म प्रलय चाहन्छु

यतिखेर संसार ध्वस्तको समाचार कल्पना गर्दे वास्तविक शब्दहरु दौडाईरहँदा मेरो अनुहारमा िसंगो काठमाडौको दृश्य समाएको छ । शब्दहरु शुरु गर्ने कठिनाई भईरहेको छ । यतिखेर मन र मतिष्कपनि असमान स्थितीमा छन् । मन हिजैबाट टुकि्रएको छ । आफ्नै मान्छेले जब दुई शब्दमा संसार ध्वस्त हुन्छ भन्ने कुरा उठायो । आफुलाई सम्हाल्दै वास्तविकता बुझाउन उनीलाई भगवानको लीला सम्झाउन प्रयत्न गरे । संसारमा व्यक्ति बिशेषले चाहेर यस्ता कुरा हुदैनन् ।

श्रूष्टिका साचालक मान्छे होईनन् । दोहोरो सम्बादमा उत्पन्न डरले होला । सम्वादमा आएका शब्दहरु चिसा भईरहेका थिए । एक कान दुई कान मैदान । हटन्युजले ठाउँ पायो । कतिले यसलाई हावा गफ मानेपनि त्रासमय मुटुमा सन्तोष बिसाउन सकिरहेको थिएन । किन डराउने भनेर अरुलाई सम्झाउने भाको आफु रातभर सुत्न सकिएन । आखिर डराउनुपनि किन  सबैलाई एकदिन जानु नै छ । को रहन्छ र यहाँ  न म न तिमी र न तपाँई ।

रातभर म वृतचित्र बनिरहे । आफैले खिचे र आफैले सम्पादन गर्दे हेरिरहे ।

त्यहाँबाट केहीपर मात्र मेरो परिवारको पीडा म भित्र सलबलाएको छ । आखिर यथार्थ हो वा हावा गफ बुझ्न असहजता छदैथियो । मनमा बाँकी समय गन्ती गर्दे नचाँहिदो बाजा बजिरहेको छ । साधारण मनुष्य बनेको मलाई यति सुक्ष्म त्रास छ भने काठमाडौबासीले के गरे होलान् । शायद पहिलाकै जस्तै अनिदो रात कटाएका होलान् । हिजैबाट मनभित्र काँडा जस्तै त्रासका गहिरो कुरा लेख्न म उतेजक बनेको थिए । समाचार प्रति मेरो झुकाव छ । र यसलाई म असत्य मानिरहेको छु । तर कतिपय त्यस्ता उदाहरण पनि छन् । नास्त्रेदमस त्यस्को मुख्य प्रमाण हो । जसले बोलेको भविष्यवाणी कसैले सुनेनन् । विश्वास गरेनन् । तर संसारमा आएको प्रलयपश्चात् नास्त्रेदमस्को मुटुमा एक लिखित लेख पाईयो । त्यसमा जुन परिस्थिती र त्रास समकालीन भोग्दै थियो । त्यसको बारे निकै वर्ष पहिलै नास्त्रेदमस्ले भविष्यवाणी गरिसकेका थिए । तर हाम्रो देशमा यस्तो प्रवृतिका कुशल व्यक्तित्वहरु छैनन् । केवल छ त धार्मिकतामा अल्झिएकाहरु र त्यसमा बाँधिएकाहरु । यहाँनिर मलाई के पनि लाग्दैछ भने मान्छेहरुलाई धर्म प्रति खिच्नु हो की जस्तो । दुखमा सबैले भगवानलाई याद गर्छन् तर सुखमा कसले  त्यही भएकोले त्यो बेला काँडामा कुल्चिनुपर्छ की भगवानको ध्यान कतै नजाओस् । यसर्थ धर्म जरुरी छ मान्छेको जीवनमा । यसले मान्छेलाई एकप्रकारको शक्ति दिन्छ ।

यतिखेर संसारका सबैले अर्थात जो समाचारबाट प्रभावित छन् । यही शक्तिलाई प्रयोग गर्देछन् । यही क्षणमा लोभ मोह कोध्र अहंकार र अभिमान कुल्चेर भगवानको नाम उच्चारणमा व्यस्त छन् होला । यो कुराबाट कतिलाई लाग्न सक्छ की यो पंक्तिकार देशमा प्रलय चाहदो रहेछ । हो म प्रलय चाहन्छु तर देश र जनतामा होईन् । मान्छेका मन भित्र रहेका अहंकार रिस ईख अभिमान र कोध्रको । जसको प्रलय पश्चात् सन्तुष्ट जीवनमा मान्छेहरु बाँच्नेछन् । अनि देशमा शान्तिपनि कसो आऊला  काठमाडौ ध्वस्त हुने समाचार टिभीबाट दिईएको रहेछ । सत्य असत्यका लागि समय प्रतिक्षा नगरि हुन्न । तर मौखिक बोलिएका यी भविष्यवाणीहरु सम्भव छन्  हुन्न भन्नेमा म शतप्रतिशत ढुक्क छु । किनकी नाष्तिकपन नरहेको मेरो आत्माले पल पल बोल्छ । जे हुन्छ माथिबाट चाहेपछि मात्र हुन्छ । वहाँको मर्जी बिना केही सम्भव छैन । आखिर ढिलो चाँडो संसार एकपटक सकिनु पनि त छ । अनि सृष्टिका पात्रहरु पाचतत्वमा मिल्नु पनि छ एकदिन । आखिर हामीहरुलाई खाने माटोले नै हो ।

मर्न देखि डराउनेले बाँच्न जानेको हुदैन । सबैबाट मुखरित भएको एउटै जीवनमा राम्र्रै काम गर्न सके के नै घाटा पर्छ र  यतिखेर शब्दका लहरमा एउटा दृश्य आएको छ । योगगुरु विकासानन्दको । उहाँले कहि कतै भन्नुभएको छ र लेख्नुभएको छ । जुन मेरो आत्मामा बसेको छ । संसार बदल्नुछ भने शुरु आफैबाट गर्नुपर्छ । यो शब्द सहज छ । यसको प्रयोग अत्यन्तै गाहो । यद्धपी प्रयासरत त बन्न सक्छौ । हामी किन अहिले र आजैबाट यसलाई नथाल्ने  होईन हामी के कुर्दैछौ  लेखिने कुराहरु निकै छन् । यसमा केही शब्दहरु कोही पाठक वा कसैलाई ठेस पर्ने गएमा आत्माबाट क्षमाप्रार्थी माग्दै भजन गायक अनुप जलोटाका शब्दका लहरहरु मर्ने डराएका सबैलाई समर्पित गर्दे बिदा ।

तेरे जैसै लाखौ आए ।
लाखौ ईस माटी ने खाए ।
राहाना नामोनिशान ऐ बन्दे
तेरे झूठे शान रे
मत कर तु अभिमान रे ।

अस्तु

Explore posts in the same categories: म र मेरो कुरा, मेरो लेख, मौनबस्तीको आवाज

One Comment on “म प्रलय चाहन्छु”


जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )


%d bloggers like this: