका छन् । हुनपनि निकै समय पश्चात् होली दैलौमा टेकेको अनुभव संगालीरहेको छु । होली रंगविहिन हुने कुरै भएन र यो मनविहिन हुनु पनि हुन्न । किनकी होलीमा आत्मियता पुवर्क एकअर्कामा मनका सम्बन्घ साटिन्छ सँगसँगै होलीका रंगहरु । यतिखेरको होली खुशी यसकारणले पनि होला किनभने म स्वदेशबाट दुई बसन्त बाहिरिएको थिए । तत्कालीन बिदेश बँसाईमा महसुस गरिनु त परि जाओस् । कहिले कुन पर्व आयो कुन गयो । अनभिज्ञ परिवेश उतै नेपालको विमानस्थलमा छोडेको थिए । विदेशमा आखिर के हुनु र  आर्थिक उन्नतिका सोच अनि आरामीको कैयौ समयहरु । हुन त सहज पनि छैन विदेशमा काम । अपवाद भन्दा पनि हजारौ अनुमानबिनाको आँकडामा म प्रस्तुत भईरहेको छु अहिले यतिखेर ।

Read the rest of this post »

हराएकी सबिनाको खोजी, अब ईन्टरपोललाई जिम्मा

Posted March 2, 2010 by Subin Shrestha
Categories: ललितपुर खबर

Tags: ,

मिशन सर्च सबिना

जापानमा हराएकी सबिना अझै भेट्टिएन ललितपुर । जापानमा अध्ययनका लागि गएकी सबिना महर्जनको खोजीका लागि इन्टरपोलमा आग्रह गरिएको छ ।  सबिनाका बुबा सानुलाल महर्जनका अनुसार कतैबाट कुनै सूचना नमिलेकोले यो कदम चालिएको हो ।

Read the rest of this post »

मलेशियामा बाधिएको मन

Posted February 2, 2010 by Subin Shrestha
Categories: म र मेरो कुरा, मेरो लेख

Tags:

मन नै हो स्वतन्त्र जतापनि बरालिन सक्छ । मनले आफ्नै अनुमति बगैर पनि उड्न सक्छ डुल्नसक्छ र खुल्नसक्छ । मनकै कुरा न हो मनले चाहेको पाए कति खुशी हुँदो हो । नपाए संसारकै दुखी पनि बन्दो हो । आज शहरबाट शब्दहरुमा मनहरुका अनेकन कुरा पस्किन खोजेको छु । जीवनका अनेक रंगहरु फेरिने एउटा यात्राको मोडमा भेट्टिएका अनेकन पात्रहरुका किस्साहरु ।

Read the rest of this post »

के कारण घोषणा गरिँदै छ नेवाः स्वायत्त राज्य ?

Posted December 31, 2009 by Subin Shrestha
Categories: मेरो परिचय

के कारण घोषणा गरिँदै छ नेवाः स्वायत्त राज्य ? नेवाः स्वायत्त राज्य मंकाः संर्घष् समितिको तर्फाट आगामी पुस ११ गते नेवाः स्वायत्त राज्यको घोषणाका साथ नेवाः स्वायत्त राज्यको झण्डोत्तोलन गर्ने कार्यक्रम र्सार्वजनिक भइसकेको छ। यसै बीच एनेकपा माओवादीको तर्फाट पनि पुस १ गते नेवाः स्वायत्त राज्यको घोषणा हुँदै छ। माओवादीले आफनो आन्दोलनको दौरान स्वायत्त राज्यहरूको घोषणा गर्न लागेको हो र यो समानान्तर सत्ताको अभ्यास गर्ने नभई प्रचारात्मक नै मात्र हो भनेको छ। तर मंकाः संर्घष्ा समितिको तर्फाट गरिन लागेको नेवाः स्वायत्त राज्य घोषणाको उद्देश्य र उपादेयता के हो – यसबारे चर्चा हुन आवश्यक भएको छ।

Read the rest of this post »

मुद्रणविभागका ३५ कर्मचारीको बिदाई समारोह

Posted December 25, 2009 by Subin Shrestha
Categories: समाचार सँगालो

काठमाडौं । स्वेछिक अवकास अन्तर्गत निजामती सेवा ऐन – २०४९ को दफा ३५ (१) बमोजिम जेठ मसान्तसम्म  सामान्य प्रशासन मन्त्रालयमा निवेदन दिएका मुद्रण विभागका ३५ जना कर्मचारीको विदाई कार्यक्रम सम्पन्न भएको छ । विभागका महानिर्देशक तिलक शर्माले कर्मचारीहरुलाई बिदाई गर्नुभएको हो ।

Read the rest of this post »

युपग्राम बाट ललितपुर

Posted December 16, 2009 by Subin Shrestha
Categories: कतार समाचार

परिचय

नेपालको मानचित्रमा ७५ जिल्लाहरु मध्ये ललितपुर जिल्लाले आफ्नो गौरवमय प्रतिष्ठालाई परिचित गराएको छ । नेपाल अधिराज्यको मध्यमाञ्चल बिकासक्षेत्र अन्तर्गत काठमाडौं उपत्यकाको तीन जिल्लाहरु मध्ये यस ललितपुर जिल्ला ऐतिहासिक तथा पुरतत्त्विक रुपले सम्पन्न जिल्ला हो । धार्मिक रुपले पनि प्रसिद्ध कृष्णमन्दिर, अशोक स्तम्भ, महाबौद्ध, पाटन दरबार स्क्वायर क्षेत्र लगायत विभिन्न मठ, मन्दिर, पाटि-पौवा र स्तम्भहरु पनि यस जिल्लामा रहेको हुनाले विश्वमा नै ललितपुर जिल्ला प्रख्यात रहेको छ । यस जिल्लाको भौगोलिक बनावट, हावापानी, वन-जङ्गलको विविधता, नदी-नाला र ताल, विभिन्न जनजातिहरुको रहन-सहन, भेष-भुषा आदिको विविधता रही यस जिल्लाले आफ्नै ऐतिहासिक महत्त्व बोकेको छ ।

Read the rest of this post »

प्रगति उही हो… अनुसन्धान चल्दैछ

Posted November 7, 2009 by Subin Shrestha
Categories: ललितपुर खबर

Tags: ,

मिशन सर्च सबिना

नोभेम्बर ७  कार्तिक २१ शुक्रबार – ५८ दिन

समय नै त हो । कसैको परवाह नगरी निरन्तर बढिरहन्छ । आजको दिनले झण्डै हप्ता दिन नाध्यो कुनै खोजखबरका बारेमा नलेखेको । प्रारम्भमा निकै व्यस्तता बढेपनि बिस्तारै सुस्ताएको अनुसन्धान र प्रगतिको कुराले म समेत ढिलासुस्तीमा परेछु । त्यसमा फेरि अत्यावश्यक कामले गर्दा समय नै कम भयो । सरकारी कामनै त हो कहिले सकिँदैन ।

Read the rest of this post »


Follow

Get every new post delivered to your Inbox.