युपग्राम बाट ललितपुर

परिचय

नेपालको मानचित्रमा ७५ जिल्लाहरु मध्ये ललितपुर जिल्लाले आफ्नो गौरवमय प्रतिष्ठालाई परिचित गराएको छ । नेपाल अधिराज्यको मध्यमाञ्चल बिकासक्षेत्र अन्तर्गत काठमाडौं उपत्यकाको तीन जिल्लाहरु मध्ये यस ललितपुर जिल्ला ऐतिहासिक तथा पुरतत्त्विक रुपले सम्पन्न जिल्ला हो । धार्मिक रुपले पनि प्रसिद्ध कृष्णमन्दिर, अशोक स्तम्भ, महाबौद्ध, पाटन दरबार स्क्वायर क्षेत्र लगायत विभिन्न मठ, मन्दिर, पाटि-पौवा र स्तम्भहरु पनि यस जिल्लामा रहेको हुनाले विश्वमा नै ललितपुर जिल्ला प्रख्यात रहेको छ । यस जिल्लाको भौगोलिक बनावट, हावापानी, वन-जङ्गलको विविधता, नदी-नाला र ताल, विभिन्न जनजातिहरुको रहन-सहन, भेष-भुषा आदिको विविधता रही यस जिल्लाले आफ्नै ऐतिहासिक महत्त्व बोकेको छ ।


[परिवर्तन्] जनसंख्या

२०५८ सालको जनगणना अनुसार यस जिल्लाको जनसंख्या ३,३७,७८५ मध्ये १,६५,३३० (४८.९५%) महिला र १,७२,४५५ (५१.०५%) पुरुष रहेका छन् । विगत १० वर्षको अन्तरालमा जनसंख्या ८०,६९९ जनाले व्रीद्धी भएको छ । यस जिल्लाको वार्षिक जनसंख्या व्रिद्धिदर २.७३% रहेको छ भने लैङ्गिक अनुपात १०४.३१ रहेको छ । यस जिल्लाको जनघनत्व ८५९.८५ वर्ग कि.मी. रहेको छ । यहाँको घरधुरी संख्या ६८,९२२ रहेको छ भने औसत परिवार संख्या ४.९० रहेको छ । यहाँको जनसंख्या नेपालको जनसंख्याको १.४६% रहेको छ । साथै यहाँको शहरी जनसंख्या १,६२,९९१ छ भने ४१ वटा गा.वि.स. हरुको जनसंख्या १,७३,६३६ रहेको छ ।

[परिवर्तन्] इतिहास

काठमाडौं उपत्यकाको प्रसिद्ध तीन शहरहरु मध्ये ललितपुर सवभन्दा पुरानो शहर मानिन्छ । यस शहरलाई प्राचीन कालदेखि हालसम्म समय अनुसार विभिन्न नामले चिनिदै आएको छ । जस्तै यल, युपग्राम, ललितपत्तन, ललितपुरी, मानिङ्गल, पाटन आदी । साहित्यिक श्रोत र जनश्रुतिअनुसार ललितपुर शहर किरातकालमा नै स्थापना भैसकेको थियो । उक्त जनश्रुति अनुसार ललितपुरको अर्को नाम “यल” पहिलो किराती राजा यलम्वरको नामबाट राखिएको हो । जनश्रुति तथा यहाँको रीतिरिवाज पनि ललितपुर शहर र किराँतहरुको प्राचीन सम्वन्ध देखाउन सहयोग गर्दछ । क्वालखु स्थित पट्को डोँ (किरात दरवार -), ८०० किराती मारिएको ठाँउ भनि चिनिने च्यासल, हालसम्म पनि किरातिहरु वर्षको एकपटक आई पूजा गर्नु पर्ने त्यागल स्थित सिद्धिलक्ष्मी मन्दिरको परिसरमा रहेका देवताहरु, तिखिदेवल स्थित शिवजीको मन्दिर आदिले किराँत र ललितपुरको प्राचीन सम्वन्ध थियो भन्ने प्रष्ट हुन्छ ।

यस शहरको प्राचीनताको बारेमा प्रमाणित रुपमा प्रकाश पार्ने पुरातात्विक श्रोतहरुको अभाव छ । तर केही वंशावलीहरुले भारतका मौर्य सम्राट अशोकर् इ.पू. २५० तिर काठमाडौं उपत्यकाको भ्रमण गरेको र उनले ललितपुरको चारकुना चार र विचमा एक समेत गरेर पाँच स्तूपको स्थापना गरेको कुरा उल्लेख गरेका छन । हालसम्म पनि ललितपुर चारदिशामा चारवटा प्राचीन स्तुपहरु रहेका छन । जुन अशोक स्तुपको नामले प्रख्यात छ ।

ललितपुर क्षेत्रमा प्राचीन समयदेखि नै बस्ती बसिसकेको र एउटा केन्द्रको रुपमा विकास भैसकेको कुरामा दुइमत छैन । लिच्छविकालमा यो क्षेत्र युपग्राम नामले चिनिन्थ्यो । यहाँ पूर्व दिशामा दीपावती नगर (गईट) दक्षिण दिशामा मतीनगर (लगनखेल), पश्चिम दिशामा शिलापुर दानागिरि (पुल्चोक), उत्तर दिशामा ललितारण्य (कुम्भेश्वर) र मध्य भागमा स्वस्तिक आकारको मंगलबजार रहेको बर्णन पाइन्छ । त्यस्तैगरी पूर्व दिशामा श्री बालकुमारी, दक्षिण दिशामा बटुकभैरव र श्रीमहालक्ष्मी, पश्चिम दिशामा खड्गयोगिनी र उत्तर दिशामा चामुण्डादेवी रहेको छ । लिच्छवी कालका पुरातात्विक श्रोतहरु अभिलेख, मूर्ति, ढुङ्गेधारा, जलद्रोणी आदि प्रसस्तै मात्रामा प्राप्त भएबाट लिच्छविकालमा ललितपुर पूर्ण रुपमा विकास भै सकेको बुझिन्छ । यहाँ रहेका २४ वटाभन्दा बढी लिच्छविकालिन शिलालेख, पहिलो शताव्दीको च्यासलको गजलक्ष्मी, हौगलको हारती, बगलामुखिको मातृकाहरुको मूर्ति, सिकुबहीको उमामहेश्वर, चण्डेश्वरी मन्दिर अगाडीको उमामहेश्वरको मूर्ति, खपिँछे भैरब मन्दिरको परिसरमा रहेको शिलालेख सहितको जलद्रोणी, अभिलेख सहितको ढुङ्गेधारा आदि प्राप्त भएबाट लिच्छविकालको युपग्रामको बनौट कला कौशल केही विकास हुन्दै आएको बुझिन्छ । हालसम्म यस ललितपुर उप-महानगरपालिका क्षेत्रमा २४ वटा लिच्छविकालका शिलापत्रहरु पाइएका छन । आजसम्म प्राप्त शिलालेखहरु मध्ये पहिलो अभिलेख स्वथ टोलको संवत् ४११ को अभिलेखलाई पनि लिन सकिन्छ ।

त्यस्तैगरी पाटन बाहालुखाको सम्वत ४३५ को दण्डनायक र र्सवदण्डनायकको उल्लेख परेको छ भने सम्वत् ६७ को नरेन्द्रदेवको अभिलेखमा युपग्राम, भट्ट र माप्चोक अधिकरणको अधिकार हर्टाईएको ब्यहोरा परेको छ । यहि लिच्छविकालको युपग्राम नै पछि गएर पाटन तथा ललितपुर भन्न थालियो । यल, पाटन, ललितपटन, ललितापुरी, ललितपुर, मनिङ्गल आदि नामले प्रख्यात यस नगर मल्लकालमा छुट्टै राज्यको रुपमा रहेको थियो । मध्यकालको बौद्ध धर्म र संस्कृतिको केन्द्रको रुपमा विकास हुनुको साथै कला र संस्कृतिको दृष्टिबाट महत्वपूर्ण केन्द्रको रुपमा रहिरह्यो । यसैले आज यस नगरलाई City of fine Arts को नामले चिनिन सफल भएको हो । ललितपुर नगरका भौतिक सम्पदाको प्राचिनता बारे धेरै अगाडिसम्म पुग्नसक्ने प्रमाणहरु नपाइएता पनि मल्लकालको पूवार्धमा बनेका सम्पदाहरु हालसम्म पनि जीवित नै रहेका छन् । बंशावली तथा अन्य केही स्रोतहरुले वरदेवको हजुरबाबुले -राज प्रसाद) दरबार बनाइएको, सन् ११७६ रुद्र देवले पाटन दरबारको एक चोक निर्माण गरेको उल्लेखहरु पाइएको छ।

ललितपुर जिल्लाका गाउँ विकास समितिहरु यस प्रकार छन्-

१. आश्राङ २. बडिखेल ३. भारदेउ ४. भट्टेडाँडा ५. विशङ्खुनारायण ६. बुखेल ७. बुङ्गमति
८. चन्दनपुर ९. चापागाउँ १०. छम्पी ११. चौघरे १२. दल्चोकी १३. देविचौर १४. धापाखेल
१५. डुकुछाप १६. घुसेल १७. गिम्दी १८. गोदामचौर १९. गोदावरी २०. गोटीखेल २१. हरिसिद्धी
२२. इकुडोल २३. इमाडोल २४. झरुवारासी २५. कालेश्वर २६. खोकना २७. लामाटार २८. लेले
२९. लुभु ३०. माल्टा ३१. मानिखेल ३२. नल्लु ३३. प्युटार ३४. सैंबु ३५. शंखु ३६. सिद्धीपुर
३७. सुनाकोठी ३८. ठैब ३९. ठेचो ४०. ठुलादुर्लुङ ४१. टिकाथली

Explore posts in the same categories: कतार समाचार

One Comment on “युपग्राम बाट ललितपुर”

  1. maheshwor nepal Says:

    तपाईं को ब्लग हेर्न र पढ्न पाउदा खुशी लागेको छ नेपाल को बारे मा अरु धेर कुरा हेरु लेख्नु होला किन भने हामी प्रबासी हेरु लाई नेपाल को बारे मा नेपाल मा भई राखेको घटनाहेरु जान्ने इछा छ तपाईं को कलम अज सशक्त्त रुप मा चलुन


जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )


%d bloggers like this: