जन्मदिनको टाइममा ग्यासको टन्टा

Posted नोभेम्बर 18, 2015 by Subin Shrestha
Categories: दैनिकी

मंसिर २, बुधबार

प्रारम्भ गर्नुपर्ने अध्यायले मनलाई छोएपछि शब्दहरू उकुसमुकुस भएर उम्लिन खोज्छन् । बहानाले ढोकालाई दस्तक दिएपनि प्रयासले निरन्तरता नपाउँदा धेरै शब्दहरू आत्महत्या गरिदिन्छन् । मनलाई समयसँग बाँध्न असमर्थ हुन्छु र समयलाई जित्न दिन्छु । म फगत एउटा पात्र बनेर चलचित्रको रिलजस्तै अन्तिममा टुंगिन्छु । दिन सकिन्छ । रात आउँछ । अनि दिनको अनेक उतारचढावको हरहिसाब गर्दै विश्राम गर्छ यो सुविन ।

आजदेखि म मृत्युको एकवर्ष सम्मुख पुगेको छु । अर्थात आज मेरो जन्मदिन । यो अवसरमा त्यति सुखले र सुखद तरिकाले मनाउने गर्दिन । तरपनि धार्मिक मान्यतालाई शीरमा राखेर भगवान सम्झिन्छु ।

यस्तै जीवनको गतिमा सुख र दुःख आइरहन्छन् । आजको सन्दर्भ सुखकै भएपनि यसमा अनेक उतारचढावहरू समेटिएका छन् । आजदेखि म मृत्युको एकवर्ष सम्मुख पुगेको छु । अर्थात आज मेरो जन्मदिन । यो अवसरमा त्यति सुखले र सुखद तरिकाले मनाउने गर्दिन । तरपनि धार्मिक मान्यतालाई शीरमा राखेर भगवान सम्झिन्छु । मौका परे केही पारिवारिक सदस्यहरूलाई निम्त्याएर भेला गर्छु । एक्लै भइरहनुको झुठलाई भरोसा दिन जमघटमा रमाउँछु ।

आज यही अवसरमा बिहानै जीवनसाथी सुनिताको व्यवस्थापनमा छोरी संस्कृतिको हातबाट सगुन र पूजाबाट दिन प्रारम्भ भयो । धेरै अनुहार पुस्तकका मित्रहरूले बधाई दिए । पारिवारिक सदस्यहरूले शुभकामना दिए । अनलाइन पत्रिकाको अड्डामा धेरै सहकर्मीहरूले शुभकामना व्यक्त गरे । शुभकामनाको रमाइलो चलिरहँदा ग्यास र दाउराको चिन्ताले घर बसाएपछि हामी दुईजना त्यतातिरको व्यवस्थापनमा कुद्यौं । दाउरा पायौं । तर ग्यास हात लाग्यो शून्य । अरू खाद्य सामाग्रीका लागि नयाँ तयारी गर्नुपर्ने देखियो ।

सुनिताको नेतृत्वमा रहेको होस्टेलमा पनि हरेकदिनको समस्या भनेकै कसरी व्यवस्थापन गर्नु नै हो । यी कुरामा पनि हामी सचेत भएर लाग्नुपर्ने अवस्था छ । कारण, व्यावसायिक र व्यापारिक जे भनेपनि यसलाई पनि निरन्तरता दिँदै आइरहेका छौं ।

धेरै कुरा मनमा खेलेपनि लेख्दै जाँदा महत्वपूर्ण कुराहरू छुटछ्न् । फेरि यसरी दैनिकी लेख्दा म कहिल्यैपनि पुनः सम्पादन गर्दिन । सिधै पोष्ट गर्ने गरेको छु । आजको यो शुभदिनमा सम्झने र शुभकामना दिने सम्पूर्ण मित्रहरूमा आभार प्रकट गर्दै, जीवनसाथी सुनिताप्रति हार्दिक आभार । उनको सहकार्य र समन्वयले मेरो जीवनको यात्रालाई अझ परिस्कृत र सुन्दर बनाएर अघि बढ्ने प्रेरणा दिँदै आइरहेकी छिन ।
अस्तु
२०७२/८/२

दुष्ट छिमेकीका कारण खुट्टो सुन्नियो सरकार

Posted अक्टोबर 17, 2015 by Subin Shrestha
Categories: मेरो लेख

असोज ३०, शनिबार ।  भनिन्छ छिमेकी आपत पर्दा र सापत पर्दा चाहिन्छ । तर हाम्रो एक छिमेकीले मनै दुख्नेगरि असहयोगी बन्दै गएको छ । मुखमा रामराम बगलीमा छुरा जस्तै झनझनै पीडामाथि पीडा थपिरहेका छन् । उही हो छिमेकी जसले देशलाई धानेको थियो । उही छिमेकी जसले देशको हरेक आन्तरिक विषयमा बोल्यो र एकाधिकार बनाउने प्रयत्न गर्दै आइरहेको छ । उही भारत हो जसले देशको सिमालाई मिच्यो । ठूला खोलालाई खायो । देशको आर्थिक क्रान्ति नारा चलिरहँदा वास्तविक फाइदा उसैले लुट्यो । आज उही कठोर भईदियो । देशलाई विचल्लीमा बनायो । अझै हामी भन्दैछौं । हामी झुक्दैनौं र हाम्रो स्वाभिमान बेच्दैनौं । सत्य हो हामी झुक्दैनौं हाम्रो आफ्नै वीरताको कथा र इतिहास छ । हो हामी हाम्रो स्वाभिमान बेच्दैनौं किनकी हामीलाई हरेक पीडा प्यारो छ । कोहीसँग हामी डराउँदैनौं । हाम्रो ईज्जत र नाम विश्वभर फैलिएको छ सगरमाथा उठेको छ । यसकारण स्वाभिमानपनि बेच्दैनौ ।

हामी झुक्दैनौं र हाम्रो स्वाभिमान बेच्दैनौं । सत्य हो हामी झुक्दैनौं हाम्रो आफ्नै वीरताको कथा र इतिहास छ । हो हामी हाम्रो स्वाभिमान बेच्दैनौं किनकी हामीलाई हरेक पीडा प्यारो छ । कोहीसँग हामी डराउँदैनौं । हाम्रो ईज्जत र नाम विश्वभर फैलिएको छ सगरमाथा उठेको छ । यसकारण स्वाभिमानपनि बेच्दैनौ ।

यता उही छिमेकीका कारण यातायात गञ्जागोल छ । घरबाट हिडेकाहरू कहिले घर पुग्छन् ? घरका परिवार चिन्तित छन् । व्यवसायीहरूमा ऋणको घाऊ बल्झिएको छ । बजारमा चिया पाक्दैनन् । खाजापनि मुश्किलले खुवाएर पसलले र केही यात्रुलाई बचाउने दौडधूपमा लागिरहेका छन् । एक साँझ म पनि यात्रु बने । मैले विगत १२ दिनदेखि देशका नागरिकले दिनहँु भोगिरहेका कथाव्यथालाई भोगेँ । अनि त्यसपछि असल छिमेकीको कथा लेख्न मनलागेको हो ।

अनुहार पुस्तकमा एउटा अभियान प्रारम्भ भएको पढेँ र खुशी लागेको थियो अभियान सुन्दा र पढ्न पाउँदा । अभियान #carpoolkathmandu । तर यो अभियान उसैको लागि हो जसले हात बढाउँछ । तर धेरैजस्तो भद्रभलादमी सडकछेऊबाट होइन बीच बाटोबाटै गाडी र बाइक कुदाउँछन् एक्लाएक्लै । कोहीकोही ट्राफिकले रोकिहाल्यो भने मात्रे यात्रुले अभियानबारे खुशी मनाउँछन् । टेम्पु, माइक्रो र बसको छतमा शहर यात्रा चलेकै छ । झुन्डिएर र छतमा सिटका सुविधासहित यात्रामा तल्लिन छन् देशका नागरिक । यति धेरै जोखिम भएपनि यात्रु गतव्य पुगिरहेका छन् । सुरक्षा संयन्त्र मुकदर्शक हुँदै दुःखित देशको दृश्य टुलुटुलु हेर्न बाध्य बनिरहेको छ । यस्तो परिस्थितीमा पनि हामी झुकेका छैनौं । प्रहरी र ट्राफिकपनि ठूला गाडीको प्रयोग गरेर देशका नागरिकलाई गतब्यसम्म पु¥याइरहेका छन् ।

हाम्रा छिमेकीको अझै आँखा बन्द छ । यसो छ छिमेकी कठोर हुनु उसैलाई पनि घाटा छ । तर ऊ पनि हामी झुक्दैनौं र नेपालको स्वाभिमान किनेरै छाड्छौं भन्ने अडानमा देखिन्छन् ।

देशका नागरिक यतिखेर देशकै नागरिकबाट ठगिँदैछन् । चाहे जोकोही होस्, ट्याक्सी चढ्नुस् । ३ सय रूपैयाँभन्दा कममा कुनै गतव्यमा पुग्दैनन् ट्याक्सी महाशय । महाशय भन्छन्, ‘के गर्नु सर, तेल व्ल्याकमा लिइयो । यहाँसम्म जान ८ सय, त्यहाँसम्म जान १ हजार ।’ यसलाई कारवाही गर्ने की ज्यान जोगाउन समयमै घर पुग्ने । अभावको पराकाष्ठा चलिरहँदा तेल व्ल्याकमा बेच्ने को ? कसले कहाँबाट व्ल्याकमा बेचेर देशका नागरिक ठग्न देशकै नागरिकको प्रयोग भएको छ ? यसको अनुसन्धान र निगरानी गर्ने को ?

ग्यासको कथापनि उस्तै । घरपरिवारले दाउरा बालेर दालभात खाइरहेका छन् । नेपालीको खाना दालभात र तरकारी । के मिठो महाराज भोक मिठो ? यसकारण जसरीपनि भोक टार्न विकल्प प्रयोग गरिरहेका छन् । ग्यासमा पनि व्ल्याकवाला नेपालीले नेपालीलाई नै ठगिरहेका छन् । एउटा सिलिण्डरको १० हजारसम्म मूल्य तोकिएको छ । लुकाईलुकाई घर पु¥याइरहेका छन् । तरपनि सत्यसत्य हामी हारेका छैनौं र झुकेका पनि छैनौं ।

अझै छन्….

अस्तु

‘जे सक्छौं गर, म हार्दिन’

Posted अक्टोबर 1, 2015 by Subin Shrestha
Categories: दैनिकी

असोज १४, बिहिबार ।

समयको माग हो सुख वा दुःख । पीडा वा आनन्द । कस्तो सोचमा चलेको जीवनको प्रतिबिम्ब डरलाग्दो र उराठलाग्दो हुन्छ । समय त्यही हो । जसको हातमा सबै कुरा बाँधिएका छन् । आफू लगातार लम्किरहँदा कोही कसैलाई वास्ता गर्दैनन् । मलाई पनि यही समयले नै हो । वेवास्ता गरेको छ । पीडा दिएको छ । म लेख्न खोज्छु तर समय लम्किन्छ । अल्छि लाग्छ । भोली लेख्छु भनेर छोडिदिन्छु । यस्तै यस्तै ।
यता मसँगका पुराना धेरै सहकर्मीहरू छुटे । नयाँ जोडिए । साथबाट छुटेका सहकर्मीहरूको आ–आफ्ना सपना र लक्ष्य लिएर बिदा भए । म स्विकार्छु, मबाट पनि पनि धेरै कमी कमजोरीहरू भए होलान् । तर यसको क्षमा भनेकै साथीहरूसँग बिछोड बन्यो ।

फेरि आफ्नो नियमितता भनेकै अनलाइन पत्रिका दैनिकको दैनिकी संस्करणमा व्यस्तता । यसमा २४ घन्टा अल्झिएको छु । अरू पेशामा लाग्न सकिएको छैन । यसैमा केही गर्छु भनेर नयाँ सदस्यहरूको जोशपनि मिसाइयो । केहीसँग हारगुहार गरेँ । आफ्नै स्वार्थमा उनीहरूले सहयोग गर्छु भनेर करिब १५ दिन झुलाए । आज बल्ल टुंगो लाग्यो की ती वरिष्ठ महाशयले मुखको बोली मोडे । सम्भवत यही नै मेरो लागि उर्जाशिल क्षण बन्न पुगेको छ । मैले कुरा बुझेपछि भने, ‘समय यस्तै हो । धन्यवाद यतिदिन सम्म मलाई विश्वास गरिदिनु भयो ।’

लेख्न खोज्छु भन्दाभन्दै पनि धेरै कुरा लेख्न सकिँदैन । कतिपय कुराहरूलाई दबाउनु, कतिलाई निल्नु र कतिलाई ओकल्नु पर्ने हुन्छ । आज बिहानै एकजना मन्त्रीज्यूसँग करिब २५ मिनेट कुरा भयो । उहाँले सँगै विदेश भ्रमणको निम्तो दिए । आफ्नो कमजोरी भनेकै यस्तो अवसरलाई खासै महत्व नदिनु हो । यो मेरो अंहमता र घमण्ड होईन । महिनादिन अघिको भुटान भ्रमणपनि सिधै अस्विकार गरिदिएँ । समय हो बलवान । यसले अनेक खेल खेल्छ । उखानै छ, समय बलवान त गधापनि पहलवान ।

म प्रत्येक दिन जितिरहेको छु । तर केही मान्छेहरू मलाई हराउने खेलको डिजाइनमा व्यस्त छन् । म हार्दिन भनेर म जीवनसाथी सुनिताको विश्वासको डोरीको सहारामा छु । म पलपल सम्झाउने धूनमा आत्मविश्वासपूर्वक भनिरहन्छु, ‘समय मजबुर छ, यसले मलाई आज नभए भोली पक्कै उज्यालो साथ दिनेछ ।’ उनी स्तव्ध भएर सुनिरहन्छिन् । विश्वास गर्छिन् । अहिले मलाई समयसिमा समेत दिएकी छन् ।

अस्तु

कति छ मेरो तलब ?

Posted जुन 16, 2015 by Subin Shrestha
Categories: म र मेरो कुरा

आज २०७२ साल , असार १ गते मंगलबार| बिहानै पानीले धरतीलाई चुम्बनको वर्षा गरेको छ | यो चौतारीमा वा शहरबाट शब्दहरूमा धेरैपछि झुल्किएको छु |

सम्भवत मेरो व्यस्तता सबैमा जाहेर नै छ | onlinepatrika.com मा संस्थागत रूपमा अग्रसर छु | करिब ३ वर्ष अघि दर्ता गरिएपनि सक्रिय हुँदै र साथीहरूको उर्जा समेटेर उडान भरेको महिनादिन भयो | पहिला एउटा ईच्छा हुन्थ्यो की केही नयाँ गर्दा र नयाँ किन्दा यसो र उसो भनेर लेखिन्थ्यो तर अहिले शुन्य ! चीनको भ्रमण कथा छुट्यो | विशिष्ट भेटघाटको अनुभव स्मरणमा मात्रै कैद छ | बिस्तारै ती कुराहरू पोखिनेछन् भोली वा भोली नभए पर्सी !

एउटा रमाईलो विषय जोड्न मन लाग्यो | हिजो पत्रकार र सम्पादकका तलबबारे बहस चल्यो | हुन त म पनि सम्पादककै तह र पत्रकार नै परें | पत्रकारिता थालेको करिब १ दशक भयो | हिमालयन टाईम्स, नेपाल समाचार पत्र, स्पेशटाईम्स, गोरखापत्र, समय, हिमाल, कान्तिपूर र नागरिकलगायत करिब दुई दर्जन पत्रपत्रिकाहरू र रेडियो यात्रामा उल्लेखनीय छाप छोड्ने समाचार लेखिएपनि पर्दा पछाडि बस्नुको मजा बेग्लै | यही सूत्रमा पत्रकारिता यात्रा जारी छ | अहिले सम्पूर्ण तहबाट अनलाइन पत्रिकामा स्वामित्वको रथ हाँक्दै छु |

हिजो अचानक मेको तलब कति भनेर एक्लै बहस गरियो | जहाँबाट जोड घटाउ गरेपनि मासिक मेरो भागमा पर्ने भनेको चिया, चिया ल चिया मात्रै | धन्न करिब एक दर्जन साथीहरूलाई खुशीसाथ अघि लान सकिएको छ, यही हो की मेरो तलब ? साथीहरू उर्जाशिल छन र जोशिला छन्, उनीहरूको समन्वय र साथ नै मेरो तलब हो की ? हाम्रो लक्ष्य नजिक छ, यसमा सबैको सकारात्मक सोचको लगानी छ, यो पो हो की मेरे तलब ?

मलाई लाग्छ, मेरो मिहिनेत र परिश्रम नै मेरो तलब हो | मेरो इमान्दारिता मेरो पैसा | कसैलाई दुःख नदिएर बनाइएका साना र ठूला वर्ग भनिएका मित्र तथा दाईहरू नै सम्पत्ति हुन् | मर्दा र पर्दा उनीहरूले बलमा बल दिएर मलजल गरिरहेका छन् | यसकारण मेरो तलबको कुनै अंक र हिसाब छैन | जस्तो पाउँछु खुशीले सन्तुष्ट छु, र हामीहरू सबै खुशी छौं | साथीहरूकै जिम्मेवारी लिएर भन्दैछु |

onlinepatrika.com र अनलाइन पत्रिका साप्ताहिकमा कोही कसैको लगानी स्विकार गरिएको छैन | धेरै सहयोगी साथहरू पार्टनर बन्ने प्रस्ताव राख्दै लाखौंको लगानी गर्छु भने | र, शर्त थियो, पार्टी पत्रकारिता | हामीले दुःख नै किन नहोस्, यस्ता प्रस्तावप्रति विपक्षी भयौं | अहिलेसम्म केही सहयोगी हातहरूको नियमित सूचना सहयोग र पूरै आर्थिक पाटोको जिम्मेवारीमा प्रबन्ध निर्देशक सुनिता बाटाजुको सपोर्ट रहदैं आइरहेको छ | हामी खुशी छौं, अघि बढ्न दल होइन उर्जा चाहिन्छ | र, उर्जा छर्ने सहयात्री हुन् उनी अर्थात हाम्रो लगानीकर्ता !

क्रमश

 

 

‘ज्यापु समाजको मंगलबजारमा बृहत साँझ’

Posted जनवरी 10, 2015 by Subin Shrestha
Categories: मेरो लेख

२५ पुस, २०७१ तद्अनुसार ७ जनवरी, २०१५ (शुक्रबार) । ज्यापु समाजले बिहिबार दिउँसो मेरो डेक्समा एउटा विशेष पत्र पु¥याए, पत्रमा ‘गेष्ट’ को ट्यागसहित सांस्कृतिक कार्यक्रम र नेवाः भोजको निम्तो । कार्यालयको काम सिध्याएर निस्किने तरखर गर्दा करिब ६ बज्न लागेको थियो । हामी (म र सुनिता) कार्यक्रममा सहभागिता जनाउने तयारी हुँदैगर्दा फेसबुकमा स्टाट्स अपलोड भयो । तर चिसो र खोकीका कारण अन्त्यमा उनी नजाने निधो गरिन् । र, म नमिठो पारामा मंगलबजारतिर हानिएँ ।

जाँदै गर्दा ताम्रकार समाजका अध्यक्ष रविन्द्रराज ताम्रकारलाई फोन गरेर सँगै जाऊ भनेर प्रस्ताव राखे । प्रस्ताव पारित भयो, हामी मंगलबजार नजिकैको हनुमान उभिएको ठाउँनिर तीन दाजुभाईको भेट भयो । प्रवेश ढोकानिर भेटिए नेपाल समाचारपत्रका सुनिल महर्जन, लहनाका सुरेन्द्र र नृपेन्द्रजी । साथमा अन्य दुई मित्रहरू पनि थिए । त्यसपछि एक हुल विशेष पास देखाएर हामी भित्र पस्यो ।

मंगलबजार पस्ने बित्तिकै हामी दंग भयौं । निम्तोपत्रमा बृहत लेखिएको थियो । साँच्चिकै बृहत देख्यौं । हामी साथीहरू यताउता नियाल्दै एकस्थानमा जम्मा भएका थियौं । सगुनका रूपमा वासः (रक्सी) र योमरीबाट खान शुरू गर्यौं । कार्तिक डबलीमा सांस्कृतिक कार्यक्रम चल्दै थियो । दरबार घुम्ने बाटोमा तीन लहरमा नेवारी भोजका लागि लश्कर बसेका थिए । हामी योमरी र वासः स्वादमा चियर्स गरिरह्यो । त्यहाँ साथीहरू थपिँदै गए ।

जिल्ला सहकारी संघका अध्यक्ष माधव दुलाल देखिए हुलमा । तयारी पोशाकका अध्यक्ष विरेन्द्र शाक्यकी पत्नीले योमरीले स्वागत गरेपछि दंग देखिए दुलाल । म सँगै साक्षी हुँदै बसे । त्यसपछि भूपेन्द्र राजोपाध्याय टुप्लुक्क । अनि रामशरण घिमिरे र साथमा (चिन्न सकिएन) सँग हात मिलाएर आज प्रकाशित अनलाइन पत्रिकामा प्रकाशित सहकारी सम्वादका लागि धन्यवाद दिइहाले । अनि यहीँ ७ दाजुभाईको भेटमा भूपेन्द्रले बचत संघमा फेरि नेतृत्व लिन भेटघाटमा व्यस्त रहेका घिमिरेलाई देखाउँदै भने, ‘हामी त उहाँलाई जिताउन दौडादौड गरिरहेका छौं ।’ संघका दुलाल ‘हो त, हो त’ भन्दै प्रतिक्रिया दिए । भोजमा समेत सहकारी नेतृत्वको चर्चा धेरै बेर चल्यो । यतिखेर मेरो मनमा अर्का प्रत्यासी रामशरण बस्नेत कहाँ होलान् ? भन्ने फरक कोण चलिरह्यो ।

फोनमा सम्वादमा निकै आत्मिय चिनाजान भएकाहरूसँग यही माहौलमा प्रत्यक्ष भेट भयो । कार्तिक डबलीका अग्रपक्तिमा फेरि देखिएका रविन्द्रजीसँग फेरि बसे । उनले कानमा फुसफुसाए, ‘कति भीड जम्मा गरेको, कति एकताबद्ध छ हगि ?’ कार्यक्रममा यताउता बरालिँदा चिरिबाबु महर्जन, सरिता महर्जन, नारायण अवाले, कृष्ण अवाले, प्रेम महर्जन, दिपक महर्जन, बाबुराजा ज्यापु, श्रवण महर्जनलगायत धेरैसँगको भेट ताजगीमय भयो । यही निम्तोमा दानदाश श्रेष्ठ र फोटोकर्मी सानु महर्जनसँग धेरैपछि भेट भयो ।

यतिखेर सम्म रविन्द्रजी हराए । सुनिल र अन्य साथीहरूपनि हराए । स्थानीय विकास अधिकारी पशुपति पोखरेलको फोन बज्यो । सम्भवत उहाँपनि त्यही कार्यक्रममा थिए । स्वर राम्ररी सुनिएन । ‘नमस्ते नमस्ते, ‘कहाँ हो कहाँ हो’ को सम्वादमै हामी एकै ठाउँमा छौ भन्ने पुष्टि भयो ।

भोजमा केही गुप्तचर साथीहरूसँग पुर्नमिलन भयो । नागरिक तथा उड्ड्नमन्त्री फर्किरहँदा हाम्रा पत्रकार मित्र सुनिलजी हातमा बोकेको वासः फ्याँकेर हाइजम्प गर्दै मन्त्रीतिर मोहित हुन पुगे । हामीले फर्किने बेला भन्यौं, ‘मन्त्री भेट्न किन यसरी दौडेको ?’ उनले सुनेपनि नसुनेझैं गरे र टारे ।

ललितपुरका उद्योग वाणिज्य संघका अध्यक्ष तथा एसीई टेलिभिजनका अध्यक्ष समेत रहेका अजरमान जोशीको न्यानो स्वागतपनि सम्झिन लायकको भयो । आत्मियतापूर्वक भलाकुसारी गर्दै हामी भिमसेन मन्दिर जाँदै गर्दा उनले आफ्ना टेलिभिजनकर्मीलाई यसरी यो खिच्ने भनेर सम्झाउन भ्याँए ।

जाँदै गर्दा सुमेरू गु्रपका हस्तीहरू अग्रपक्तिमा देखिए । देख्ने बित्तिकै सुमेरू ग्रुपका अध्यक्ष भरत महर्जनले बायाँ हात दिएर न्यायो अभिवादन गरे । त्यसपछि रमेश महर्जन, होमराज दाहाल, विनोद अर्यालगायतसँग यस्तै शैलीमा भेट भयो । हिजोआज सुमेरू ग्रुपको सामाजिक कार्यप्रति बाक्लो उपस्थिती हुन थालेको छ । अघिल्लो एक कार्यक्रममा पनि यही हुल सम्मानपूर्वक देखिएको थियो । यस्तै सोचिरहँदा सुमेरूका प्रबन्ध निर्देशक दाहालले भने, ‘जय ज्यापु ।’ छुटिने बेलामा समेत दाहालले आत्मियता साथ भन्दै थिए, ‘तपाईँले राम्रो गर्नुभएको छ । तर हामीले चाहेको साथ दिन सकिएको छैन । मैले भने, ‘उर्जा दिनुभएको छ नी ।’ उनले थपे, ‘उर्जामय साथ सुमेरूको सदा रहनेछ ।’

वासः हातमा लिएर सिद्धिनरसिंह मल्लको स्तम्भमुनि एक्लै उभिएका ललितपुर उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष मृगेन्द्र प्रधानसँग चीनियाँ शैली ‘ध्याम्पे’, जिल्ला बचतका आगामी नेतृत्वका लागि तयार रहेका रामशरण घिमिरेले मागेको आर्शिवाद, ज्यापु समाजका विशेष पदाधिकारीले अंगालो मारेर गरेको न्यानो स्वागत ऐतिहासिक रहेनछ सदासदा ।

सांस्कृतिक कार्यक्रममा मदनकृष्ण र हरिवंश देखिए । आशिष्मा नकर्मीपनि देखिए । नाच र संगीतहरू गुञ्जायमान बनेको मंगलबजारभित्र अब भोजको स्वाद लिन हामी लहरबद्ध मिलाइएको सुकुलमा बस्यौं । मजाले खायौं । फर्किने तरखर हुँदै गर्दा किरण महर्जन र दिपक महर्जनले फेरि कुनातिर लिएर गए, ‘एकपटक सुविनलाई धन्यवाद दिनैपर्छ’ भन्दै सलिचाः (रक्सी पिउने सानो माटोको भाँडो) चियर्स गर्दै छुट्टियौं ।

घरमा पु¥याउने क्रममा बाटैभरि सुनिलले सहकार्य गर्नुपर्छ है भन्दै थिए । राम्रोसँग गए, राम्रैसँग आए । कार्यक्रममा विशेष निम्तोका लागि ज्यापु समाजप्रति आभारी छु । किनकी यो निम्तोमा मैले धेरै अपरिचित अनुहारको प्रत्यक्ष दर्शन गर्न पाएँ । यही निम्तोले सुविनले धेरैको न्यानो अंगालो पाए । यस्तै यस्तै ।

अस्तु

मामाभान्जी छुरा र सितारामका कुरा

Posted जनवरी 10, 2015 by Subin Shrestha
Categories: दैनिकी

२५ पुस, २०७१ तद्अनुसार ७ जनवरी, २०१५ (शुक्रबार) । बेलुका लेख्छु भन्दाभन्दै पनि कहिलेकाँही अप्रत्याशित कहीँ पुग्नुपर्ने हुन्छ, लेखन छुट्छ । जसरी हिजो शुक्रबारको छुट्यो ।

शुक्रबारको दिन उठ्ने बित्तिकै रमाईलो लाग्छ । साताको रमाइलो गर्ने समय । उही शैलीमा बिहानी चियाको चुश्कीले दिनको शुरूवात भयो । आज धेरैपछि छोराछोरीलाई स्कूलको बस आउने चोकमा छोड्नुपर्ने जिम्मेवारी आयो । आज उनीहरूको स्पोर्टस् डे थियो । म छोड्न जाने बाटोमा पुलिस बिट पर्छ । बिटमा आज निकै भीडभाड र हल्लीखल्ली रहेछ । आँखैमा समाचार मनैमा समाचार भनेजस्तै म उतातिर तानिए । कुरा बुझ्दै जाँदा मामा र भान्जीको फोन प्रकरण रहेछ । धेरै कुरा आफ्नै डायरी लेखनमा समेट्न नमिल्ने हुने रहेछ । करिब दुई घन्टा चलेको दुईतर्फी भनाभन सम्वादमा म आधा घन्टा अलमलिएँ । त्यहीबेला थप नयाँ मित्रसँग परिचय भयो एनके श्रेष्ठसँग ।

यताउता, अन्तमा कार्यालयमा दाखिल भएँ । अनलाइनकर्मी साथीहरूसँग समाचारको चर्चा र अनलाइन पत्रिकाको शुक्रबारे अंकबारे छलफल भयो । साथीहरूले आजको अंकलाई मनपराए । अझै राम्रो बनाउनुपर्नेतिर जोड दिने वाचा गरे ।

दिउँसो दोलखा प्रतिनिधिसँग लामो कुरा भयो । अनलाइन पत्रिकालाई निरन्तर आइरहेको राम्रो प्रतिक्रियालाई हामीले फेरि समेट्न खोज्दैछौं । आजै फेरि अष्टसिद्धि टोल सुधार समितिका अध्यक्ष रत्न महर्जन दोलखा पुगेका रहेछन् ।

आजपनि धेरै विशिष्ट व्यक्तित्वहरूसँग गफगाफ भयो । गोदावरीका साथीहरू, ललितपुरका अन्य आत्मिय साथीहरूसँग रमाइलो सम्वाद भयो । आज कार्यालयमा सिताराम हाछेथु आइपुगेँ । ललितपुरमा नयाँ ट्राफिक नियमका बारेमा जानकारी गराए । खुशी लाग्यो, साँच्चिकै उनी परिवर्तन गराउनेतिर अग्रसर भएका रहेछन् । दैनिक नयाँ नियम र नयाँ प्रयोगका कारण पनि चर्चामा रहेछ सिताराम । धनगढीका साथी गोपाल साउदसँग पनि धेरै कुराहरू साटियो ।

बेलुका ज्यापुसमाजको नेवा भोजको निम्तो थियो । त्यसमा सहभागी भएँ । ‘एकपटक पढ्नुस्, मंगलबजारमा एक साँझ’ शिर्षकमा यसबारे चर्चा गर्छु । बेलुका ढिला घर पुगेँ । सबै सुतिसकेका रहेछन् । यसो टिभी खोलेर एकछिन विचरण गरे च्यानलहरू । आँखाले करिब करिब ढकनी बन्द गर्न खोेजेपछि सिरकभित्र पसेर शुक्रबारलाई बिदा गरे ।

अस्तु

अनलाइन पत्रिकामा स्पाइडरमैन !

Posted जनवरी 7, 2015 by Subin Shrestha
Categories: दैनिकी

२३ पुस, २०७१ तद्अनुसार ७ जनवरी, २०१५ (बुधबार) । यस्तै हो सूर्य उदाउँछ र अस्ताउँछ । सूर्य देखिएको केही घण्टापछि उठ्ने बानीले म अल्छी छु की भन्ने लाग्छ । तर राति सुत्ने समय ढिला हुनाले मन बुझाउँछु । हेर्दाहेर्दै बुधबार पो भइसकेछ ।

आज अलि चाँडै कार्यालय पसेँ । कामको चापका कारण आफूले आफूलाई स्याबास भनेर धाप मार्न सकिएको छैन । बाँकी कामहरूको एकातिर तनाव थियो, अर्कातिर फेरि नयाँ योजनाले च्याप्पै समाएको थियो मलाई ।

आजपनि भेटघाट भइरह्यो । पुराना एकजना भाईसँग आज भेट भयो । करिब ५ वर्षअघि लेखिएको सानो नोटबुक भेटिएको थियो । नोटबुकमा एउटा नम्बर पाएँ । को रहेछ भनेर उत्सुकता जागेपछि खोजेँ र पता लगाएर छाडेँ । उनैसँग कार्यालयमा बोलाएर भेट भयो ।

अस्तिमा इनारमा खस्ने बालक, उसलाई बचाउने र उनका परिवारसहित अनलाइन पत्रिकाको कार्यालयमा आएको थियो । यसलाई समाजिक कथा बनाउन सकिन्छ की भन्ने लागेको थियो । इनारमा खसेका बालकलाई निखिल र स्पाइडर मैन भनेर टोलवासीले भन्न थालेका छन् । फेरि आमालाई निखिलको मम्मी र स्पाइडर मैनको मम्मी भनेर चिनिन थालेका रहेछन् ।
यता फेरि बचत संघमा नेतृत्व गर्न तयार घिमिरे र काजीका कुराकानीलाई यसपटक हामीले सहकारी पत्रिका पृष्ठमा समेट्ने भएका छौं । दुवैसँग सहकारी सम्वाद गर्दा उत्तिकै उत्साहित रहेको अनलाइन पत्रिकाकर्मीको अनुभव रहेको थियो ।

अनलाइन पत्रिकाकर्मी साथीहरू आज व्यस्त देखिए । आफ्नो डेडलाइनका कारण उनीहरू पनि दबाब छ नै । जे होस् सक्रिय साथीहरूको सक्रियतालाई सलाम । हतारमा बिना सम्पादन जे लेखियो त्यही फाइनल हुने यो दैनिकी संस्करणको मेरो नियमित लेखाईमा धेरै कुरा छुटन सक्छन् । अहिले यतिमात्रै ।

अस्तु


Follow

Get every new post delivered to your Inbox.

Join 5,019 other followers