खुल्दैछ रहस्य हराउनुको !

मिशन सर्च सबिना

अक्टोबर २३  कार्तिक ६ शुक्रबार – ५८ दिन

बिहानबाट प्रारम्भ हुने भेटघाट दैनिकी आज पनि भयो । चिया पियौं । अनि त्यही खबरको आशामा हामीहरु बसेका थियौं । खासै प्रगतिमय जवाफ मौखिक रुपमा पाईएको थिएन तर अहिले भने केही नयाँ प्रगतिको आभाष भएको छ । अनि केही दिन अघि पठाएको पत्र उता सबैलाई वितरण भईसकेको छ । अनि प्रयासका रुपमा उताको दूतावास सम्बन्धित निकाय लगायत सबैले सहयोगी भुमिका खेलिरहेको खबर छ ।

साथै नयाँ कुराहरु निस्किरहेको छ । तर विश्वस्त हुन सकिने अवस्था आउनको लागि प्रमाण हुनु जरुरी छ । जुन चाँडै नै अब रहस्य खुल्दैछ । अनि जापानी प्रहरीले सबिनाका सहपाठीहरुसँग नम्बर लिएका छन् भने सम्पर्क सुत्र र डिएनए बाट खोजी गरिरहेको साथीले जानकारी दिए ।

जापानका साथीसँग लामो कुराकानी भएको छ । सो सम्बादमा सानुलाल आशाकाजी  बुबा र गोपाल साथै हुनुहुन्छ । साथीका कुराहरुले नयाँ रहस्य खुल्ने सम्भावना आएको छ । साथै हराएका सबिनाको खोजीका लागि दिईएको निवेदन अनुसार नेवा जागरण मच जापानले सघाउने वाचामा आत्मियता पुर्वक सघाउँदै आएको छ । मचले आफ्नो विद्युतीय ठेगानामा हालेको छ सबिना हराउनुको खबर Sabina Maharjan Missing From Fukuoka

अरु उही हो पुरानो बन्दै गएको रहस्यमय घटना चाँडै सत्य समाचारको खबर आउने पर्खाईमा ।

Explore posts in the same categories: ललितपुर खबर

ट्यागहरु: ,

You can comment below, or link to this permanent URL from your own site.

टिप्पणी छोड्नुहोस्