Archive for the ‘दैनिकी’ category

स्कूले याद, व्ल्याक कफी र राहतकै कुरा

मे 10, 2020

group

उस्तै नियमित समय तालिकामा उठियो । समाचार निगरानी र अक्षर खेतीतिर जुटियो । हिजो बाँकी रहेका भेटघाटको खाका बनाइयो । करिब १२ बजे दिउँसो भेटघाटको समय अनुसार दुई विशिष्ट व्यक्तिसँग भलाकुसारी गरियो । भेटघाटमा पुराना कुरादेखि भविष्यसम्मको समन्वय र सहकार्यको कुराहरु जोडियो । सम्भवत पत्रकारिताको क्षेत्रमा यो मेरो लागि ठूलो उपलब्धि र प्राप्ति हो । यसलाई मैले सगर्व धन्यवादपूर्वक शिरोपर गरेको छ । यसमा इमान्दारिता र विश्वासनीयताको संकल्पपनि जोडिएर आएको छ । धन्यवाद प्रिय विशिष्ट सहयोगी दूतहरुप्रति । (धेरै…)

परमात्माको कृपाले सब कमाल

मे 9, 2020

sun

आज ढिला उठियो । उठ्ने बित्तिकै गृहमन्त्रीको न्यानो मायासहित पस्किएको कालो चियाबाट दिन प्रारम्भ । घरको झ्यालबाट भित्र चम्किएर सर्वत्र छरिएका सूर्यका किरणले मनै उर्जाशील ।
एकछिन व्यायाम गरेझैँ नाचियो । पूजापाठ गरियो । दिन शुरु भयो ।

खाना खाई सकेपछि मोबाइलभित्रका महत्वपूर्ण सामाग्री सार्न एउटा तार आवश्यक भएपछि जावलाखेल पुगियो । जाँदाजाँदै ललितपुरका एक पत्रकारलाई फोन सम्पर्क गरेँ । पशुपतिको यात्रा सिद्राको व्यापार गरे झैंँ सामान किनियो पनि र गफिएँ पनि । (धेरै…)

मनकारी दाताको मनले मिष्टर सुविनमा उमंग

मे 8, 2020

subinshrestha.jpg

प्रारम्भ गर्दैछु, हिजोको रात्रीकालीन निद्राबाट । बिहिबार निदाउन खोजेको मिष्टर सुविन भिडियो रिपोर्टमा अलमलिएर शुक्रबार बिहान २ बजेतिर सुतेछु । उठ्न चाहिँ समयमै उठेछु । उठ्ने बित्तिकै जीवनसाथीले लकडाउनको उपलब्धी भन्दै शुरु गरिएको ध्यानमा सक्रिय बनाए । यसपछि फेरि समाचार निगरानी र अक्षर खेती शुरु भयो । हरेक दिन समाचार खोजीको निरन्तरताले यो सुविनलाई सक्रिय बनाउँदै लगेको छ ।

केहीदिन अघि ललितपुरका संचारकर्मी दिपक घिमिरे विद्रोहीले लकडाउनमा पत्रकारिता कस्तो चल्दैछ भनेर केही कुरा बुझ्न फोन गरेको थियो । यतिखेर पाठक, दर्शक र श्रोतामाथि समाचारमा विश्वासनियताको प्रश्न उठेको छ । यसकारण जिम्मेवारी बढेको छ । र, पत्रकारिता काँधमा बोकेर हिड्नु परेको दैनिकी सुनाएको थिएँ । यसैगरि चल्दै गरेको छ पत्रकारिता । (धेरै…)

चर्चित व्यक्तिको आरोप, ‘कहाँबाट परिचालित छ पत्रकार सुविन ?’

मे 7, 2020

94488239_3185261094838797_7381172173173424128_o

आज बुद्ध जयन्ती । यो दिनलाई साक्षी राख्दै मेरो दैनिकी अक्षरको माला बनाएर गाँस्ने प्रयत्न प्रारम्भ गरेको छु । धेरै समय बित्यो यो शहरबाट शब्दहरु पोख्न सकिएन । यसबीच धेरै यात्राहरु सम्पन्न भए । आरोहअवरोह आए । यसलाई पूर्णता दिएँ, हरेक कुरालाई निर्धक्क सामना गरेँ । केही दिनहरुमा शून्यतामा रमाएँ पनि । तर उदाएको सफलताको सूर्यलाई मैले हत्केलाबाट फुत्किन दिइन । यसलाई उर्जाको रुपमा लिएर अघि बढिरहेँ ।

सन्दर्भ हिजो बितेका कुराहरुलाई भन्दा आजकै दिनबाट शुरु गर्छु । हिजोका केही बाँकी कामहरु सम्पन्न गर्न बिहानै उठेँ । उठ्ने बित्तिकै समाचारको यात्रा आरम्भ गरेँ । यसैबीच, एकजना मित्रलाई एउटा उपहारको वाचा गरेको थिएँ । आज जावलाखेलमा पुगेर ती साथीलाई उपहार दिएँ । उनी एक सशक्त पत्रकार हुन् । उनी गाडीबाट दुई छोरीलाई बोकेर भेट्न आइपुगे । हँसिला दुई नानीहरुले नमस्ते गरेपछि म आफूलाई धन्य माने । मनभित्रका उदासी एकाएक हराए । केहीबेर गफिएँ । त्यसपछि उनी अंंकलको जन्मदिन भन्दै बिदा भए । (धेरै…)

टेकु लाइभभित्रको थप खुलासा

अप्रील 13, 2020

सबै शुभचिन्तक मित्रहरू,

यहाँहरूले फेरि एकपटक सुन्नुस् त मैले लाईभमा बोलेका कुरालाई । टेकुले पन्ध्रसय कोरोना भाईरस संक्रमित हुने सम्भावनामाथि गम्भीर बनेको स्पष्ट खुलाएको हुँ । यसलाई सम्भावित आँकडा भनेर हामी सुरक्षित हुन र सतर्क रहन सन्देश जोड्न खोजेको हुँ । डाक्टरको दावी छ, ‘धेरै संक्रमितहरू खुल्न चाहेका छैनन् र खुलेर अघि आउन चाहेका छैनन् ।’

टेकुले पन्ध्रसय कोरोना भाईरस संक्रमित हुने सम्भावनामाथि गम्भीर बनेको स्पष्ट खुलाएको हुँ । यसलाई सम्भावित आँकडा भनेर हामी सुरक्षित हुन र सतर्क रहन सन्देश जोड्न खोजेको हुँ ।

ती डाक्टर खुलेर बोल्छन् । ढुक्क र निडर भएर बोल्छन् । ‘म एकजना गएँ भने के भो र ? म हजारौंलाई बचाउँछु नी’ भनेर दावी गर्छन् ।

मैले लाइभ गरेको भिडियो धेरैलाई सन्देशमूलक भयो । सतर्कता अपनाउने बाटो बन्यो । तर केहीले यसलाई ‘भाइरल हुने प्रयास र वाहियात’ भनेर प्रतिक्रिया सुम्पे ।

मेरो आग्रह यो छ की आवश्यक सूचना छन् भने लिनुस् र परिवार अनि समाजमा दिनुस् । नत्र बिर्सिदिनुस् । यसमा हामीलाई कुनै नोक्सानी छैन । बुझ्ने र बुझाउने व्यवहार र तरिका सबैका बेग्लाबैग्लै हुन्छन् ।

यसकारण मैले जिम्मेवारीपूर्वक यो भिडियोको सन्दर्भमा थप जानकारी यहाँ लेखेको हुँ । मैले स्पष्ट भनेको छु, टेकु अस्पतालले जसरी यो प्रकोपलाई गम्भीर हुँदै नियालिरहेको छ, हामी यसबाट बच्न र जोगिन सतर्कता अपनाउनै पर्छ ।

हामीहरू सुरक्षित र सतर्क रहनुको अरू विकल्प नै छैन ! त्यो भिडियोको मार्फत मैले सबैमा सुरक्षित रहन र सतर्कता अपनाउन आग्रह गरेको हुँ । सुरक्षित बनौँ र सतर्क बसौँ । धन्यवाद ।

 

सबैको सुस्वास्थ्य र उर्जाशील सुझावको सदासदा अपेक्षा गर्दै सबैलाई नयाँवर्ष २०७७ सालको शुभकामना ।

उही सुविन
२०७७ साल बैशाख १ गते
०१/०१/२००७ सोमबार

प्रिय साथीहरुको उपहार स्विकार

अप्रील 30, 2018

मलाई याद छ । पत्रकारितामा लागेको समयले भन्दा फेसबुकमा लेखिएका स्टाटसले मलाई धेरै साथीहरु माझ चिनाएको छ । पत्रकारिताको सेरोफेरोले देशमा चिनाएपनि फेसबुकमा मेरो उपस्थितीले विश्वभरका नेपाली साथीहरुमा एउटा राम्रो सम्बन्ध बिस्तार गराएको छ । मिष्टर सुविनको यो खुशीमा सदासदा धेरै विदेशिएका साथीहरुको संन्चोबिसन्चो सोध्ने र नेपाल आउँदा भेट्नेहरुको बाक्लोपनाले जीवनमा खुशी छाउँछ । आज भने साथीहरु फर्किने बेलामा प्रेमपूर्वक ल्याईदिएका केही उपहारको प्रंसगहरु यहाँ जोड्न चाहन्छु ।

जापान, लण्डन, कोरिया, कतार, अमेरिकालगायत देशबाट स्वदेश फिर्ने बेलामा ‘के उपहार चाहियो भन्नुस् ?’ भनेर धेरैले सोध्ने गरेका छन् । म मनमा कुनै कुरा नलुकाई निस्वार्थ भावमा भन्ने गरेको जवाफ यस्तो हुन्छ, ‘तँपाई ढुक्कले नेपाल फर्किनुस्, मेरो लागि यो नै महत्वपूर्ण उपहार हो ।’ यति बुझेर खुशी हुनेहरुले स्वदेश फर्किएकै दिन वा दुईचार दिनको फरक समयमा ललितपुर पसेरै मलाई भेट्छन् । केही घन्टा अपहरणमा पार्छन् । कोसेलीस्वरुप ल्याइएका प्रेमका उपहार दिन्छन् । र, भन्छन्, ‘तँपाई राम्रो पत्रकार हुनुहुन्छ । तँपाईलाई भेट्ने ईच्छा र गफिने चाहना भएर यो अवसर जुराएको ।’ जीवनको अनिश्चित यात्रामा अघि बढिरहेका हामीहरु । यति कुरा सुनाएपछि मनै दंग ।

उपहारसँग नाम जोड्न नचाहने मित्रहरुले वश राम्रो पत्रकार भएको देख्न चाहन्छन् । साथीहरु एउटै चाहना राखेर सदासदा यस्तो भन्न पाइयोस् भन्ने ईच्छा राख्छन्, ‘सुविन सर, राम्रा पत्रकार हुनुहुन्छ, मेरा आत्मिय मित्र पनि हुन् ।’

 

गत शुक्रबार एकजना साथी स्वदेश फर्किए । साथीसँग मेरो फेसबुकमै मात्र चिनाजान । तर, मेरो स्टाटस मनपराउने मान्छे । साधारण कुराकानीले अघि बढेको मित्रता । र, स्वदेश फकिदाँ ल्याइएको घडी उपहार दिँदै उनले भने, ‘तँपाई जे पनि लेखिदिनु हुन्छ, प्लीज घडी उपहार ल्याएका साथी भनेर मेरो नाम नलेखिदिनुहोला ।’ अनलाइनको जमाना छ र समयअनुसार चल्नुस् भनेर घडी उपहार ल्याईदिएको भनिरहँदा म मौनतापूर्वक ती साथीका कुरा सुनिरहे । एकमहिना छुट्टीमा आएका साथीले अझ सक्रियतापूर्वक पत्रकारिता गर्नुस् भनेर सुझाव दिए ।

यसभन्दा अघि मनै मगमगाउने परफ्युम, ल्यापटप, मोबाइल, स्पाई पेन क्यामरा, रेकर्डर र विशेष चकलेटका प्याकेजआदि उपहारले भेटघाट कहिल्यैपनि रित्तो भएन । आफूले के दिने भनेर सोचिरहँदा साथीहरुको एउटै मात्र ईच्छा हो की ‘तँपाई राम्रो पत्रकार बन्नुस्, असल पत्रकारिता गर्नुस् ।’ उपहारसँग नाम जोड्न नचाहने मित्रहरुले वश राम्रो पत्रकार भएको देख्न चाहन्छन् । साथीहरु एउटै चाहना राखेर सदासदा यस्तो भन्न पाइयोस् भन्ने ईच्छा राख्छन्, ‘सुविन सर, राम्रा पत्रकार हुनुहुन्छ, मेरा आत्मिय मित्र पनि हुन् ।’

प्रिय साथीहरु, मेरो ईच्छा र कामना भनेकै यहाँहरु जहाँ रहनुहुन्छ, जहाँ बस्नुहुन्छ । खुशी र शान्तिपूर्वक रहने सक्ने शक्ति प्राप्त होस् । जीवनको यात्रा रहस्यमय छ । कोही कसैले पनि समयको प्रारम्भ र अन्त्यको भविष्यवाणी गर्न सक्दैनन् । हामी सब हाम्रो गतव्यतिर नजिकिएर अघि बढिरहेका छौं । यसकारण, भेदभाव र मनमुटावमा समय खर्चिनेतिर नलागौं । जस्तोसुकै परिस्थितीमा पनि सकेसम्म सहयोगी भएर एकअर्कामा आत्मियता कायम राख्ने प्रयास गरौं ।

देशविदेशबाट सम्झिने र मेरो जीवनमा पेशागत सफलताको सदा कामना गर्न सम्पूर्ण चिरपरिचित साथीहरुमा पुनः एकपटक आभार प्रकट गर्दै यहाँको विश्वास र चाहनालाई सदा कदर गर्नेछु भन्ने प्रतिबद्धता गर्दछु ।

उही मित्र सुविन
ललितपुर

अस्तु
१७ बैशाख, सोमबार, २०७५

२०७४ सालको पूर्वसंन्ध्यामा हाजिरी

अप्रील 12, 2018

यो सालले बिदा लिन अब २६ घन्टा बाँकी छ । यो बाँकी समयमा २०७४ सालभरिका धेरै घटना र परिघटनाहरुको स्मरण गर्न सक्ने आँट मभित्र छैन । किनकी जस्तो बित्यो । बितिसक्यो । अबको पल र दिनहरुमा राम्रो र सफल हुनुपर्छ भन्ने विश्वासमा अडित हुँदै उर्जाशील छ मिष्टर सुविन । (धेरै…)

मृत्युलाई जित्दाको सुःखद महात्म्य

नोभेम्बर 24, 2017

सहजरुपमा हेर्दा जीवन सहज छैन । जीवनको आफ्नै नियम छ । जीवनको बाटो कहिले सिधा, कहिले मोड र कहिले उतारचढाव शैलीमा अघि बढिरहन्छ । हामी छौं र पो जीवन छ । जीवन नरहनु भनेकै हाम्रो एउटा जीवन अनन्त यात्रामा हिड्नु हो । एउटा जीवनको यात्रामा मैले भोगेका केही भाग्यमानी पलहरुलाई यहाँ बाँड्न खोजेको छु ।

घटना १ – जहाँसम्म सम्झना छ । मैले करिब आधा दर्जनपटक मृत्युलाई सकुशल जितेको छु । मेरो जन्म स्थायी बसोबासकै रुपमा काठमाडौंको असनमा भयो । त्यो समयमा म निकै छुकछुके र चकचके थिएँ । आमाबुबाको माया भनेकै यसलाई तह लगाउनुपर्छ भनेर होला । दिनमा अनेक कारणले मिठाईको रुपमा पिटाई खान्थे । असनबाट अलिपर साझा भवन छ । सँगै गणेशको मन्दिर । बिदा होस् वा नहोस्, मन्दिरमा चढार्ईएका लड्डुमा मेरो पहिलो अधिकार हुन्थ्यो । म हुँदासम्म अरु फुच्चेहरुले त्यो लड्डु लिन्न थियो ।

त्यसै समयको कुनै एकदिन बिजुली मर्मत हुँदै थियो । म फेरि निकै चलाख र विशेषज्ञकै रुपमा कसरी बिजुलीको फ्युज जोडिने रहेछ भनेर बिजुली बनाउन उक्लिएका मान्छे चढेको सिँढीमुनि सिधो घाँटी बनाएर हेर्दै थिएँ । एकाएक पूरै झ्याप्प अँध्यारो भयो । उठ्नेबेला वीरअस्पतालको बेडमा थिएँ ।

घटना २ – कुनै एउटा मिति वा समय । जुन ठ्याक्कै अनुमान भएन । म ७ कक्षा पढ्दाखेरि हो जस्तो लाग्छ । बुबाका साथीहरुको टोलीसँग मिसिएर हामी तातोपानी पुगेका थियौं । खासा बजारको नामले चिनिएको बजार पुग्दा दोलालघाट हुँदै बगेको नदीको कलकल आवाज अझै कानमा गुञ्जिन्छ । काठमाडौं फर्किने बेलामा पहेँलो रंगको बसमा चढ्न सबैले मरिहत्ते गरे । के कारणले होला कुन्नी, मैले ढिपी गरेर चढिन । बुबाले तान्न खोज्दापनि मानिन ।

सम्भवत त्यो बेला एक थप्पड हानेको हो की जस्तो लाग्छ । म अटेरी हुँदै अरु गाडी चढ्ने अडानमा थिएँ । त्यसपछि बुबाका साथीहरुपनि ओर्लिए । सब मसँग रिसाएका थिए । हामी केही मिनेटपछि अर्काे गाडीमा चढ्यौं । र, राजधानीतिर अघि बढ्यौं । करिब १० मिनेटपछि हामी सब स्तब्ध भयौं । बुबाका साथीहरुले मलाई स्याबास दिँदै यसले हामीलाई बचायो । भगवानले नै गर्दा यसले हामीलाई त्यो गाडीमा चढ्न नदिएको रहेछ भन्ने धाप मारे । सबैले चढ्न खोजेको बस दुर्घटनामा परेको थियो । धेरै घाइते र केहीको मृत्यु भएको हुनुपर्छ । हामी भने ‘झन्डै खत्तम भएको’ भन्दै मन चिसो पारेर काठमाडौं फर्कियौं ।

घटना ३ – २०६२ सालतिरको घटना हुनुपर्छ । पत्रपत्रिकामा म स्वतन्त्ररुपमा फोटो पठाउने गर्थै । त्यो बेला धेरै पत्रपत्रिकाले मैले पठाएको फोटो छाप्थे । नेपाल समाचारपत्र, राजधानी, स्पेश टाइम्स, हिमालय टाइम्सलगायतमा । यो सालमै म वाइबिएक्स बाइक चढेर टेकुस्थित कालो पुलबाट ललितपुर फर्किदैँ गर्दा ठूलो दुर्घटनामा परेँ । सानेपाबाट आउँदै गरेको एउटा ट्याक्सीले ठक्कर दिँदा अक्षयकुमारको फिल्मी शैलीमा म पूरै २० मिटर पर हुत्तिएको थिएँ । बाइक पूरै ध्वस्त बनेको थियो । तर, अचम्म मेरो शरीरमा कुनै सानो चोटपनि लागेन । हेर्न आएका दर्शकहरुले मलाई हेर्दे भन्दै थिए, ‘मान्छे चाहिँ भाग्यमानी रहेछ, केही भएनछ ।’

घटना ४ – मंसिर ७ गते बिहिबारको दिन । हामी (सुनुमाया र म) यो दिन सँगै थिएनौं । हाम्रो यात्रा हरेकदिन संयुक्त हुन्छ । हामी मध्ये कोही एक्लो हिड्यौं भने पनि सोध्नेहरुको मुखमा एउटै प्रश्न हुन्छ, ‘आज एक्लै हो ?’ सकेसम्म स्वदेशमै सुखदुःखको यात्रामा रमाएर अघि बढिरहेका छौं । १५ वर्षदेखि अनवरतरुपमा आजसम्म । जीवनसाथीले नयाँ काममा हात हालिन् । एउटा राम्रो योजनासहित खाद्य व्यापारमा अग्रसर भएकी गृहमन्त्री (उनी) को यो दिन चाँडै जाने काम थियो । र, म बिस्तारै एक्लै कार्यालय पुग्न करिब ९ बजेतिर निस्किएँ । महालक्ष्मीस्थान नाघेपछि दायाँ मोडमा गुडिरहँदा एउटा माइक्रो बतासिएर म चढेको स्कुटरलाई बायाँ ढालिदियो ।

स्कुटर नउठाई माइक्रो रोक्न सिंघम शैलीमा दौडिएर नजिकै पुग्न लाग्दा लगनखेलबाट आएको माइक्रोमाथि त्यो माइक्रो ठोक्कियो । एकैचोटि यात्रुहरुको चित्कार र रोदन सुनियो । म शून्य भएँ । मेरो ज्यानमा चोटपटक नलागेपनि र म सुरक्षित भएपनि यो दृश्य देखेपछि म शून्य हुँदै चिसिएँ । नमिठो दुख्यो । तर सन्तुलित हुँदै प्रहरीको कन्ट्रोल र ट्राफिक प्रमुखलाई जानकारी गराएँ । निकै भीड लाग्यो । सबै दर्शकमात्रै । त्यो चालकलाई धेरैबेरसम्म समातेर राखे । प्रहरी आएपछि घाइतेहरुलाई अस्पताल पु¥याएपछि त्यो बतासे चालकलाई प्रहरीमा सुम्पिएर म कार्यालय पुगेँ । त्यो चालकले मोडमै दुई महिलालाई किच्न खोज्दा महिला भित्तामा हुत्तिएर बचेका थिए । देख्ने प्रत्यक्षदर्शीहरुले एकपटक फेरि भन्दै थिए, ‘यो भाईको बाइकलाई ठक्कर दिँदै गएको थियो । भाई चाहिँ भाग्यमानी रहेछ ।’

मंंसिर ८ गते, शुक्रबार, २०७४

प्रिय मन, ‘तिमीसँग जित्न होइन, जिउन चाहन्छु’

अप्रील 14, 2017

नयाँ सालको पहिलोदिन धेरै प्रयत्न र प्रयासहरुको एकैपटक आक्रमण भयो । लाग्यो की, अबको हरेक पल र समयमा अद्भूत क्षमताको विकाससँगै नौलो र नयाँ गतव्यतिर अग्रसर छ पाइला । बिहानैदेखि यो मनमा धेरै कुराले एकाएक हस्तक्षेप बढाएको थियो । यसलाई सन्तुलन र बाँध्दै बाँध्दै नियमित दैनिकीमा अलमलिएँ ।

शून्यता र शान्त परिवेशले मनलाई एकैपटक च्याप्प समायो । दिउँसोतिर यसले मलाई बैचेन र छटपटी बढायो । अनि म जुरुक्क उठेँ र प्रिय मनलाई कतै हिड्न आग्रह गरेँ । उनी मेरो आग्रहलाई स्विकारेनन् । त्यसपछि छटपटिएको मन एक्कासी हुतियो कताकता ।
हिड्दाहिड्दै निकै दूरी पार गरेँ । पहिलोदिनको पैदलले मलाई मन्दिर पु¥यायो । मन्दिरसँगै बिशाल रुखको फेदमा केहीबेर बसायो । अनि एउटा कागको मिहिनेत र अठोटलाई प्रत्यक्षरुपमा देखायो । यो समय र दृश्य गजब र दुर्लभ बन्यो ।

घर आएँ । खाटको कुनातिर पलेँटी मारेर बसेँ । र, बन्द आँखाले एकाएक बितेका पलमा हाम फाल्यो । म चुपचाप दृश्यको साक्षी बनिरहेँ ।
त्यो समय र यो समयको फरकताले मन पोल्यो । जल्यो । पिडा भयो । यसलाई बिस्तारै दबाउँदै नयाँ तालिका र नयाँ पाइलाको हिसाबकिताब निकाले ।

कहिँकतै पढ्न पाइएको थियो । ‘माया गर्छौै भने गरेर देखाऊ’ ‘If u love her, show her’ यसले झन मनका्े भित्री फेदमा धक्का दियो । यसलाई इमान्दारपूर्वक बोक्दै अबको यात्रा अघि बढ्ने हतारोमा छु ।

समय बित्यो । सो बित्यो । ढिला भयो सो भयो । पछुतो एकातिर छ, अर्कातिर प्रफुल्लपनि । जीवनका हरेक रंगलाई नजिकबाट चिन्न र देख्न सिकायो । प्रेम र बिछोडलाई महसुस गर्न सिकायो ।

प्रिय मन । तिमीप्रति समर्पित मेरो मन र भावनाले तिम्रै एकाधिकार जमाएको छ । तिमे भाव र मनको चाहनाले काटिएको चंगाले बेसन्तुलन उडेजस्तै उड्दै छौं । त्यो मलाई राम्ररी थाहा छ । म हरेक गतिविधिबाट अभ्यस्त छु । मैले तिमीलाई भनेकै छु । र, भनिरहन्छु । म सबैलाई जित्नसक्छु, तर तिमीसँग जित्न होइन, जिउन चाहन्छु । वश यतिमात्र मेरो स्वार्थ हो । बाँकी भन्ने कुरा, बुझ्ने कुरा र हुने कुराहरु समयअनुसार हुँदै जानेछ ।

प्रिय मन, संसारको रित अचम्म छ । चाहेर हार्न र जित्न कोही कसैले सक्दैन । तर म स्वयम तिम्रो प्रेम र जीवनमा म समर्पित भइरहेकै छु । यसको निरन्तरता जारी रहनेछ । कहिले म थाक्न खोज्छु । म ढल्न खोज्छु । गल्न खोज्छु । यद्दपी हाम्रो बलियो डोरीको टुप्पोले मलाई उर्जा र सास दिन्छ । अनि तिम्रै नाम र तिम्रै मायाको बाटो आत्मसात गरेर हिडिरहेको छु ।

प्रिय मन, मन स्वतन्त्र हुनुपर्छ । यसलाई अनर्थ नलगाइयोस् । मनलाई छेक्न र रोक्न सकिँदैन । यसको विशेषता यही नै हो । मन बहकिन सक्छ । म डुब्न सक्छ । अपरिचित र परिचितको लागि यो मन चिप्लिन सक्छ । मेरो मन पनि स्वतन्त्र छ । तर यो जिद्दि मन । तिम्रै मनसँग डुबेर, बहकिएर र चिप्लिरहेको छ ।

मैले सुनेको छु । र, म विश्वास गर्छु ।

मलाई थाहा छैन, भोली के हुन्छ ।
तिमी साथ देऊ, जे हुन्छ, हुन्छ ।

अस्तु
बैशाख १, २०७४

प्रिय मन, अरु ‘मन’हरु रोज्न सक्दिन

मार्च 18, 2017

मेरो शब्दमा धेरैपटक समयको उतारचढावहरु उक्लिरहन्छ । क्रमश ओर्लिरहन्छ । यसलाई भाषामा खराब समय भनेर परिभाषित गरिन्छ । तर मेरो समय गजब चलिरहेको छ । यो समय वश उक्लिरहेछ, उक्लिरहेछ ।

यो जीवनको प्रगति हो । यात्राको विशेष शुभारम्भ पनि हो । अनि मनहरुको आकांक्षा र इच्छाहरुको समागम पनि हो । प्रिय मन यसलाई मैले स्वर्ग र नरकको वास्तविकताभित्र रहेर दुवै अनुभूति गरिरहेको छु । एउटा गीत छ हिन्दीमा, जुन प्रिय मनमा समर्पित गर्न चाहन्छु ।

जीना यहाँ, मरना यहाँ ।
इसके सिवा जाना कहाँ ।

प्रिय मनमा यी शब्दहरु समर्पित गरिरहँदा म एक्लै छु । खाटको मध्यभागमा पलेटी मारेर, ढाडमा सिरानीको सहयोगमा काखमा ल्यापटप राखेर शब्द खेती गरिरहेको छु । र, मनको भित्री आन्नदित वहहरु छरिरहेको छु ।

प्रिय मन, धेरै साताअघि देखि मनभित्रका ताण्डव नृत्य चलेको छ, शब्दहरुको । यसलाई पोख्न र समर्पित गर्न म आतुर थिएँ । तर समय र परिस्थिती अनि दैनिकीको तालमेल नमिल्दा यो सम्भव हुन सकिरहेको थिएन । आज शनिबारको मौका पारेर चैत्र ५ गतेको साइतमा पोखिरहेको छु, सुन्दर शब्दहरु प्रिय मनप्रति ।

मलाई थाहा छैन
भोली के हुन्छ ?
तिमी साथ देऊ
जे हुन्छ, हुन्छ ।

यी सुन्दर शब्दहरु जोडेर प्रिय मनप्रति जीवनलाई सुम्पेको छु । यो सद्भाव र प्रेमको गठबन्धन यात्राले करिब १५ वर्ष पार गरेको छ । अझैपनि यस्तै र यतिकै भाव र प्रेमका फूलहरु सुम्पेर म माया गरिरहेकै छु, विश्वास गरिरहेकै छु र हरेक पल प्रिय मनकै वरिपरि घुमिरहेकै छु ।
प्रिय मन, यो वास्तविकताबाट तिमी परिचित छौं । यसलाई स्वार्थपरक प्रेम भन या निश्वार्थपरक प्रेम । प्रेम त प्रेम नै हो । यसमा म बाँधिएको छु । र, डोरीको अवतारमा प्रिय मनलाई बाँधिरहेको छु, म यसैसँग तानिरहेको छु । यो सत्य हो । र, यस्तै भइरहेको छ ।

प्रिय मन, म स्विकार गर्न तयार छु । मेरो कमजोरी र वास्तविकतामा । म आर्थिक क्रान्तिमा असफल भइरहेको छु । आर्थिक गतिको रेखाभित्रको सतही गतिमा म अल्झिएको छु । मैले यहाँ मुटु र प्रेममाथि हात राखेर भन्नैपर्छ की आर्थिक पाटोसँग मैले प्रिय मनको तुलना गर्न सकिन । र, यो सम्भव पनि छैन । म र मेरो सास रहेसम्म यो हुन दिन्न भनेर अठोट लिएको छु ।

प्रिय मन । म तिम्रो व्याकुलता र छटपटी राम्ररी बुझ्छु । स्वादिलो र चिल्लो खान्की सबलाई मनपर्छ । सुन्दर बस्तुहरुमा सबै आकर्षित हुन्छन् । यस्ता कुराहरु दिर्घकालीन हुन्न । अल्पकालिन सुन्दरता र सम्बन्धमा रमाएर तिमी गलत सोच र सपनामा अलमलिर बाटो बिराउने तयारीमा नलाग भनेर सम्झाउन सकिएको छैन प्रिय मन । आखिर कहिँ कतै मैले एउटा लेखमा लेखेको थिएँ, कसको मनभित्र को पस्न सक्छ र ?

प्रिय मन, म तिम्रो मनको गहिराई नाप्न सक्छु । तिमीसँग रुन सक्छु । र, आनन्दका साथ खुशीले हाँस्न सक्छु । तर अरु सक्दैनन् । किनकी संसारमा स्वार्थ छ । प्रेममा स्वार्थ छ । दुईदिनको रमाइलो अंगाल्न प्रिय मन तिमीले तिम्रो भावनालाई बहन रोक्नुपर्छ ।

प्रिय मन । तिमी आफूमा डुबेर हेर । सोचेर हेर । प्रेमको अर्थ बुझेर हेर । यो पारदर्शी छ । यसमा सुख छ । दुःख छ । माया छ । आत्मियता छ । त्याग छ । विश्वास छ । समर्पण छ । धेरै छन् । तर मनहरु हुन्नन् । वश एउटै मनसँग जोडिएको मन हुन्छ । यसले मुटु चल्छ । ढुकढुकी एउटै बन्छ । यसमा जीवन जोडिन्छ ।

प्रिय मन यस्ता प्रेममय भावहरु पोखेर तिमीलाई म रोक्न र छेक्न सक्दिन । मेरो मायाको एउटा आफ्नै नियम छ । प्रिय मनलाई स्वतन्त्र राख । प्रिय मनको खुशी नै मेरो खुशी हो । यसकारण कतैपनि अवरोध हुनुहुन्न । यस्तै यस्तै ।
यसकारण सदासदा चुपचाप उभिएर बस्छु तिम्रो छेऊ । तिम्रो अनुहारका भावहरु हेरिरहन्छु । तिम्रो मनको गहिराई नापिरहन्छु । यस्तै यस्तै । एउटा गजबको सत्य प्रिय मनमा समर्पित गर्दै दावी गर्छु । प्रिय मन, म अरु मनहरु रोजेर खुशी बन्न सक्दिन । अरु मन रोज्न सक्दिन । माफ गर ।

प्रिय मन, मेरो एउटा नराम्रो बानी छ । जुन तिमीले मनपर्छ भनेर कहिल्यै स्विकार गरेनौं । त्यो हो । म सहन्छु, सहन सक्छु र सहिरहेकै छु । यसमा मेरो केही स्वार्थ छैन । वश तिमीले मलाई जसरी सडकबाट उठायौं । माया दियौं र माया गर्न सिकायौं । तिम्रो यही एउटा गल्तीको कारण म ऋणी भइरहेको छु । सास रहेसम्म पनि यसको ऋण चुक्ता गर्न सक्दिँन । तर माया गरेर साँवामात्रै भएपनि तिर्न सक्छु, यसमा ढुक्क बन प्रिय मन ।

प्रिय मन, तिमीले मलाई कहिले सारै आगो बनाउँछौं । कहिले बादल । एउटा मन छ । कहिले घाम । कहिले पानी बनाएर दुःख दिन्छौ, र सुख पनि । कहिले पीडा दिन्छौं, र कहिले न्यानोपनि ।

प्रिय मन । तिमीसँग पोख्नुपर्ने धेरै समय सान्दर्भिक कुराहरु पनि छन् । आकस्मिक लेख्न बस्दा धेरै भारले थिचिएको अवस्था छ यतिखेर । यसकारण थोरैमात्र पोखेको छु । अरु शब्दहरु चाँडै नै सम्झेर पस्किनेछु प्रिय मन ।
अस्तु ।

चैत्र ५, २०७३ शनिबार

प्रिय मनविरुद्ध ‘म’हरुको आत्महत्या !

अक्टोबर 21, 2016

प्रिय मन

याद साँची तड्पी रहन्छु
छायासँगै झस्किरहन्छु
आज फेरि रुन्छु म
किन…किन ?

सम्बोधन धेरैपछि गरिरहेको छु प्रिय मन । यो शहर निष्ठुरी छ । स्वार्थी छ । यसैमा दैनिक अभ्यस्त भइरहँदा तिमीलाई भुलेछु महिनौदिन देखि । मलाई थाहा छ, प्रिय मन । तिमी मसँग छौं र म तिमीसँग । तरपनि जिन्दगीको आरोह अवरोहमा हाम्रो साथ र हातमा न्यानोपन र समर्पणको भावमा डुबिरहँदा तिमीलाई भुसुक्कै भुलेछु प्रिय मन ।

हिजो कार्तिक ४ गते बेलुका तिमीलाई धेरै धेरै सम्झिएँ । प्रिय मनको एक्कासी याद बल्झिएपछि शब्द खर्चिन मन लागेको थियो । तर अवस्थाले यसलाई पूरा हुन दिएन । प्रिय मन, तिमी यति धेरै कठोर र निष्ठुरी कसरी हुनसक्छौं ? यात्राको करिब १५ बसन्त बितिसक्दा प्रेमको मुना कुल्चिएको र मरेको दावी गर्दा मलाई नराम्ररी दुख्यो चसक्क ।

प्रिय मन, जिन्दगीको उद्देश्य जिउनु हो । तर जिउनुको अर्थ एक्लो वा निन्तात एक्लो होइन । कतै मैले सुनेको छु, गुरु श्री श्री श्री रविशंकरले जिउनुको गहिरो अर्थ लगाउँदै भन्नुहुन्छ, ‘सहकार्य, सहयात्रा र संयुक्त खुशीको आनन्द नै जीउनु हो ।’

प्रिय मन, म निकैबेर तिम्रो विगत, वर्तमान र भविष्यको दुःख र सुखको जोडघटाउ गरेर रोएँ । लामो र गहिरो सास लिन्दै विगतलाई सम्झिएँ, र, वर्तमानलाई थामे र भविष्यलाई माथि उठाएँ ।

प्रिय मन, एक्कासी यो हुरीले म उभिएको धरातल त भासियो । मैले शान्त र मौन बसेर थामे । र, मभित्रको अन्तरआत्मामा संचारित भगवान ओशोको शक्तिले मुर्तिझैं स्तब्ध हुँदै बसिरहेँ । म उभिन र फेरि बोल्न र प्रतिरोध जनाउन असम्भव अवस्थामा थिएँ, प्रिय मन ।

प्रिय मन, तिम्रो आक्रोश र आगोलाई मैले सही र सन्तुलन मिलाएर थामेँ । जसरी विष पिउन महादेव तयार भए, मैले पनि आक्रोश र आगोलाई निलकण्ठसरि निर्धक्क पिएँ, पिइरहेँ । हो म चुपचाप बसिरहेँ, माफ गर प्रिय मन ।

प्रिय मन, मैले तिमीसँगको खुशीमा र तिम्रो सामिप्यतामा आफ्नो जीवनको हिसाबकिताब गर्न बिर्सिएको रहेछु । तिम्रै हाँसो र माया अल्झिएर उज्यालो दुनियामा भूलिरहेँ । मलाई कोही कसैको सहकार्यको अभाव भएन । तिमीले निर्माण गरेको एउटा सुन्दर दुनियामा प्रफुल्लित हुँदै दिनहरु बिते, महिना बिते र वर्ष बिते । साँच्चिकै केही पत्तो नै भएन ।

आज ज्वालामुखीझैं विष्फोटको शैलीमा प्रकट भएको प्रश्नले म स्तब्ध र मौन भएँ । आखिर सत्य त सत्य नै हुन्छ । मैले आजसम्म के गरेँ जिन्दगीमा ? प्रिय मनका लागि हरपल समर्पित रहने यो प्रेमीले प्रिय मनलाई आजसम्म के नै दियो ? उफ्, प्रश्नै प्रश्नले म कमजोर हुँदै टुटे रातभर । तरपनि प्रिय मनको अघि एउटा बाघ जस्तै जो जंगल सुरक्षामा बसेको छ, त्यस्तै शैलीमा प्रस्तुत हुँदै आँखा छलेर कमजोर भइरहेँ ।

प्रिय मन, म कुन यात्रामा निस्किएको यात्री हुँ, त्यो पनि महसुस भएन । म बश हिडिरहेँ, गतव्यहिन भएर । प्रिय मन, त्यो तिमीले मलाई हिजोमात्र थाहा दियौं । यात्रामा धेरै रोकावट भयो । बाधा भयो । समाजबाट तिमी हेपियौं । प्रिय मनलाई समाजमा उभिनसक्ने हैसियत मैले खोसेँ । परिवारजनमा म निकम्मा बनेर तिमीलाई दुःख दिइरहेँ । यावंत यस्ता धेरै कारणले प्रिय मनको मनमा नराम्ररी चोट दिएँ । म प्रयत्नशील हुने उर्जा सबै तिम्रै यात्रामा समर्पित भयो । मेरा सोचहरु र केही थोपा पसिनाहरु प्रिय मनकै मार्गमा पोखियो । यस्तै यस्तैमा समय बित्यो ।

म वश एक्लिएँ, हेपिएँ, थिचिएँ र कुल्चिएँ । प्रिय मन, यी सब प्रहारहरु एकाएक हिजो मैमाथि निरन्तर परिरह्यो । म मौन र शान्तभावमा प्रहारहरुसँग हारिरहेँ । आखिर हो पनि, प्रिय मनको प्रश्नमा मेरो कुनै जवाफपनि थिएन ।

प्रिय मन, शब्दहरुमा अबको यात्राका शब्दहरुपनि हामफाल्न खोज्दैछ । तर म रोक्दैछु । विगतका पल, आत्मियता र प्रेमका भावहरु सबै आत्महत्याको प्रयास गरिरहेका छन् । तर प्रिय मनसँगको जीवनभरको गाँठो बाँधिदिने माताहरुको अनुहार अझै चम्किलो र मुस्कानमय देखिरहेको छु । कारण खोतल्न म सक्दिन । यात्रा र जीवनको ’boutमा पूरै चिना उहाँहरुकै हातमा छ । यो देखेर म झन अचम्मित बनेको छु । म माताहरुसँग सोध्ने आँट गरिरहेको छु, ‘प्रिय मन र मेरो यो बन्धनमा आएको झट्कामाथि किन यस्तो वेवास्ता ?’

प्रिय मन, म तिम्रै हुँ । र, सदासदा रहिरहनेछु । मभित्रको अन्तरआत्माले तिमीप्रति समर्पित हुँदै अहिले बिदा ।

रुन्छ हिद्धय धेरै, वर्षिन्छ आँसु
टुक्रेको मुटु लिई, कोही त भनिदेऊ
कसरी म हाँसु ?

मात्र तिम्रो, सिर्फ तिम्रो ‘म’

अस्तु
२०७३/०७/०५, शुक्रबार

अब म बोल्दिन !

जुन 25, 2016

मैले यो लेख्न प्रारम्भ गर्नु अघि यसको शिर्षक ‘जो जससँग सम्बन्धित छ’ राख्ने मन बनाएको थिएँ । तर घटना र पात्रलाई समर्पित गर्नुभन्दा पनि आफ्नै आनीबानीमा शब्द सोझिएको हुँदा शिर्षक बदलियो , ‘अब म बोल्दिन ।’

यसमा पात्र सुन्दर छिन् । घटना सुन्दर छ । हामीलाई याद छ । साँझको झरीमा हामीले देख्न नहुने दृश्य देख्यौं । र, हामीले सावधानीपूर्वक घटनालाई सत्यकथा सरह पेश गरेका थियौं । घटनामा सुन्दर पात्रको कम्मरमा अर्काे पात्रले मिठो शैलीमा हात बिसाएर सडकलाई लामो दूरी बनाउँदै थियो । वश हाम्रो गल्ती थियो । दृश्यलाई देख्नु र सम्बन्धितलाई पोख्नु । तर हामीले गुप्तचरको भेषमा प्रस्तुत गरिएको प्रतिवेदनलाई जस्तै वेवास्ता भयो । हामीलाई टाढा पारियो । ‘काम नपाएर आकाश तारा गनेको जस्तै’ अर्थहीन बनाइयो । त्यहीबेला हामीले सोच्यौं । अब हामी चूप बस्ने !

हामीलाई राम्ररी थाहा छ । तिम्रो स्वतन्त्रतामा तिम्रै अधिकार छ । तिमी सुध्रिनुपर्छ भन्ने हाम्रो ईच्छा र चाहना हो । किनकी हामी परिवारभित्रका सदस्य हौं अझैपनि । हाम्रो एउटै कामना छ । ‘जे गर, तिम्रै विवेक र चाहनामा गर ।’ तिमीलाई स्मरण छ । हामीले एकपटक ‘ईज्जत कायम राख र तिमी सुध्रिनुपर्छ’ भन्दै तिम्रै परिवारका ’गुप्तचर’ बने तर सोचको विपरित हाम्रो ईज्जतलाई लिलामीमा राखियो । हामीले यो तमाशापछि धेरैदिनसम्म आफैलाई थुकेर बस्यौं । अझैपनि हामीले माया मार्न सकेनौं कसैलाई !

फेरि अचानक आजपनि तिमीले रोजेको र खोजेको स्वतन्त्रतालाई प्रत्यक्ष देखें । उही सडक र उही पात्रहरु । तर हामी कसम खान्छौं, ‘तिम्रो स्वतन्त्रताविरूद्ध हामी जान्नौं । यो अठोट भयो ।’ हामीलाई थाहा छ । तिमीहरुको धेरै ईज्जत छ । धन छ । हामीले पनि कसैलाई नठगी र नढाँटीकन केही ईज्जत बनाएका छौ । र, तिम्रो खुशीलाई छेकबार लगाउन सक्ने आँट हामीसँग छैन । हामीलाई पनि हाम्रो ईज्जत प्यारो छ । यसकारण हामी फेरिपनि हाम्रो ईज्जतलाई लिलामीमा राख्न चाहन्नौंं । र, आजदेखि तिमी ढुक्क हुनु ।

म कसम खान्छु, मैले केही देखेँ भने नदेखेको बहाना गर्छु । र, तिम्रो स्वतन्त्र अधिकार हनन हुनेगरि म बोल्दिन पनि !
अस्तु
२०७३-०३-११

गीतसँगै जीवनको जीत

फ्रेवुअरी 13, 2016

समयले फड्को मार्दे आजबाट शुरू भयो फागुन । आज फागुन १ गते अर्थात श्रीपञ्चमी । आजै रेडियो दिवसपनि । रेडियोसँग पनि मेरो धेरै माया छ । करिब वर्षदिन एन्टेना फाउन्डेसनसँग जोडिदाँ रेडियो’bout हुर्किन र जान्न मौका मिलेको थियो ।

अरू यस्तै हो । पछिल्लो समयमा धेरै उतारचढावहरू आयो । अर्थात माघमा थाम्न मुश्किल हुनेगरि पिडाले टेक्यो । यसलाई पनि सहजतापूर्वक विसर्जन गर्न सफल भएँ । आज सररस्वती पूजाको अवसर जुराएर केही लेख्न कसेको हुँ । यो प्रयास विगतका दिनमा पनि भएको थियो ।

गीतामा सार छ । जे भयो, राम्रै भयो । जे हुन्छ, राम्रै हुन्छ । यसैलाई मूल एजेन्डा मानेर जीवनलाई पलपल पारित गर्दै आइरहेको छु । दुःखमा आत्तिनुहुन्न र सुखमा मात्तिनुहुन्न भन्ने सत्यतामाथि म बाँधिएको छु । यसकारण म उभिएको धरातलको जग बलियो बनेको छ । यस्तैयस्तै । धेरै कुराहरू लेख्नु भन्दा पनि काम गर्नुपर्छ भन्ने छ । थप एउटा यथार्थले सदासदा मनमा झस्काइरहन्छ ।

जिन्दगीमा धेरै कुरा गर्न बाँकी छ ।
सबैभन्दा ठूलो कुरा मर्न बाँकी छ ।

2072-11-01

अस्तु

जन्मदिनको टाइममा ग्यासको टन्टा

नोभेम्बर 18, 2015

मंसिर २, बुधबार

प्रारम्भ गर्नुपर्ने अध्यायले मनलाई छोएपछि शब्दहरू उकुसमुकुस भएर उम्लिन खोज्छन् । बहानाले ढोकालाई दस्तक दिएपनि प्रयासले निरन्तरता नपाउँदा धेरै शब्दहरू आत्महत्या गरिदिन्छन् । मनलाई समयसँग बाँध्न असमर्थ हुन्छु र समयलाई जित्न दिन्छु । म फगत एउटा पात्र बनेर चलचित्रको रिलजस्तै अन्तिममा टुंगिन्छु । दिन सकिन्छ । रात आउँछ । अनि दिनको अनेक उतारचढावको हरहिसाब गर्दै विश्राम गर्छ यो सुविन ।

आजदेखि म मृत्युको एकवर्ष सम्मुख पुगेको छु । अर्थात आज मेरो जन्मदिन । यो अवसरमा त्यति सुखले र सुखद तरिकाले मनाउने गर्दिन । तरपनि धार्मिक मान्यतालाई शीरमा राखेर भगवान सम्झिन्छु ।

यस्तै जीवनको गतिमा सुख र दुःख आइरहन्छन् । आजको सन्दर्भ सुखकै भएपनि यसमा अनेक उतारचढावहरू समेटिएका छन् । आजदेखि म मृत्युको एकवर्ष सम्मुख पुगेको छु । अर्थात आज मेरो जन्मदिन । यो अवसरमा त्यति सुखले र सुखद तरिकाले मनाउने गर्दिन । तरपनि धार्मिक मान्यतालाई शीरमा राखेर भगवान सम्झिन्छु । मौका परे केही पारिवारिक सदस्यहरूलाई निम्त्याएर भेला गर्छु । एक्लै भइरहनुको झुठलाई भरोसा दिन जमघटमा रमाउँछु ।

आज यही अवसरमा बिहानै जीवनसाथी सुनिताको व्यवस्थापनमा छोरी संस्कृतिको हातबाट सगुन र पूजाबाट दिन प्रारम्भ भयो । धेरै अनुहार पुस्तकका मित्रहरूले बधाई दिए । पारिवारिक सदस्यहरूले शुभकामना दिए । अनलाइन पत्रिकाको अड्डामा धेरै सहकर्मीहरूले शुभकामना व्यक्त गरे । शुभकामनाको रमाइलो चलिरहँदा ग्यास र दाउराको चिन्ताले घर बसाएपछि हामी दुईजना त्यतातिरको व्यवस्थापनमा कुद्यौं । दाउरा पायौं । तर ग्यास हात लाग्यो शून्य । अरू खाद्य सामाग्रीका लागि नयाँ तयारी गर्नुपर्ने देखियो ।

सुनिताको नेतृत्वमा रहेको होस्टेलमा पनि हरेकदिनको समस्या भनेकै कसरी व्यवस्थापन गर्नु नै हो । यी कुरामा पनि हामी सचेत भएर लाग्नुपर्ने अवस्था छ । कारण, व्यावसायिक र व्यापारिक जे भनेपनि यसलाई पनि निरन्तरता दिँदै आइरहेका छौं ।

धेरै कुरा मनमा खेलेपनि लेख्दै जाँदा महत्वपूर्ण कुराहरू छुटछ्न् । फेरि यसरी दैनिकी लेख्दा म कहिल्यैपनि पुनः सम्पादन गर्दिन । सिधै पोष्ट गर्ने गरेको छु । आजको यो शुभदिनमा सम्झने र शुभकामना दिने सम्पूर्ण मित्रहरूमा आभार प्रकट गर्दै, जीवनसाथी सुनिताप्रति हार्दिक आभार । उनको सहकार्य र समन्वयले मेरो जीवनको यात्रालाई अझ परिस्कृत र सुन्दर बनाएर अघि बढ्ने प्रेरणा दिँदै आइरहेकी छिन ।
अस्तु
२०७२/८/२

‘जे सक्छौं गर, म हार्दिन’

अक्टोबर 1, 2015

असोज १४, बिहिबार ।

समयको माग हो सुख वा दुःख । पीडा वा आनन्द । कस्तो सोचमा चलेको जीवनको प्रतिबिम्ब डरलाग्दो र उराठलाग्दो हुन्छ । समय त्यही हो । जसको हातमा सबै कुरा बाँधिएका छन् । आफू लगातार लम्किरहँदा कोही कसैलाई वास्ता गर्दैनन् । मलाई पनि यही समयले नै हो । वेवास्ता गरेको छ । पीडा दिएको छ । म लेख्न खोज्छु तर समय लम्किन्छ । अल्छि लाग्छ । भोली लेख्छु भनेर छोडिदिन्छु । यस्तै यस्तै ।
यता मसँगका पुराना धेरै सहकर्मीहरू छुटे । नयाँ जोडिए । साथबाट छुटेका सहकर्मीहरूको आ–आफ्ना सपना र लक्ष्य लिएर बिदा भए । म स्विकार्छु, मबाट पनि पनि धेरै कमी कमजोरीहरू भए होलान् । तर यसको क्षमा भनेकै साथीहरूसँग बिछोड बन्यो ।

फेरि आफ्नो नियमितता भनेकै अनलाइन पत्रिका दैनिकको दैनिकी संस्करणमा व्यस्तता । यसमा २४ घन्टा अल्झिएको छु । अरू पेशामा लाग्न सकिएको छैन । यसैमा केही गर्छु भनेर नयाँ सदस्यहरूको जोशपनि मिसाइयो । केहीसँग हारगुहार गरेँ । आफ्नै स्वार्थमा उनीहरूले सहयोग गर्छु भनेर करिब १५ दिन झुलाए । आज बल्ल टुंगो लाग्यो की ती वरिष्ठ महाशयले मुखको बोली मोडे । सम्भवत यही नै मेरो लागि उर्जाशिल क्षण बन्न पुगेको छ । मैले कुरा बुझेपछि भने, ‘समय यस्तै हो । धन्यवाद यतिदिन सम्म मलाई विश्वास गरिदिनु भयो ।’

लेख्न खोज्छु भन्दाभन्दै पनि धेरै कुरा लेख्न सकिँदैन । कतिपय कुराहरूलाई दबाउनु, कतिलाई निल्नु र कतिलाई ओकल्नु पर्ने हुन्छ । आज बिहानै एकजना मन्त्रीज्यूसँग करिब २५ मिनेट कुरा भयो । उहाँले सँगै विदेश भ्रमणको निम्तो दिए । आफ्नो कमजोरी भनेकै यस्तो अवसरलाई खासै महत्व नदिनु हो । यो मेरो अंहमता र घमण्ड होईन । महिनादिन अघिको भुटान भ्रमणपनि सिधै अस्विकार गरिदिएँ । समय हो बलवान । यसले अनेक खेल खेल्छ । उखानै छ, समय बलवान त गधापनि पहलवान ।

म प्रत्येक दिन जितिरहेको छु । तर केही मान्छेहरू मलाई हराउने खेलको डिजाइनमा व्यस्त छन् । म हार्दिन भनेर म जीवनसाथी सुनिताको विश्वासको डोरीको सहारामा छु । म पलपल सम्झाउने धूनमा आत्मविश्वासपूर्वक भनिरहन्छु, ‘समय मजबुर छ, यसले मलाई आज नभए भोली पक्कै उज्यालो साथ दिनेछ ।’ उनी स्तव्ध भएर सुनिरहन्छिन् । विश्वास गर्छिन् । अहिले मलाई समयसिमा समेत दिएकी छन् ।

अस्तु

मामाभान्जी छुरा र सितारामका कुरा

जनवरी 10, 2015

२५ पुस, २०७१ तद्अनुसार ७ जनवरी, २०१५ (शुक्रबार) । बेलुका लेख्छु भन्दाभन्दै पनि कहिलेकाँही अप्रत्याशित कहीँ पुग्नुपर्ने हुन्छ, लेखन छुट्छ । जसरी हिजो शुक्रबारको छुट्यो ।

शुक्रबारको दिन उठ्ने बित्तिकै रमाईलो लाग्छ । साताको रमाइलो गर्ने समय । उही शैलीमा बिहानी चियाको चुश्कीले दिनको शुरूवात भयो । आज धेरैपछि छोराछोरीलाई स्कूलको बस आउने चोकमा छोड्नुपर्ने जिम्मेवारी आयो । आज उनीहरूको स्पोर्टस् डे थियो । म छोड्न जाने बाटोमा पुलिस बिट पर्छ । बिटमा आज निकै भीडभाड र हल्लीखल्ली रहेछ । आँखैमा समाचार मनैमा समाचार भनेजस्तै म उतातिर तानिए । कुरा बुझ्दै जाँदा मामा र भान्जीको फोन प्रकरण रहेछ । धेरै कुरा आफ्नै डायरी लेखनमा समेट्न नमिल्ने हुने रहेछ । करिब दुई घन्टा चलेको दुईतर्फी भनाभन सम्वादमा म आधा घन्टा अलमलिएँ । त्यहीबेला थप नयाँ मित्रसँग परिचय भयो एनके श्रेष्ठसँग ।

यताउता, अन्तमा कार्यालयमा दाखिल भएँ । अनलाइनकर्मी साथीहरूसँग समाचारको चर्चा र अनलाइन पत्रिकाको शुक्र’bout अंक’bout छलफल भयो । साथीहरूले आजको अंकलाई मनपराए । अझै राम्रो बनाउनुपर्नेतिर जोड दिने वाचा गरे ।

दिउँसो दोलखा प्रतिनिधिसँग लामो कुरा भयो । अनलाइन पत्रिकालाई निरन्तर आइरहेको राम्रो प्रतिक्रियालाई हामीले फेरि समेट्न खोज्दैछौं । आजै फेरि अष्टसिद्धि टोल सुधार समितिका अध्यक्ष रत्न महर्जन दोलखा पुगेका रहेछन् ।

आजपनि धेरै विशिष्ट व्यक्तित्वहरूसँग गफगाफ भयो । गोदावरीका साथीहरू, ललितपुरका अन्य आत्मिय साथीहरूसँग रमाइलो सम्वाद भयो । आज कार्यालयमा सिताराम हाछेथु आइपुगेँ । ललितपुरमा नयाँ ट्राफिक नियमका ’boutमा जानकारी गराए । खुशी लाग्यो, साँच्चिकै उनी परिवर्तन गराउनेतिर अग्रसर भएका रहेछन् । दैनिक नयाँ नियम र नयाँ प्रयोगका कारण पनि चर्चामा रहेछ सिताराम । धनगढीका साथी गोपाल साउदसँग पनि धेरै कुराहरू साटियो ।

बेलुका ज्यापुसमाजको नेवा भोजको निम्तो थियो । त्यसमा सहभागी भएँ । ‘एकपटक पढ्नुस्, मंगलबजारमा एक साँझ’ शिर्षकमा यस’bout चर्चा गर्छु । बेलुका ढिला घर पुगेँ । सबै सुतिसकेका रहेछन् । यसो टिभी खोलेर एकछिन विचरण गरे च्यानलहरू । आँखाले करिब करिब ढकनी बन्द गर्न खोेजेपछि सिरकभित्र पसेर शुक्रबारलाई बिदा गरे ।

अस्तु

अनलाइन पत्रिकामा स्पाइडरमैन !

जनवरी 7, 2015

२३ पुस, २०७१ तद्अनुसार ७ जनवरी, २०१५ (बुधबार) । यस्तै हो सूर्य उदाउँछ र अस्ताउँछ । सूर्य देखिएको केही घण्टापछि उठ्ने बानीले म अल्छी छु की भन्ने लाग्छ । तर राति सुत्ने समय ढिला हुनाले मन बुझाउँछु । हेर्दाहेर्दै बुधबार पो भइसकेछ ।

आज अलि चाँडै कार्यालय पसेँ । कामको चापका कारण आफूले आफूलाई स्याबास भनेर धाप मार्न सकिएको छैन । बाँकी कामहरूको एकातिर तनाव थियो, अर्कातिर फेरि नयाँ योजनाले च्याप्पै समाएको थियो मलाई ।

आजपनि भेटघाट भइरह्यो । पुराना एकजना भाईसँग आज भेट भयो । करिब ५ वर्षअघि लेखिएको सानो नोटबुक भेटिएको थियो । नोटबुकमा एउटा नम्बर पाएँ । को रहेछ भनेर उत्सुकता जागेपछि खोजेँ र पता लगाएर छाडेँ । उनैसँग कार्यालयमा बोलाएर भेट भयो ।

अस्तिमा इनारमा खस्ने बालक, उसलाई बचाउने र उनका परिवारसहित अनलाइन पत्रिकाको कार्यालयमा आएको थियो । यसलाई समाजिक कथा बनाउन सकिन्छ की भन्ने लागेको थियो । इनारमा खसेका बालकलाई निखिल र स्पाइडर मैन भनेर टोलवासीले भन्न थालेका छन् । फेरि आमालाई निखिलको मम्मी र स्पाइडर मैनको मम्मी भनेर चिनिन थालेका रहेछन् ।
यता फेरि बचत संघमा नेतृत्व गर्न तयार घिमिरे र काजीका कुराकानीलाई यसपटक हामीले सहकारी पत्रिका पृष्ठमा समेट्ने भएका छौं । दुवैसँग सहकारी सम्वाद गर्दा उत्तिकै उत्साहित रहेको अनलाइन पत्रिकाकर्मीको अनुभव रहेको थियो ।

अनलाइन पत्रिकाकर्मी साथीहरू आज व्यस्त देखिए । आफ्नो डेडलाइनका कारण उनीहरू पनि दबाब छ नै । जे होस् सक्रिय साथीहरूको सक्रियतालाई सलाम । हतारमा बिना सम्पादन जे लेखियो त्यही फाइनल हुने यो दैनिकी संस्करणको मेरो नियमित लेखाईमा धेरै कुरा छुटन सक्छन् । अहिले यतिमात्रै ।

अस्तु

घिमिरे र काजी, कसले मार्ला बाजी ?

जनवरी 6, 2015

२२ पुस, २०७१ तद्अनुसार ६ जनवरी, २०१५ (मंगलबार) । हिजोको लेखन अधूरो रह्यो । बेलुका प्रयत्न गर्दागर्दै पनि लेख्ने समय जुटाउन सकिएन । छोटो दैनिकी फेसबुकमा मात्रै पोष्ट गरियो । हिजो दिनभर भेटघाटले समय निल्यो ।

आजपनि सदा झैं बिहानीको प्रारम्भ र कार्यालयमा नियमित हाजिरी । आजपनि नसोचेको भेटघाट र विशेष व्यक्तिहरूसँग गफिन पाएँ । धेरै योजनाहरू र प्रयासहरू’bout भलाकुसारी भयो । कार्यालयमा आएर समय दिनुहुने र सुविनलाई विश्वास गर्नु हुने महानुभावप्रति म आभारी छु नै । (माफ गर्नुहोला, नाम राख्न सकिएन ।)

यता जिल्ला बचतको चुनावपनि संघारै भएको हुनाले त्यसतर्फ समाचारको दुष्टि पर्ने नै भयो । यस’bout चासो राख्दै आधा दर्जन सहकारीकर्मीसँग कुराकानी भयो । यसपटकको जिल्ला बचतको चुनावमा रामशरण घिमिरे (हालका अध्यक्ष) र रामशरण बस्नेत (हालका उपाध्यक्ष) बीच प्रतिस्पर्धाको सम्भावना छ । धेरै सहकारीकर्मीका आ–आफ्ना धारणा छन् । यसैलाई जिताउनुपर्छ भन्दै आफ्नै समकक्षी व्यक्ति समेत छानेका छन् । (यसलाई पत्रिकामै सार्वजनिक गर्नु वेश होला ।) स्मरण राख्नुपर्ने के पनि छ भने चुनाव नगरीकन सहमति पहिलो प्राथमिकता भनेर सबैका चाहना छ । र, यदि चुनावबाट नेतृत्व चुन्नुपर्ने अवस्था आयो भने ललितपुरकै अन्य सहकारीकर्मी पनि लड्न तयार भएको चर्चा सहकारीकर्मी माझ छ ।

आज धेरैपछि केही घण्टा बाहिरी परिवेशमा समेत डुल्ने मौका पाइयो । परिचितसँग भेटघाट भयो नै । यस्तै यस्तैमा दिन कट्यो ।

अस्तु

कफी हावर, दाजुको पावर र द टावर

जनवरी 4, 2015

२० पुस, २०७१ तद्अनुसार ४ जनवरी, २०१५ (आइतबार) । बिहान ढिला उठेपनि एउटा सुखद पाटो भनेकै सहयात्रीले चिया पस्कनु नै हो । मिठो चियाको चुश्कीमा दैनिकी शुरू हुन्छ । हिजो साँझ घर पुगेर द टावर फिल्म हेरियो । एउटा बडेमानको शिशाको १०० तल्ले भवन कसरी भग्नावेशमा परिणत भयो भन्ने कथा छ यसमा । एकदम डरलाग्दो शैलीमा मुटु नै झस्किने अभिनय र दृश्यको संयोजन छ द टावरमा । परिवारसहितले छोरी (संस्कृति) र छोरा (संस्कार) र हामीले हेर्यौं ।

कार्यालयको काम शुरू भयो । धेरै कुराहरू बाँकी थिए । अनलाइन पत्रिकाकर्मी साथीहरूसँग नियमित छलफल र कामको बाँडफाँट गरियो । आज अनलाइन पत्रिकाकी प्रबन्ध निर्देशक सुनिता बाटाजुले अनलाइन पत्रिकाको सम्पूर्ण खातापाताको दर्शन गर्नुभयो । साथमा हरहिसाबको पाना पल्टाउँदै बुझाउँदै थिए सुमित्रा ठकुरी । आज समाचार शाखाका मन्दिरा, फातिमा र भवानीमा पनि समाचारको चाप रह्यो । (धेरै…)

अमेरिकी शुभकामना, सम्मान र भेटघाट

जनवरी 3, 2015

१९ पुस, २०७१ तद्अनुसार ३ जनवरी, २०१५ (शनिबार) । हिजोको ढिलो सुतेँ । आज ढिला उठेँ । करिब ८ बजेतिर उठेपछि शनिबारको मौका पारेर गोरामरी खाने बानी छ मेरो । बिहानी बजारमा पैदल डुलेर खाजा ल्याएँँ । आज ललितपुरमा आयोजित एक कार्यक्रममा मलाई सम्मान गर्ने कार्यक्रम राखिएको थियो । बिहानैदेखि मन हर्षित नै थियो । त्यसमाथि अमेरिकाका ए हो र ? भन्ने ठेगोबाट जुरेको साइनोका मित्र विष्णुमान प्रधानको नयाँ वर्षको शुभकामना सन्देशले मनलाई थप खुशी बनायो । कार्यक्रममा पुगियो ।

धेरै पुराना परिचित मान्छेसँग साक्षात्कार भयो । साथै, आजै फुर्सद निकालेर सभासद उदय राणासँग केही मिनेट खासखुससमेत भयो । त्यस्तै, सुमेरू गु्रपमा अध्यक्ष भरत महर्जन, सीडीयो नेपालका प्रदिप सिंह, स्वास्थ्य प्रमुख केदारजी, हेमराज, विनोद, उत्तम, मिलन, शंकरआदि करिब एक दर्जनसँग धेरैपछि प्रत्यक्ष भेट भयो । फेरि फर्किने बेलामा भेटिएका सहकारी संघका अध्यक्ष माधव दुलालसँग धेरैपछि आत्मिय संवाद भयो । (धेरै…)

आमा, आत्मियता र आनन्द

जनवरी 2, 2015

१८ पुस, २०७१ तद्अनुसार २ जनवरी, २०१५ (शुक्रबार) । बानी पनि खराबै हो भन्ने लाग्छ । बिहानै उठ्ने बित्तिकै अनुहार पुस्तक खोल्नुपर्ने । तर आज बिहानै उठ्ने बित्तिकै अनुहार पुस्तक खोलेपछि मनमा आनन्द लाग्यो । कारण, बिहानै गौरी मल्ल दिदीको नयाँ वर्ष २०१५ को विद्युतीय शुभकामना प्राप्त भयो ।

नियमित दैनिक छँदै थियो । आज कार्यालय पस्दा हल्का र आनन्दित अनुभूति भइरहेको थियो । आज नयाँ महिनाको २ गते । हामी सबै समिक्षाका लागि छलफलमा जुट्यौं । सधैं झैं अनलाइन पत्रिकाकर्मी साथीहरू बस्यौं । बैठक शुरू भयो । आजको बैठकमा धेरै कुराहरू गर्न बाँकी रहेको निष्कर्षसहित नयाँ योजना उपर सबैका साथ र सहमति जुट्यो । यस’bout केहीदिन प्रष्ट पार्छु नै ।

हामीले तीनदिन अघि लेखेको समाचारका पात्र एक आमाको आज चिसोबाट उद्दार भयो । म आफूपनि त्यहाँ पुगेर साक्षी बने । निकै खुशी लाग्यो । समाचारको खोजी गर्नु सजिलो कहाँ छ र ? जे होस्, समाजभित्रका यस्ता कथालाई बुझेर लेखेका अनलाइन पत्रिकाकर्मी मन्दिरा सापकोटा र फातिमा बानुप्रति आभारी नै छु । सबैले अनलाइन पत्रिकाकर्मीको प्रयासलाई सराहना गर्दै थिए ।

आज कार्यालय रहँदा समाचार खोजी जारी रह्यो । साँझ डिजाइनर साथीसँग केही नयाँ कुरासँग आत्मियता राखियो । यस्तै यस्तैमा साँझ तल ओर्लिएपछि साथीहरू बिदा भए । आजको दैनिक च्याप्टरलाई यही बिसर्जन गर्दै मपनि लागे घरतिर ।

अस्तु

नयाँ वर्ष, चाउमिनको स्वाद र वृद्धाको उद्धार

जनवरी 1, 2015

पुस १७, २०७१ अर्थात जनवरी १, २०१५ (बिहिबार) । आज अग्रेजी नयाँ वर्षको चहलपहल छ । तरपनि जाँगर भने उही सदा झैं कार्यालयभित्रै बस्ने र नियमित काम । केही साथीहरूले सोधेको पनि हो । आज कतै नजाने ? बिहानैदेखि भेटघाट थियो । ललितपुरका पत्रकार साथी अमृत तिल्मिसिना र रमेश घिमिरे (नयाँ मित्र) का रूपमा बस्यौं । गफियौं । कफी गफ भयो । त्यहीबेला पुराना मित्र सम्मर खड्कासँग भेट भयो । भाउजुको स्वास्थ्य समस्याका कारण अस्पताल आएका थिए उनी । धेरैपछि अंगालो मारेर बिछोड बिर्सियौं हामीले र साट्यौं नयाँ वर्षको शुभकामना पनि ।

त्यसपछि कार्यालय समयको टन्टाले अनलाइन पत्रिका पस्यौं । साथीहरूको नयाँ वर्षकै दिनपनि संस्थागत मायाले हो की । सबै चाँडै नै आए । आज लामो छलफल चल्यो । संस्थागत र आन्तरिक बैठकमा धेरै कुराहरूको राम्रो उजागार र समाधानपनि निस्कियो । आज बैठकको नेतृत्व प्रबन्ध निर्देशक सुनिता बाटाजुबाट भयो । बैठकमा शान्ति सापकोटा, मन्दिरा सापकोटा, फातिमा बानु, भवानी दुलाल, सुमित्रा ठकुरी, शिव धिताल, राधिका श्रेष्ठ, रूपा श्रेष्ठ र म थिएँ । सबै साथीहरूका सल्लाह र सुझावबाट निष्कर्ष आयो । हामी जुट्यौं भने धेरै कुरा गर्न सक्छौं । त्यसपछि बैठक सकियो । दिनभरको चिसो मौसममा चाउमिन खाएर नयाँ वर्ष मनायौं । साँझ नयाँ अनलाइन पत्रिकाकर्मी साथीले डेक्स सम्हाले । यस्तै यस्तै दिन बित्यो ।

आज एउटा समाचार प्रभावले अनलाइन पत्रिकाकर्मी नयाँ जिम्मेवारी थपिएको महसुस भयो । हामीले दुईदिन अघि लेखेको वृद्धा आमा सम्बन्धि समाचारका कारण आमाको उद्धार गरिने भएछ । हामी खुशी भयौं । आफूहरूमा दायित्वबोध भयो ।

आजदेखि लेखन यात्रा र डायरीलाई निरन्तरता दिन्छु भन्ने मनसाय बोकेर लेख्न बसे । लेखियो । अस्तु

सपनाभित्रको ‘सुन्दर संघर्षहरू’

नोभेम्बर 8, 2014

मान्छे नै हुँ म पनि । हजार सपना र चाहनाले थिचिरहन्छ । उद्देश्य र लक्ष्य प्राप्तिका लागि मनहरू फराकिलो भइरहन्छन् । नयाँ सोच र जोशले केही गरौं भनेर फेरि उभिने प्रयासमा छु । अनलाइन पत्रिकाको कार्यालयमा पनि धेरै परिवर्तनमा भएका छन् । प्रारम्भदेखिको मिहिनेत र प्रयासले साँघुरो एक कोठाको कार्यालयबाट दुई कोठा हुँदै अहिले स्तरिय फ्लैटमा अनलाइन पत्रिकाको कार्यालय संचालनमा छ ।

त्यो बेला हारेर पत्रकारिताबाट टाढिएको भए म अहिले कतै जागिरे भईरहन्थे वा विदेशतिर पैसा कमाउँदै हुन्थ्ये । जागिरे हुँदा म कुनै संस्था वा मिडियाकै मात्र हुन्थ्ये । तर दुःख टेकेर यहाँसम्म आइपुग्दा अहिले मेरो सहकार्य र सहयात्रामा करिब ३० जना साथीहरू जागिरे भएका छन् । यसमा मलाई घमण्ड र अहंम छैन । मात्र विश्वास र गर्व छ, हाम्रो उद्देश्य र सपनालाई सबै मिलेर सहजै प्राप्त गर्न सक्छौं भन्नेमा ।

तर समय यति चाँडै बितेको पत्तै भएन । अनलाइन पत्रिका डटकम चलाउँदै गर्दा अनलाइन पत्रिकाको छापा संस्करणका रूपमा मासिक दर्ता गरेका थियौं । त्यो बेला म एक्लै थिएँ । साथमा हौसला दिने जीवन संगिनी सुनिता । त्यसपछि यसलाई साप्ताहिकमा परिवर्तन गरेर करिब चारवर्ष चलायौं । यो समयसम्म कति दुःख भयो र संघर्ष भयो । लेखाजोखा गर्नै सकिँदैन । अहिले सम्झिँदा मिठो र आनन्द लाग्छ । त्यो बेला हारेर पत्रकारिताबाट टाढिएको भए म अहिले कतै जागिरे भईरहन्थे वा विदेशतिर पैसा कमाउँदै हुन्थ्ये ।

जागिरे हुँदा म कुनै संस्था वा मिडिया हुन्थ्ये । तर दुःख टेकेर यहाँसम्म आइपुग्दा अहिले मेरो सहकार्य र सहयात्रामा करिब ३० जना साथीहरू जागिरे भएका छन् । यसमा मलाई घमण्ड र अहंम छैन । मात्र विश्वास र गर्व छ, हाम्रो उद्देश्य र सपनालाई सबै मिलेर सहजै प्राप्त गर्न सक्छौं भन्नेमा ।

रिपोर्टर र फोटो पत्रकार बन्दै #हिमालय टाइम्स, #अन्नपूर्ण, #स्पेश टाइम्स, #नागरिक, #कान्तिपुर, #गोरखापत्र, #नेपाल समाचारपत्र, #समय, #हिमाललगायतका अग्रज पत्रकार र आत्मियतापूर्वक लेख्न हौसला दिनेहरू धेरै पाएँ । प्रत्यक्षरूपमै धेरै अग्रज सरहरू छन् । जसलाई मैलै कहिल्यै बिर्सिनुहुन्न । म भन्छु, यसो भयो भने मलाई पाप लाग्छ । म धेरै प्रसंगमा भाग्यमानी छु । मलाई सबैबाट विश्वास र आँटको साथ मिलेको छ । संघर्षमा मलाई हौसला दिने अग्रजहरूका नाम र सन्दर्भका ’boutमा पछि उल्लेख गर्छु नै । तर अनलाइन पत्रिकाको प्रारम्भका दिन देखि सहकार्यका लागि निरन्तर खट्ने र जुट्ने साथीहरू प्रशान्त श्रेष्ठ, जीबी लामा, गोपाल बाटालालाई भुल्नै हुन्न । अहिले पेशालाई निरन्तर अघि बढाइरहँदा जोडिएका नयाँ साथीहरूपनि धेरै छन् ।

पत्रिका प्रकाशन देखि नै हामीले ललितपुरका समाचार र विषयलाई केन्द्रित बनाउँदै आएका छौं । अहिले दैनिक संस्करणका रूपमा प्रत्येकदिन अनलाइन पत्रिका दैनिक यही प्रयासमा चल्दैछ । लामो यात्रामा धेरै साथीहरू छुटे । धेरै जोडिए । अनलाइन पत्रिकाबाट फोटो पत्रकारिता शुरू गरेका फोटो पत्रकारहरू दिपेन्द्र महर्जन र विक्रम राई राम्रा मिडियामा छन् । पत्रकारहरू झन् धेरै पत्रपत्रिका र रेडियोमा समेत आवद्ध छन् । मलाई यसमा गर्व र खुशी छ । हाम्रो सानो संस्थाबाट पाइला टेकेका साथीहरू माथि उक्लिए ।

अहिलेपनि यस्तै प्रयासहरू कायम नै छ । अनलाइन पत्रिका डटकम र अनलाइन पत्रिका दैनिकमा केही साथीहरू आवश्यकता परेको सूचना प्रकाशित पछि धेरै सम्पर्कमा आए । यसबाट हामीले ७ जनालाई अनलाइन पत्रिकामा आवद्ध गराएका छौं । जसमा केही जानेका, केही सिकेका र सिक्न चाहने उर्जा बोकेकाहरू छन् ।

हेरौं, यो समूहलाई अब फेरि कति व्यवस्थित र स्तरिय शैलीमा लान सकिएला । यो समयकै हातमा छ । समयलाई साक्षी राख्दै हामीहरू लक्ष्य हासिल गर्न अग्रसर छौं । जसमा निरन्तर सुख र दुःखको साथी बनिरहेकी छिन् सुनिता अर्थात जीवनसाथी ।

एकपटक सबैप्रति धन्यवाद दिन चाहन्छु । र, सबैको साथप्रति म आभारी छु ।

कार्तिक २२, २०७१, शनिबार
अस्तु

सबै ठिकठाक चलिरहेकै छ

अक्टोबर 17, 2014

३१ असोज, २०७१
मलाई थाहा छ अहिले समय ठिकठाक चलिरहेको छ । दशैंको पूर्वसन्ध्यामा अनेक तनावले टाउको उठाएको थियो । अनलाइन पत्रिका दैनिकभित्रको आयले अनलाइन पत्रिकाकर्मीलाई खुशी बनाउन सकिएको थियो । तरपनि केहीका अनुहार मलिन र उदाश थियो । कार्यालयबाट बिना जानकारी बिदा बस्ने र कामलाई प्रभाव पारेकोले हाजिरी हेरेर पारिश्रमिक थपघट गरिएको थियो ।

यस्तै यस्तैमा दशैं कट्यो । अहिले तिहार नजिकै छ । दशैंकै कुरा गर्दा केही साथीहरूले कार्यालयको अवस्था हेरेर मौनता मात्रै सम्हाले । हामीले प्रयत्नमात्रै होइन, पूरै प्रयास गरेका थियौं । तरपनि सकेजति प्रयास खेर गयो । आफ्नै पर्नेलाई समेत गुहारे । तर हुन्छ भनेर झुक्याए । साथीहरूलाई सम्झाउन सके । तिहार राम्रो बनाउने भनेर सहमति गरियो । (धेरै…)

निर्वाचन अपडेटमा अनलाइन पत्रिका पहिलो नम्बर

नोभेम्बर 22, 2013

मंसिर ७, शुक्रबार, २०७०

साँझतिर सुत्नु अघि विद्युतीय दैनिकी लेख्छु भनेर वाचा गरिरहँदा पनि भुसुक्कै बिर्सिने बानी परेको छ । हेर्नुस् न, तीन दिनको दैनिक छुटेछ । मंसिर ४ गते निर्वाचनमा सहभागी हुन पुग्दाको दैनिकीसमेत लेख्न सकिन । आज चुनावको चटारोलाई केही थमौती राख्दै लेख्न बसेको छु । चुनाव सकिएको आज तेश्रो दिन हो ।

ललितपुरको चुनावको ताजा विवरण दिनको लागि आज साँझसम्म पनि निरन्तर खटिरहेकै थिए । मत गणनास्थलमा अनलाईन पत्रिकाका सहकर्मीहरू (जीबी लामा, विनोद रंजित र सुमन श्रेष्ठ) ले निरन्तर अपडेटमा तैनाथ रहे । हामीले दावी गर्नैपर्छ, अपडेट दिने अनलाइन पत्रिका नै पहिलो हो । ललितपुर निर्वाचन अपडेटमा हाम्रो अपडेट यहाँ हेर्न सकिन्छ । निर्वाचन सकिएको दिन देखि ललितपुरको ताजा नतिजा विवरण हामीले ब्रेक गरिरह्यौं । जीतको नतिजा र विजयीहरूको समाचारपनि पहिला राख्ने काम अनलाइन पत्रिकाले नै गरेको हो ।

आज बल्ल केही हल्का भएको छ । चुनावकै कुरा गर्नुपर्दा ललितपुरको तीनवटै क्षेत्रमा नेपाली कांग्रेसले विजय हासिल गरेको छ । अरू खासै विशेष कुरा लेख्नु छैन । तर, लेख्नै पर्ने कुरा के हो भने पत्रकारितामा लागेको एक दशक वितिसक्दा मैले कमाएको सम्पति भनेकै साथीभाई हो । ललितपुरबाट समाचार अपडेटका लागि धेरै मिडियाका साथीहरूले सम्झिए । सक्ने र जाने जतिको सहयोग गरेँ पनि । भोली फेरि नियमित छलफलमा सहभागी हुनुछ । यसपालिको अनलाइन पत्रिका प्रकाशित गर्न सकिएन । अस्तु ।

खोकना घटनाको खास कुरा !

नोभेम्बर 17, 2013

मंसिर २, आईतबार, २०७०

आज बिहान ढिला उठियो । हिजो निद्रादेवीको काखमा पुग्दा करिब २ बजिसकेको थियो । आज उठ्ने बित्तिकै पुल्चोकस्थित साझा प्रकाशन कार्यालयमा बम राखिएको खबर आयो । उतैतिर पुगियो । नियमित झैं फेसबुक, अनलाइन पत्रिकामा समाचार अपडेट गरियो ।

आज अड्डामा पनि चाँडै पुगेँ । आज कार्यालयमा वितरण शाखाका लागि दुईजनालाई नियुक्ति दिइयो । पत्रिकाको कार्यालयको लागि वेव अपलोड र पेजमेकर चलाउन सक्ने महिला कर्मचारीको खोजी गरियो । करिब एकदर्जन पुराना मित्रहरूलाई गुहारे, उनीहरू संचारमाध्यममा कार्यरत छन् । तर, कर्मचारी’bout जानकारी दिइयो, साथीहरू बुझेर खबर दिन्छु भनेर जानकारी गराए । त्यस्तै यही सिलसिलामा पुराना साथीहरूसँग सम्वादको मौका जुर्यो । करिब १० वर्षअघिका साथीहरू । जो अहिले राम्रो काममा आवद्ध छिन्, त्यस्तै कोहीभने वैवाहिक जीवनमा बाँधिसकेकी छिन् ।

यस्तै कार्यालयमा दिनभर रहँदा चुनावी चर्चा सम्बन्धमा विभिन्न व्यक्तिहरूसँग गफ भयो । साँझतिर खोकनामा भएको झडपको समाचार प्राप्त भयो । समाचारको फ्लोअप गरिरहँदा मतदाता परिचय वितरणमा झडप भएको समाचार फैलिसकेको थियो । केही संचारमाध्यमले मलाई यस’bout सोधे । ती संचारमाध्यमले प्रसारण र प्रकाशित पनि गरे । प्रकाशित समाचार

बेलुकातिर अल्का अस्पतालमा ल्याइएका घाइते प्रहरीको स्वास्थ्य अवस्था बुझ्न सिडिओ आइपुगे । भेट भयो । चुनावी दौडमा व्यस्त रहेको जानकारी दिए । त्यसपछि समाचारमा पूर्णता भएको महसुसपछि नेपाल समाचारपत्रमा समाचार पठाएँ । बेलुकातिर एक प्रख्यात राजनीतिक व्यक्तित्वले फोन गरेर संचारमाध्यममा आएका समाचारको सत्यता बुझ्दै सक्दो यस’bout सत्य समाचार दिन आग्रह गरे । आज चाँडै सुत्ने तरखरसँगै यी शब्दहरू अपलोड गरेर बिदा हुन्छु । अस्तु

आजबाट फेरि लेख्छु भन्ने अठोट

नोभेम्बर 16, 2013

मंसिर १, शनिबार, २०७०

शब्दहरू टाइप गरिरहँदा मध्यरातको दैलो टेक्न करिब ९ मिनेट बाँकी छ । आज अफिसियल मिटिङ भयो बिहान । मेरो नेतृत्वको समूहमा अहिले करिब १५ जना साथीहरू जोडिएका छन् । आजबाट केहीलाई नयाँ जिम्मेवारी थपिदिएँ ।
आज दिनभर घरमै व्यस्त भएँ । शनिबारपनि थियो । एकछिन सुत्ने विचार राख्दा राख्दै पनि कलेजका प्रमुखसँग निर्वाचनको विषयमा लामो संवाद भयो ।
ललितपुरमा कसकसले जित्छ भन्ने विषयमा भएको कुराकानीमा निर्वाचन आयोगको लापरवाहीको विषयमा समेत कुरा उठ्यो । धेरैपछि मित्र मोहन घरमा आए, नयाँ योजनाका ’boutमा सोधे र आफ्नै कुराहरू पनि राखे । साँझपख पुराना तस्वीर र लेखहरू एकपटक खोजेर व्यवस्थित पार्ने प्रयास गरेँ । जे होस्, आजबाट प्रत्येक दिनलाई केही शब्दहरू कोरेर आफूलाई अपडेट गराउने वाचा गरेको छु । अस्तु ।

स्वागतम् सामसुङ !

मार्च 12, 2013

फागुन २८, सोमबार,

२०६९ ११ मार्च, २०१३

केही सातादेखि बिहानै निस्किने बानी परेको छ । थोरै भएपनि वरिपरि क्षेत्रसम्म पुगेर आउँछौं हामी दुई (म र सुनिता) । उनीलाई पनि योगाको चासो बढेकोले गर्दा केन्द्र खोज्ने चलिरहेकै छ । आजपनि समाचारपत्रमा सुनिलकै पालो परेको दिपक सरलाई जानकारी गराएँ । उनले बनाएको नियम अनुसार दुई÷दुई बिराएर लेख्ने नियम थियो । आजबाट सूचना विभागमा चाइनीज भाषाको प्रशिक्षण शुरू भयो । तर यो अल्छिपनले जान सकिएन । (धेरै…)

धन्यवाद गौथली !

मार्च 10, 2013

subin-gauthaliफागुन २७, आइतबार
शिवरात्रीको दिन, २०६९
१० मार्च, २०१३

धेरै भयो विद्युतीय डायरी लेखन छुटेको । नेपाल समाचारपत्रमा आवद्ध भएदेखि बेफुर्सदिलो बनेको छु । धन्न, पत्रकारिताको केही ज्ञान भएकै कारणले रिपोर्टिङ सजिलो भएको छ । समाचारपत्रमा ललितपुर पृष्ठका संवाददाता सुनिल महर्जनले दुई साता बिदा लिएपछि हरेक दिनको दौडधूपले निकै तनाव उत्पन्न भएको थियो । अहिले त्यस्तो छैन्, समाचार खोजी र लेखनका लागि समय जोहो गर्न सकेको छु । (धेरै…)

जुत्ता लुकाउँदा डम्बर दंग

फ्रेवुअरी 17, 2012

आखिर फेरि समयकै कुरा । उही समय फर्किएर आएजस्तै पुराना मित्रहरू एकै थलोमा भेट भयो । डम्बर क्षेत्रीको बिहेको निम्तोमा यस्तो माहौल बनेको हो । परदेश रहँदाका मित्रहरू यसरी भेट हुँदा खुशी लाग्नु स्वाभाविक नै हो ।

कतारमा बस्दा डम्बर र मेरो ग्रहदशाको योग विपरित थियो । सानोतिनो कुरामा तालमेल नमिल्दा बारम्बार पोलापोल र झगडा भइरहने । आजैपनि गौतम दाजुले भनिहाले, अहिले यहाँ भेट हुँदा खुशी लागेको छ । सबैले खुशीकै कुरा पोखे । आखिर परदेशबाट फर्किएर चारवर्ष पछिको भेट थियो यो । (धेरै…)

माओवादी भोजमा आतेजातेलाई काग्रेसको सत्कार

डिसेम्बर 1, 2011

मंसिर १५, २०६८ अर्थात डिसेम्बर १, २०११
बिहिबार

हिजो दैनिकी पोष्ट गरेर सुत्ने तरखर गरिरहँदा पूर्णसिह बराइलीको फोन आयो । भोली ११ बजे हिमालयन होटेलमा दलित विषयक कार्यक्रमको निम्तोका लागि । अनि प्रजित ताम्राकार क्यामरा बोकेर आएको थिए । कसरी फोटोग्राफी गर्न सकिन्छ भनेर सल्लाह लिन । जानेको जति भने । अनि सदा झै प्रिय गजलमा डुबेर सुत्ने तरखर गरिरहँदा भुसुक्कै निदाए छु । (धेरै…)

धन भएर मन नहुनेहरूको धाकै ठूलो

नोभेम्बर 30, 2011

मंसिर १४, २०६८ अर्थात नोभेम्बर ३०, २०११
बुधबार

नेपाल खबर सुनेर सुत्ने तरखरमा लागे । नारायण गोपाल र अनुप जलोटाका सुमधुर गीतहरूमा एकाध घण्टा भुले । झयाप निद्रा लाग्यो । आजको दैनिकीसँगै शब्दहरू कोरिरहँदा ९.२० भएको छ । आज ढिलै उठियो । यताउता गर्दा दिउँसो १२ बजेतिर घरबाट निस्कियौं । मसँगै पाजुपनि हुनुहुन्थ्यो । वहाँको काम र मेरो रिपोर्टिङ यात्रा संयुक्त जुराउन खोजेको मात्रै हो । धुम्वाराहीमा कोलनी काण्डको समाचार खोजसँगै ओम अस्पतालतिर एकघण्टा बढी बसियो । (धेरै…)

सहकारीमा धर्ना दिँदै सदस्यहरू !

नोभेम्बर 29, 2011

मंसिर १३, २०६८ अर्थात नोभेम्बर २९, २०११
मंगलबार

हिजो कान्तिपुर एफएमबाट प्रसारण हुने भावसंवेगमा फोन लाग्यो । जसरीपनि बोल्छु भन्ने अडान आखिर पुरै भयो । प्रत्यक्ष कविता सुनाए साम्राज्य शिर्षकको । लगभग १२.१० मात्रै सुतेँ ।

सत्य लेखनको बाचा गरेर लेख्न थालेको डायरी एकसाता रोकियो । कारण हो समयानुकुल परिस्थिती नमिल्नु र अल्छिपना । यो सातामा निकै घटना/परिघटना/भेटघाट र उतारचढावका पलहरू बितेका छन् । वरिष्ठ चलचित्रकर्मी तथा साहित्यकार चेतन कार्की र प्रकास साय्मीसँग भेटघाट छँदैछ । कान्तिपुर एफएमका साथी र उज्यालोका पत्रकार मित्रसँग साँझ झण्डै दुईघण्टा भलाकुसारी । गुरू राजेन्द्र दाहालसँग आत्मिय सम्वाद । (धेरै…)

अपरिचित स्वरले पार्यो आपत्त

नोभेम्बर 22, 2011

मंसिर ६ २०६८ अर्थात नोभेम्बर २२ २०११
मंगलबार

सुत्ने तरखर गरिरहँदा कान्तिपुर एफएममा भावसंवेग बज्ने दिन थियो । अघिल्लो साता रिमाइण्डरमा राखेको तालिका’bout जानकारी भयो । एउटा कविता वाचनको लक्ष्य लिएर फोन गरे । चारपटक फोन लाग्यो तर उठाउने बेला अरु श्रोताको पर्ने । आजको लक नै खराब जे होस् फोन लाग्यो तर कविता सुनाउन पाईएन । तरपनि कार्यक्रम सुनियो । (धेरै…)

रेडियो खोल्न रमाएको मन

नोभेम्बर 21, 2011

मंसिर ५, २०६८ अर्थात नोभेम्बर २१, २०११
सोमबार

पुराना सदाबहार गीतको शब्द बहारसँगै निद्रामा भुले । अहिले ९.३२ बजेको छ । बिहान आजै ढिला उठियो । सदा झै खाटमै नागरिक दैनिक । आज मैले भेट्न चाहेको दाजुले एउटा शब्द आग्रह गर्नुभयो । एकजनाको व्यक्तिको नम्बर खोज्नका लागि । मैले पत्रकार मित्रहरु वरिष्ठ पत्रकारलाई समेत सोधखोज गरे । कसैले नम्बर दिएनन् । कोहीसँग छैन भने कोहीले मोबाइल हराएको बताए । साथै नेतात्रयबाट पनि नम्बर उपलब्ध भएनन् । (धेरै…)

पत्रकारको नपच्ने प्रबृति !

नोभेम्बर 20, 2011

मंसिर ४, २०६८ अर्थात नोभेम्बर २०, २०११
आइतबार

आपने धुनमे रहेता हुँ
मै भी तेरे जैसा हुँ

गुलाम अलीको स्वरको यो गजलको आनन्दसँगै हिजो निद्रादेवीमा लीन भएँ । आजको दैनिक सत्य लेखिरहँदा ९।३१ बजेको छ । आज बिहान खबर पत्रिका सुन्ने समयभन्दा ढिला उठियो । नागरिक दैनिक पढियो । हिजो फेसबुकका एक मित्र हिमाल दाहालले विज्ञापन र पत्रकारितालाई जोडेर नागरिक न्यूजले आफ्नो व्लगमा राखेको एनसेलको ठगी शिर्षकमा ताली बजाएका थिए तर त्यो सत्यले छापा संस्करणमा स्थान पाएनन् । अचम्म । यो हुनु नै थियो भयो । (धेरै…)

देश बनाउने भन्दा बढी छन् डुबाउने !

नोभेम्बर 19, 2011

मंसिर ३, २०६८ अर्थात नोभेम्बर १९, २०११
शनिबार

दैनिक सत्य लेखनको साक्षी बनिरहँदा ८.३१ बजेको छ । आज ६.३० मा उठेँ । रेडियो पत्रिका सुन्दै नित्यकर्म सिध्याएँ । नागरिक दैनिकको शनिवारिय अंक विशेष लाग्छ हरेक साता । आजपनि आँखा दौडियो अक्षर पृष्ठमा । भवसागर घिमिरेद्धारा लिखित ‘पोखराको घरपति र किर्तिपुरको डेरावाल’ उत्कृष्ट लाग्यो । भवसागर र मेरो सहयात्राले ६ महिना उत्साहपूर्ण साथ लिएको थियो । नागरिक दैनिकको जूनकिरी विशेषमा बालबालिका सम्बन्धित फिचर र आवरण लेख्ने क्रममा हाम्रो परिचय र सहयात्रा भएको हो । सारै मिहिनेतीको दर्जामा भवसागर मित्रलाई राखेको छु मैले । (धेरै…)

दुबईमा खरेल बित्दा कसलाई दोष

नोभेम्बर 18, 2011

मंसिर २, २०६८ अर्थात नोभेम्बर १८, २०११
शुक्रबार
९।३० बजेको छ शब्द कोर्ने तरखर गरिरहँदा । भर्खर खाना खाएर विद्युतीय डायरी लेख्दैछु ।
बिहान ढिला उठियो । नियमित सुन्ने खबर पत्रिका सुन्न पाइएन । नागरिक दैनिकपनि फेला परेन दैलोमा । बिहानी नियमित जस्तै बित्यो । हिजो यता चिया पिउन आउँन्छु भनेर वाचा गरेका SP, TS र TS आइपुगे । श्रीमती सुनिताले चिया बनाएर खुवाए । निकैबेर गफियौ हामी । (धेरै…)

मन्त्री बनेका मित्रलाई बधाई !

नोभेम्बर 17, 2011

मंसिर १, २०६८ अर्थात नोभेम्बर १७, २०११
बिहिबार

अलिकति टाउको दुखेको छ । दिउँसोबाट टाउको दुख्न थालेको हो । अहिले ८.२५ बजेको छ । सत्य लेखनको साहस त्यत्ति सहज लागेको छैन । तरपनि बाचा र अभियानलाई निरन्तरता दिने प्रयास गरिरहेको छु ।

आज ६ बजे उठे । बिहानै देखि आत्मिय दाजु SK मा जाने इच्छा उठ्यो । धेरै दिनभयो जान तम्सिएको तर के मिलेन मिलेन । नियमित भन्दा आज अलि चाँडो उठेको हो म । रेडियो सगरमाथाको खबर पत्रिका सुन्दै बिहानी नित्यकार्य सिध्याए । दैलोमा आइपुगेको नागरिक दैनिकको खबरसँगै चियाको चुश्की । लगभग ६ महिना भयो ग्राहक बनेको । त्यसपछि इन्टरनेटमा व्यस्त हुने दाऊसँगै फेसबुकमा । आज मंसिरको पहिलो दिन । अभियानको प्रारम्भलाई राम्रो साइतमानेर सत्य लेखनको साहस भन्दै स्टाटस अपडेट गरे । लगभग २० मित्रहरुले मनपराए र केही कमेन्ट पनि पाएँ । (धेरै…)

सत्य लेखनको साहस !

नोभेम्बर 17, 2011

मंसिर १, २०६८ अर्थात नोभेम्बर १७, २०११
बिहिबार

जिन्दगीको किताबको हरेक पन्नाका हरेक शब्दहरु स्वतन्त्र हुन खोजिरहेका छन् । म माध्यम बनेर यसलाई पोख्न चाहन्छु । छर्न चाहन्छु । अर्थात खुल्ला किताब हुने तयारी गर्दैछु । सबैकुरा सबैसँग ‘प्रत्यक्ष’ राख्न गइरहेको छु । मन खोलेर कलमको निडर गति स्वतन्त्रपूर्वक हरदिन ढुक्कले मेरालागि । लेखनसँगै कम्युटरराईजबाट मुसा खेलाउँदै आधुनिक प्रकि्रयासँगै मेरा पारिवारिक, मित्रबन्धुका कुरा, पेशागत यात्रालगायत विविध पक्षहरु स्वतन्त्र खोल्नेछु । (धेरै…)