नखोसियोस् उज्यालो खुशी

हिजोआज राजधानीको दृश्य उहिलॆको बतीविहिन युग जस्तै भएको छ । कहिले र कतिखेर उज्याले भित्रिन्छ अनि कहिले बाहिरिन्छ । त्यसबाट अनभिज्ञ बनेका शहरबासीहरु । एकपटक मात्रै पो अनुमान हुन्छ । प्रत्येकपटक यो मिल्दैन । यही भोगाईहरुबाट अभ्यस्त बन्दै आईरहेका छन् शहरबासीहरु । उज्यालो युगको परिकल्पना पलभरपनि देख्न सकिरहेका छैनन् उनीहरु ।

अँध्यारो समस्या त छदैछ । यता अरु दैनिक दर्जनौ अनिश्चितकालीन समस्याहरु पनि ढोकैमा कुरेर बसे जस्तो अवस्था छ देशमा । कहिले के  कहिले के  शहर उत्पन्न संकटहरु  भनिसाध्य र गनिसाध्य पनि छैनन् हो । जुन पं्राथमिकतामा बन्द जुलुस चक्काजाम विरोध सभा नाराबाजी र यातायात बन्द अनेक छन् । यस्तै परम्परागत दृश्यहरुमा शहर परिचित बनिसकेका छन् । कता हिडेको मान्छे कहाँ पुगिन्छ । कहाँ रोकिन्छ यातायात  कता अलपत्र पो भईन्छ । यो सामान्य जीवनशैलीको असमान्य चरण पो बन्न खोजिरहेको छ । घर फिरिने हो कुनै ठेगान हुदैन । यातायातको सुविधाले पनि दैनिक निकै समस्या र झमेलाहरु पनि आत्मसात गर्दे आईरहेका छन् नागरिकहरु । कतै पुग्न हाँकिरहेका गाडी कहाँ विश्राम लिने हो । अनि लौ यहाँसम्म मात्रै हो उता गाडी बन्द छ भनेर गाडीवालाले ओराल्ने हुन् । अनभिज्ञ जिज्ञासाहरु दर्जनौ घुमिरहेका हुन्छन् सबै यात्रुहरुसँग । यस्तै आधारहिन र भरोसाविहिन यात्रामा पनि शहरका मान्छेहरु दौडिरहेका छन् । व्यस्त कामसँगै व्यस्त भईरहेका छन् ।

एकछिन है म आईहाल्छु । जुनबेला यो शब्दमा हतारिदै गतब्यतिर गईन्छ । त्यहीबेला चोक नाका र शहरका मुल सडकहरु रोक्का भईदिन्छन् । माग मजबुरीमा उत्रिएकाहरु शहर साम्य पारिदिन्छन् । सडकमा आवतजावत निषेध । यातायात बन्द । सदा झै मर्कामा पर्ने नागरिकहरु यतै अनि उतै यस्तै दैनिक समस्याहरुमा अल्झिरहेका हुन्छन् । यो अवस्थामा न गतव्य पुग्नु न फर्किनु  धतेरिका अनि त्यही भीडको दर्शक बनेको देखिन्छ । नाराबाजी हुन्छ । झडप हुन्छ । साँझ बास फिरिन्छ । यस्तै र यही भईरहेको छ देशको शहरमा ।

समस्या त छन् । कति गरौं । समाधान उही हो । अब यसलाई यही पोका पारेर खास खुशीका बातहरुमा प्रवेश गरौं । खुशी पनि अनेकौ हुँदोरहेछ । बधाई पाईने र नपाईने खुशीहरु । पहिलो चरणमा पहिलो नम्बर खुशीको कुरा गरौं । यो हरदिन फेला पर्छ । अझ भनौ बिहान एकपटक र बेलुका एकपटक । हरदिन मान्छेले बधाईका पाईरहेका छन् । उज्यालो खोसेपछि आउने पहिलो उज्यालो बिहानीको समय र साँझ जुन पश्चात् भित्रिने खुशीमा । बजारमा अभाव रहेका बस्तुहरु कतैबाट भित्रिने मौका पायौ भने दोश्रो खुशी । जस्तै पेट्रोल ग्याँस र मट्टितेलका कुरा । आजको विषय पहिलो हो । यसैमा अलमलिन चाहन्छु । मेरो विषय खुशी हो उज्यालो खुशी । अपार महिमामय यो खुशीमा दिन दुईपटक शहरका नागरिकहरु निकै हर्षित बनेका हुन्छन् । फेरि स्थानीय टोलमा भने यो खुशी टोलैमा रहदैन । किनभने समुहगत फरकताले खुशीको साटफेर भईदिन्छ । उज्यालो भित्रिने मौसमलाई साक्षी राख्दै यो खुशी प्रतिपादित भएको हो ।

उज्यालो खुशीको चहलपहल मेरो टोलमा व्यापक बनेको छ । टोलमा भलादमी नेता उज्वलमान सरकहाँ जतिखेर पनि खुशीमय पल । नुवारण नामकै आनीबानी र भाग्य दाहिने हातैमा भएको अड्कल काटेका छन् टोलबासीले । देशको अँध्यारोले प्रभावित नबनेको वहाँको घर । ठुलो पहुँचवाला अनि पावर भएका वहाँपनि चौबिसै घण्टा हँसमुख देखिन्छन् । यता टोलबासीका घरघरमा भने उज्यालो खुशी क्षणभर रहन पाउँदैन ।

म पनि त्यही टोलको एक शरणार्थी बनेको छु । मनले स्थायी उज्यालो खुशी खाजिरहेको छु । अँध्यारो शहरबाट उज्यालो हेरिरहेको छु । देशका करोडौ मान्छे जस्तै । उज्यालो खुशी दिर्घकालीन रहने वातावरण बनाउनुपर्छ । यो यात्रा जस्तै बिचमा अलपत्र र अवरुद्ध बनाउनुहुन्न । मनमा स्वदेशको दिर्घकालीन उज्यालो दृश्य समेटेर शब्दहरु कोर्दै्रछु । घरमा केहीबेर भित्रिएको उज्यालो खुशीको सहयोगमा यति शब्दहरु कोर्न भ्याएको छु । ख्यै फेरि कतिखेर मेरो उज्यालो खुशी खोसिने हो । आफैमा प्रश्न गर्दे अज्ञात छु ।

अस्तु

Explore posts in the same categories: म र मेरो कुरा, मेरो लेख

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )


%d bloggers like this: