तिमी नहुँदा …

असार २८, जुलाई १२

पहिलो दिन

झरि परिरह्यो मन थामिदैन आँसु

किन भन्छ निर्माहीलाई मनमनै मेरी मायालु

निकै महिनाको समयपछि उनी फेरि टाढिइन् । म प्राय लेख्थे उही निष्ठुरी समय हो । जुन मिलन र विछोडका अध्यायहरुमा आफुलाई अग्रगतिमा प्रस्तुत गरिरहन्छ । रातभरको विश्वकपको मोहका कारण मनमा भएका विछोडका आत्मिय शब्दहरु गुम्सिए । केही पनि खुलेनन् ।

हाम्रो बिछोड नियती होइन । यो समाजमा हुने गतिविधिका कारक हुन् । बिहान कलंकीमा तीन मुटु छोडेर फर्किदा बाटोभर मन चिसिएको थियो । घरमा पुगे उक्लिए कोठातिर । शून्य मात्रै शून्य । म क्षणभरको बिछोडमा उनीलाई दुर नहुन आग्रह गर्दे बोलाइरहेको थिए ।

आऊ मिठो बात गर…
रात त्यसै ढल्किदैछ
भरे फेरि एकान्तमा रुनु त छँदैछ

साँझको झरीमा उनी याद बनेर बर्षिरहिन् । उफ् यो बिछोड…केही दिनको दुर हुने प्रकि्यामा यति मुटु दुख्छ भने प्रेमका कहानीमा अन्तिम कथा बिछोडको शब्दले समाप्त भयो भने कस्तो होला  ? पलपल यही कुराहरु आइरहे । अनि पुराना बिछोडका यादहरु पनि एक्कासी ठोक्किदै आँखामा झरीको रुप लिँदै थियो ।

आओ यादहरु
मेरा आँखा अझै खुलेको छ

अस्तु

Explore posts in the same categories: म र मेरो कुरा

One Comment on “तिमी नहुँदा …”


जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )


%d bloggers like this: