रेडियो खोल्न रमाएको मन
मंसिर ५, २०६८ अर्थात नोभेम्बर २१, २०११
सोमबार
पुराना सदाबहार गीतको शब्द बहारसँगै निद्रामा भुले । अहिले ९.३२ बजेको छ । बिहान आजै ढिला उठियो । सदा झै खाटमै नागरिक दैनिक । आज मैले भेट्न चाहेको दाजुले एउटा शब्द आग्रह गर्नुभयो । एकजनाको व्यक्तिको नम्बर खोज्नका लागि । मैले पत्रकार मित्रहरु वरिष्ठ पत्रकारलाई समेत सोधखोज गरे । कसैले नम्बर दिएनन् । कोहीसँग छैन भने कोहीले मोबाइल हराएको बताए । साथै नेतात्रयबाट पनि नम्बर उपलब्ध भएनन् ।
नम्बरका लागि रामकृष्ण कर्माचार्य, इश्वरराज ढकाल, सुनिल महर्जन, उद्धव अर्याल, साइला तामाङ, मदन अमात्य, रविन्स शर्माआदिलाई फोन गरेको थिए । त्यतिमात्रै होइन लगभग आधा दर्जन कार्यालयहरुमा फोन गरे । तापनि नम्बर उपलब्ध गराउन नसक्ने बताए । जे होस् पत्ता लगाए बिना कसैको सहयोगमा । लगभग डेढ घण्टा लगाएर । कसरी म आफै अचम्ममा छु । तर आज दिमागको गतिको राम्रो अभ्यास भएको छ । त्यो व्यक्तिको नम्बर खोज्नको लागि । आखिर त फेला पारेर छाडे ।
अनि दाजुले अर्थविद् विश्वम्भर प्याकुरेलको स्टोरी गर्ने बारे सुझाव दिनुभयो । त्यसपछि आज दिनभर त्यही स्टोरी खोज्नतिर लागियो । उनका एक वरिष्ठ तथा पुराना मित्रसँग दुई घण्टा गफगाफ भयो । समाचारको गहनता समावेश हुनाले केहीदिनपछि मात्रै नाम उल्लेख गर्छु । वहाँसँग प्याकुरेलका बारेमा पारिवारिक र मित्रवत् संगतका किस्साहरु खोल्नुभयो । घटनाका विवरण सुन्दा निकै दुखद महसुस भयो । ८ दिन अघि अस्पताल भर्ना गरिएका प्याकुरेलको औलाहरु चल्न थालेका थिए । अस्ति शनिबार अचानक रक्तस्राव भएर फेरि अचेत हुनुभएको र अहिले नर्भिकमा भेन्टिलेटरमा राखिएका छन् । अर्थविद् प्याकुरेलका बारे निकैसँग भेटघाट गरे । नर्भिक स्रोतको पनि निकै सहयोग रह्यो । यसबारे समाचार जस्ताको तस्तै पस्किने वाचा गर्छु केहीदिन पछि ।
आज िसंहदरबारमा प्रवक्ता भेला थियो । प्रवक्ता भेला लगत्तै हाम्रा सरकारी स्रोतहरुसँग भेट भयो । जनआस्था साप्ताहिकका लागि गरिएको सरकारी समाचार रिर्पोटिङमा समाचार सहयोगीहरुसँगको भेटले एउटा आत्मियता साटासाट भयो । पत्रकार भेलामा निकैपछि पत्रकार मित्रहरु सुनिल महर्जन, कृष्ण किसी र देवेन्द्र भेट भयो । साथै जनसचार नामको रेडियो खोल्ने अभियानका बारेमा पहल गर्ने साचार मन्त्रालयमा निकै हाकिमहरुसँग सरसल्लाह भयो । आजै साचार राज्यमन्त्री सुजिता कुमारी शाहसँग आधा घण्टा बैठक भयो । धेरै प्रश्नका साथका कसरी पहल गर्नुहुन्छ ? भन्ने विषयमा हाम्रो सम्वाद केन्द्रित रह्यो । िसंहदरबारबाट फर्किएर आए ।
कार्यलयमा गए । अगि्रम कार्यालय भाडा आज दिइयो । भोली स्टापसँग मिटिङ फिक्स गरेर घर फर्के । खाजा खाइयो । केहीबेर टिभी हेरियो । तेलगु फिल्ममा रमाइयो । निकै मनपर्ने फिल्ममा तेलगुपनि पर्छ । म कतार दुई वर्ष रहँदा सबैभन्दा बढी तेलगु फिल्मको लत बसेको थियो । यी फिल्महरुमा नृत्यको आधुनिकता र फाईटमा नयाँ शैलीको पंयोग बढी हुन्छ । साँझ ८.३० बजेतिर खाना खाइयो । खाना खाने क्रमका होस्टेलकी बहिनी सुलेखाको आमाको बारेमा केही चिन्तित समाचार सुन्नु पर्यो । वहाँको कानमा अप्रेशन गर्नुपर्ने भयो भन्ने सम्बन्धमा । हामीसँग भेट्ने इच्छा छ रे वहाँहरुको । सुलेखाले भने ।
आज अरु खासै प्रगति छैन । अर्थविद् प्याकुरेलको नयाँ कुराको छानबिन गरियो । अनि बिहानै उर्जा दिएर समाचार मानसिकता तताउन खोज्ने दाजुलाई धन्यवाद । आज भने यी शब्दहरु कोरिरहँदा परिवार सुतिसके ।
अस्तु
मेरा शब्दहरु पढिदिनु भयो । यहाँलाई सादर प्रणाम ।
Explore posts in the same categories: दैनिकी, म र मेरो कुराTags: विश्वम्भर प्याकुरेल
You can comment below, or link to this permanent URL from your own site.
November 22, 2011 at 3:19 am
सारै पीडादायक समाचार हो नेपाल माताको एक कर्मठ तथा बहुआयामि सन्तान डा.श्री बिश्वोम्भर प्याकुरेल माथिको यो आकस्मिक दुखद् क्षेण / भगवान श्री पशुपतिनाथ संग डा.प्याकुरेलको शीघ्र स्वास्थ्य लाभको लागि प्रार्थना गर्दछु /