मागेर कति पढ्ने पुस्तक ?

सन्दर्भ उही हो पेशागत घुमफिर अनि दिनहँु जुरेका कार्यक्रमहरुको चटारो । दिनभर बटुलेका समाचारका पोका साँझ आधुनिक यन्त्रमा शब्द मार्फत खन्याउँछु  अनि दृश्य यन्त्रमा खिचिएका तस्वीर  एकपटक सरसर्ती हेर्छु । रेकर्डरमा भएका सम्बाद र भाषण सुन्छु पनि । चाहिने जति राख्छु समाचार बनेका समाचार छाप्ने मिडियामा प्रेषित गर्छु । यो तयारीसँगै नचाहिएका फ्याँक्छु । यो सिलसिला जारी छ । यही क्रमसँगै पुस्तकालयको सानो ईच्छा मनमा थियो । पुस्तकका दुई भारीलाई कसैलै पढेर केही सिके हुन्थ्यो भन्ने आकाक्षां पनि थियो ।


मनमा बसिरहेको रहरले सानै भएपनि मेरो कार्यकक्षको भित्तामा दुई तल्ले रैकमा पुस्तक संग्रह गरे । म अझै खुशी छु काम भन्दा पनि त्यो भित्तामा संग्रहित गरिएका कति पुस्तक अनि पुस्तकका कृतिकारहरुसँग । सबै पुस्तक छैनन् तरपनि चाहिएको र पढ्नुपर्ने जत्ति छ जस्तो लाग्छ । यसपालिको यो स्तम्भमा मेरो विषय अर्काे थियो तर यो परिवर्तन हुनुको श्रेय म आदरणीय भुवनहरी सिग्देलजीलाई दिन चाहन्छु यसकारण पनि किनकी वहाँको निम्तोमा म प्रज्ञा प्रतिष्ठान नपुगेको भए पुस्तकका सन्दर्भमा यी शब्दहरु कहाँ जन्मिन्थे र  हतारो यात्रामा आदरणीय गुरु डिल्लीरमण अज्र्यालजी सँग कार्यक्रमस्थल पुग्न हतारिरहँदा नेपाली टाइमको चर्चा चलेकै हो । ढिला कार्यक्रम शुरु हुन्छ हतार गर्नुपर्देन भन्दै काठमाडौं भीडभाड छलेर प्रतिष्ठान पुग्दा भनिएको समय भन्दा निकै ढिला कार्यक्रम प्रारम्भ भयो । आठको संयोग र योग जुरेको सो  कार्यक्रममा आठ आख्यानकारबाट सात उपन्यासकारका आठ उपन्यासको विमोचन भएको थियो ।

आठ उपन्यासको विमोचन सम्पन्न भयो । नास्तातिर दर्शकका भीड बढ्यो । विमोचित पुस्तकमा दिइएको आधा छुटमा पनि कोही दर्शक पुस्तक किन्न उत्साहित भएनन् । तर नारी हस्ताक्षर गीता केशरीले आफ्नै उपन्यासमा आधा मुल्यको छुटमा २ प्रति किनेर उनका चिनेजानेका दर्शकलाई उपहार स्वरुप दिइन । म उही दर्शकमा साधारण प्रश्न गर्दछु जसरी आख्यानकार प्रदिप नेपालले विमोचन समारोहमा गर्नुभयो आखिर मागेर कति पढ्ने पुस्तक ?

विमोचनसँगै आख्यानकार  प्रदिप नेपालले उठाएको  बोलीलाई यसपालीको शीर्षक बनाएको हुँ । मलाई याद छ कतिपय पुस्तक मैलै मागेर पढेको छु । जसमा नारायण वाग्लेको पल्पसा क्याफे अनि अरु केही साहित्य पुस्तकहरु । सबै मागेर पढ्न सक्ने आँट नभएर मैलै शतप्रतिशत किनेको छु । साझाको पुस्तक प्रदर्शनीमा ज्यादा । तर यसपालिको यो विमोचन समारोहमा आयोजकले पुस्तक किन्ने परम्परा बसोस् भनेर सितैमा पुस्तक उपलब्ध गराएन बरु आधा मुल्यमा किन्नुपर्ने मान्यताको बिकास गरे । नेपालले साहित्यकार कनकमणि दीक्षिततिर फर्किदै पुस्तक महंगो भएको भन्दै किनेर भन्दा मागेर पढ्नुपर्ने  परिस्थिती आएकोमा ध्यान ताने । प्राय विमोचनमा समारोहमा निशुल्क दिइने विमोचित पुस्तक यो कार्यक्रममा धैरैले पाएनन् ।

त्यतिमात्र होइन विमोचनमा समारोहमा उपस्थित भएका सयौं दर्शकहरुको भीड चिया र नास्तामा पनि सहभागिता जनाए तर विमोचन गरिएका पुस्तक बेच्न राखिएको स्टलमा भने भीड शून्य थियो । अनि त्यही शून्यतामा कार्यक्रममा विमोचित एक उपन्यास बदलिँदो क्षितिजका लेखिका गीता केशरी आफ्नै कृति किन्दै थिए । लेखिकाले आफ्नै कृति किनेर आफ्ना पाठकलाई बाँडिरहेका थिए । जुन दृश्यका साक्षी बनिरहेका अन्य साहित्कारकर्मी भनेर यो पनि राम्रो काईदा हो आखिर नकिनिकन कसैले दिएर पुस्तक पढ्न पाईन्छ भने गजब भएन र  ?

अस्तु

Explore posts in the same categories: म र मेरो कुरा, मेरो लेख

ट्यागहरु: , ,

You can comment below, or link to this permanent URL from your own site.

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )


%d bloggers like this: