खुशी चाँहिदैन् अब

असार ३१, जुलाई १५ – बिहिबार चौथौ दिन

आफ्नो केही मनपर्ने बस्तु र सामान हराउँदा कति मन दुख्छ । तर आफ्नै मुटु र आत्मा छोड्नु पर्यो भने कस्तो अवस्था हुन्छ । म आफै एक्लो ऐना अघि प्रतिबिम्बित अनुहारसँग लगातार प्रश्न गरिरहेको छु । मेरो बाचा हो यो म तिमीलाई कहिल्यै दुख दिन्न । अझ मेरा सम्पृर्ण खुशी तिमीलाई । तर आजको खुशी कसलाई बाँड्ने ?

तिमी र म बिचको फोन सम्बाद देखावटी भन्दा अरु केही हौइन । मिसकल पनि एक भयानक बहाना हो । म जस्तै अरु प्रेमीका लागि पनि । की उनीले महसुस गर्न सकोस् की म सिर्फ तिमीलाई सम्झिँदै छु तिम्रो यादमा यतिखेर बैचेन छु आदि ईत्यादि ।

हिमाल सरि म अग्लिरहेछु
समात समात समात मलाई

यसैकारण पनि म मिस कलमा विश्वास गर्दिन । अनि यादकै कुरा भन्न म आधुनिक फोन सम्पर्कमा पनि म उतेजित पक्कै छैन । खुशी प्रत्यक्ष साटिन्छ । माया सँगै बाँडिन्छ । दुखमा सँगै आँसु बगाइँन्छ । बश सबै हुनुपर्छ सँगसँगै । वास्तविकता यही हो ।

दुई आत्माको एकै शरीर दुर रहँदा कसरी खुशी र प्रत्येक पल साट्न सकिएला वा अब कति दिन बाँच्न सकिएला ? जीवनको एक अविष्मरणीय खुशीको तिमी प्रत्यक्ष दावेदार बन्न सकेनौ पहिलोपल्ट । अनि म खुशीलाई मन र आँखामा गुम्साईरहेको छु । प्रयत्न गर्देछु तिमी आउँदासम्म यादहरुका प्रत्येक किस्ताहरु साँचेर राख्छु । अनि तिमीलाई नै बाँड्नुपर्ने खुशी मनै सहित बिशाल झरीको समिश्रणमा सुम्पने छु मात्र तिमीलाई । बश तिमीलाई ।

एक्लै बस्दा सधै मलाई
सम्झना तिम्रो आईदिन्छ


अस्तु

Explore posts in the same categories: म र मेरो कुरा

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )


%d bloggers like this: