मुद्रणविभागका ३५ कर्मचारीको बिदाई समारोह

काठमाडौं । स्वेछिक अवकास अन्तर्गत निजामती सेवा ऐन – २०४९ को दफा ३५ (१) बमोजिम जेठ मसान्तसम्म  सामान्य प्रशासन मन्त्रालयमा निवेदन दिएका मुद्रण विभागका ३५ जना कर्मचारीको विदाई कार्यक्रम सम्पन्न भएको छ । विभागका महानिर्देशक तिलक शर्माले कर्मचारीहरुलाई बिदाई गर्नुभएको हो ।

भर्खरै मुद्रण विभागको महानिर्देशक पदमा नियुक्ती हुनुभएका शर्माले सो विदाई कार्यक्रममा बोल्दै भन्नुभयो अवकास लिनु भएका वरिष्ठ मुद्रण अधिकृत गणेशबहादुर भट्टराई, अफसेट प्रेस सुपरभाइजर लक्ष्मण  बहादुर डङ्गोल, लेटर प्रेस सुपरभाइजर जीवन कुमार श्रेष्ठसँग भवितब्य प्राविधिक जानकारीका सरसल्लाह गर्नेमा जोड दिनुभयो । वहाँले सम्झना स्वरुप अवकाशप्राप्त कर्मचारीलाई काठको कलात्मक फ्रेम उपहार दिनुभयो ।

३० बर्षसम्म सेवा गर्दासम्म पनि जिम्मेवार अधिकारीहरुको अनियमित्तता र लापरवाहीका कारण वैदेशिक तालिममा जाने अवसरबाट बन्चित हुनुपरेको कर्मचारीको गुनासो

वरिष्ठ मुद्रण अधिकृत गणेशबहादुर भट्टराईले आफु यस विभागमा प्रवेश गर्दा प्रोसेस शाखामा ग्रेडिङ्ग पदमा  (राजपत्र अनंकित प्रथम) देखि शुरु गरी वरिष्ठ मुद्रण अधिकृत हुदाँ सम्मका तीतामिठा अनुभवहरु सुनाउनुभयो ।

यसै क्रममा सि.ले.प्रे श्यामकुमार श्रेष्ठले यहाँका कर्मचारी साथीभाइ तथा दिदिबहिनीहरुले विदाइ गरेर सम्मान गर्नु ऐतिहासिक रहेको बताउनुभयो । सम्मानीत हुनुभएका सबैलाई बधाई ज्ञापन गर्नुभयो । साथै ३० बर्षसम्म सेवा गर्दासम्म पनि जिम्मेवार अधिकारीहरुको अनियमित्तता र लापरवाहीका कारण वैदेशिक तालिममा जाने अवसरबाट बन्चित हुनुपरेको दुख व्यक्त गर्नुभयो ।

यसैबिच, स्वेछिक अवकासप्राप्त बिदाई कार्यक्रममा ३५ कर्मचारी मध्ये १३ कर्मचारीको मात्र उपस्थिती रहेको थियो । धेरै कर्मचारीहरु पेन्सन पत्ता बनाउनमा ब्यस्त भएको हुँदा उपस्थिती कम रहेको थियो भने कार्यक्रमलाई चाँडै गरिएको भन्ने गुनासो पनि सुन्नमा आएको छ ।

Advertisements
Explore posts in the same categories: समाचार सँगालो

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )


%d bloggers like this: