विमोचनप्रेमी मित्र !

एकदिन बाटोमा पुरानो मित्र भेटियो । ऊ निकै हतारमा देखिन्थ्यो । ए किन यत्रो हतार प्रश्न गर्छु । कुरा-सुरा पछि गर्दै गरौंला बरु फुस्रद छ भने िहंड मसित । उसले भन्यो । र मेरो हात तान्न थाल्यो । हतारिदै हामी दुई मित्र अज्ञातस्थिलतिर हानियौँ ।

केही समयको पैदल यात्रापश्चात् हामी एउटा भव्य भवन अगाडि रोकियौ । ढोकामा राम्रा-राम्रा सारी र दौरासुरुवालमा उभिएका व्यक्ति थिए । उनीहरुलाई कृत्रिम मुस्कानमा नमस्कार बुझाएर हामी हलभित्र प्रवेश गर् यौं । पूरै हल खचाखच थियो । लाग्थ्यो कि ’em भव्य भोजको आयोजनामा उपस्थित भएका पाहुनाहरु हुन् । भेलाको मध्यभागमा हामी दुईले आसन जमायौं । मेरो मित्रले बस्नासाथ मेरो कान नजिक आएर सुटुक्क भन्यो कस्तो भव्य समारोह रहेछ । झन्डै सकिने बेलामा पो आइपुगेछौ ।

मैले मच परिसरतर्फ आफ्नो आँखा पुर् याएँ । पुस्तक विमोचन समारोह रातो तुलमा सेतो ठूलाठूला अक्षरले लेखिएको थियो । पाँचजना विशिष्ट पाहुनाहरु विराजमान थिए । बल्ल देश साहित्यिक फाँटमा अघि बढेछ । अझ पुस्तक विमोचनमा देखिएको त्यो विशाल भीड र साथीको हतारोले साहित्यप्रतिको उत्कट चाखलाई प्रस्टाएको छ । यतिकैमा माचमा एउटा प्रख्यात कवि कविता वाचनको निम्ति आए । मैले मेरेा कानलाई कवितातिर तन्काए । तर नजिकैको अनौठो आवाजले मेरो कविताप्रतिको एकाग्रता टुकि्रयो । सँगैको मित्र त मस्तले घुर्दै निदाएको रहेछ । दायाँबायाँका साहित्यनुरागी भनिने भीड पनि त्यसैगरी निद्रामय वातावरणमा व्यस्त रहेछन् ।

म तीन छक्क पर्छु । कतै साथी निदाउन आएको त होइन जे भए पनि नजिकको निद्रामय वातावरण हेर्नॆ लायकको थियो । कार्यक्रम चलिरह्यो । माचबाट उद्घोषकले कार्यक्रम सकिएको जानकारी दिए । यत्तिकैमा निद्रामा लीन सब आगन्तुकहरु हतपत्त व्यँूझन थाले । आऊ मित्र पेटपुजा गरौं । मित्रले पहिलेझै हात तानेर जलपानका स्थानतिर पुर् यायो । सबै श्रोताहरु जलपानलाई झम्टिन प्रतिस्पर्धा गरिरहेका थिए । त्यसपछि सबै यन्त्रवत् मुद्रामा खान थाले । मेरो मित्र पनि त्यसै गर्न लाग्यो । किन मित्र हतारिएको मैले सोधे । उ मुसुक्क हास्यो र अझ जोशिएर जलपान घिच्न थाल्यो । मैले रहस्य बुझें । मेरो मित्र पुस्तक विमोचनमा ज्ञान बढाउन होइन जलपान कुम्ल्याउन हतारिएको रहेछ । अरु साहित्यप्रेमीहरुको’bout पनि बल्ल राम्ररी थाहा भयो ।

हिजोआज जताततै यस्तै पवृत्ति पाइन्छ । तापनि विमोचनको काम घटेको छैन । उपस्थिति बढेकै छन् र निद्राप्रेमीलाई निद्रा पुगेकै छ । भोकाएको पेटमा जलपान पनि जुटकै छ । खाइ सकिएन परममित्र कुममा झकझकाउँदै सोध्छु । अँ पुग्यो म सुस्तरी बोल्छु सोमग्न हालतले । जाऊ हिँड अर्काे कुनै समारोह या विमोचनको कुरा गर्दैछ । यसो त आफूपनि साहित्यिक रुचि भएको व्यक्ति र मेरा कविताहरु लगभग एउटा पुस्तक छाप्न पुग्ने हिसाबमा छन् । आज मित्रको कृपाले एउटा पाठ सिकेको छु ।

त्यो के भने …… म बाट मेरो कविता विमोचन समारोहको भूल हुने छैन । किन व्यर्थ विमोचनमा महान सज्जनवृद्ध साहित्यनुरागीहरुको पाउ कष्ट गराउने पुन ः हतारमा मित्रले अर्काे विमोचनमा जान सुर कस्छ । तर म मित्रसित क्षमा माग्दै अर्काै दिशातिर मोडिन्छु । विमोचनप्रेमी निद्रापे्रमी र जलपानप्रेमी मेरो मित्र हतारोमा हात मिलाउन बिसर्िएर अर्काे कार्यक्रमस्थल पुग्न दायाँ मोड भएर ओझेल हुन्छ ।

Explore posts in the same categories: म र मेरो कुरा, मेरो लेख

ट्यागहरु:

You can comment below, or link to this permanent URL from your own site.

टिप्पणी छोड्नुहोस्