पत्रकारितामा भर्खरै १०० मा ५ कुरा सिके !

जिन्दगीको यात्रामा केही गर्ने उत्साह लिएर म यात्रारत रहे । यी पाईलाहरूले चाहेको सफलता पनि प्राप्त भयो । यस्तो सुखद परिस्थितीमा पनि म हर्ष विमुख भए । शायदै म पैसाका लागि यो पेशामा होमिएको भए एक अंश पनि म आफुलाई परिचित हुने मौकाबाट बन्चित बन्थे होला । सदा मनमा यो समकालिन समयमा केही गर्नुपर्छ भन्ने सिद्धान्तमा बाँधिएर आदरणीय दाजुहरूबाट प्रेरणा पाईरहे । आजको दिन सम्म मैलै के पाए र कति सफल भएँ लेखाजोखा छैन । तरपनि मैलै गर्व साथ घोषणा गर्नुपर्छ की वहाँहरूको यस्तो हौसला र मित्रवत् सहयोग नभई दिएको भए म आज जुन चुलीमा रहेको महसुस गरिरहेको छु । त्यहाँ पुग्नको लागि मैलै अझै जिन्दगीका कति वर्षरू खर्चिनु पर्थ्यो होला ।

जिन्दगीको यात्रामा मलाई कहिल्यै पनि दाम ठुलो हो जस्तो लागेन । दामको लागि मेरो कार्यहरू कहिल्यै पनि अघि बढेन । म त सिर्फनामको पिछा गरिरहे । मेरो जिन्दगी सोचिएको जस्तो पनि भयो । मेरो यात्राको थालनी भयो स्वतन्त्र फोटो पत्रकारिताबाट । मेरो नाम कमाउने रहर र इच्छाको यो पहिलो खुड्किलो पनि थियो ।

यसमा मेरो हौसला र विश्वास दिने महानुभाव हुनुभयो कमल पौडैल, दानदाश श्रेष्ठ, राजेश बज्राचार्य, मनोज बर्मा, धर्मेन्द्र झा, राजेन्द्र दाहाल र महेन्द्र बिष्ट आदि हुनुहुन्छ । यी नामहरू मेरो सहयात्रामा निरन्तर आईरहने प्रेरणादायी नामहरू हुन् । यो फोटो पत्रकारिताको सिलसिलामा मात्र नभई मेरो कलमी यात्रामा पनि हौसाउने मधु लम्साल, राजेश कोईराला, प्रेम कैदी र आनन्दराम आचार्य हुनुहुन्छ । मैलै वहाँहरूबाट यो छोटो जिन्दगीमा धैरै काम गर्न शेष रहेको अनुभव पाईरहे ।

स्वतन्त्र लेखको पहिलो थालनी गर्न मलाई हौसला दिने मधुजी हुनुहुन्छ । पत्रकार सुरक्षा को प्रश्न ? भन्ने पहिलो लेखको लागि वहाँले स्थान दिनुभएको हो ।

समय नै हो । ‘कुनै पनि स्थिर नराख्ने । स्थिर रहनु मृत्यु समान हो ।’ भगवान गौतम बुद्धको वचन हो यो । त्यसैले जिन्दगी परिवर्तनशील हुनुपर्छ र रहनुपर्छ । म छापा पत्रकारितामा लागिरहँदा एउटा अवसर जुर्यो । मलाई त्यो अवसरमा मेरो मनबाट ठुलो हौसला मिलेको भान भयो । म त्यो अवसर पनि गुमाउन चाहिन्न । र, प्रयास गरे । अन्तवार्तामा सफल पनि भए । र, त्यही समयबाट मेरो रेडियो पत्रकारिताको यात्रा पनि शुरू भयो । अब आफुलाई निकै व्यस्त राख्ने मौका पनि पाएँ । राजधानीका दर्जनौ पत्रपत्रिकाहरूमा मात्र नभई अब आफ्नो रिपोर्ट रेडियो पनि बज्न थाल्यो । प्रयास नै हो गर्यो भने कसो सफल नहोला । नगरेको भए त्यो रेडियो क्षेत्रमा रम्ने मौकाबाट टाढिनु पर्ने अवस्था हुन्थ्यो । मेरो यो रेडियो सँगको सहयात्रामा  मधु आचार्य, गंगा, अरविन्द गिरि, राजन पराजुली त्यस्ता सहयोगीका नामहरू हुन् ।

पत्रकारिता यात्राले झण्डै १ दशक नाघेको छ । पत्रकारिताको व्यस्ततामा अनलाईन पत्रकारिताको कार्यशालामा सहभागिताको मौका जुरेको छ । स्वतन्त्र तथा वरिष्ठ फोटो पत्रकार दिपेन्द्र बज्राचार्यको निम्तो र जितेन्द्र बज्राचार्यको पहलमा पाएको यो अद्भुत मौकामा निकै अनुभव संगाल्न पाँए । अग्रज पत्रकारद्धय कुन्दन अर्याल र तारानाथ दाहाल, वरिष्ठ पत्रकार रामप्रसाद हुमागाँईका अनुभव, अनलाईन पत्रकारिताको प्राविधिक पक्षका पाटोहरु सुरज अधिकारी र चन्द्र चक्रधरबाट उत्खनन् गरि दिनुभयो ।

हुन त युनिकोड लेखनको प्रारम्भसँगै ५ वर्षअघिबाट व्लग चलाएको थिए । समय र परिवेशका विभिन्न पाटोहरुमा मनका वह कलमबाट पोखेको थिए । अनि पत्रकारिताको फड्को र पाठकको स्वादमा ध्यान राखेर अनलाईन पत्रिका डटकम शुरु गरेको झण्डै डेढ वर्ष पुगेको थियो । कसैबाट शिक्षा वा प्राविधिक पाटो नसिकेर आफ्नै रातदिनको प्रयासमा यी सबै कामहरु गरेको जाहेर गर्दा मनले गर्व गरिरहेको छ ।

साथै, छापा संस्करणका समाचार र अन्र्तवार्ता कम्प्युटरमा औला चलाउने, तस्वीर खिच्ने, सम्पादन, डिजाईनदेखि बजारसम्म पत्रिका ल्याउँदाको सबै पाटो सम्हाल्ने मै मात्र बनेको छु भन्दा खुशी लागेको छ । यस्तै सन्दर्भहरुबाट मलाई के लाग्छ भने अरुबाट कामको आशा गर्दा त्यो समयमा हुँदैन । त्यसैलै आफुसँगको यात्रामा गाँसिने कामहरु सिकिराख्दा रमाईलो लाग्ने रहेछ ।

यस्तै सुखद र हर्षित अवसर थियो अनलाईन पत्रकारिताको अवसर । यो मौकाबाट मलाई लागेको छ मेरो १ दशकको पत्रकारिता यात्रामा भर्खरै १०० मा ५ कुरा सिकेको छु । छापा पत्रकारिता, रेडियो पत्रकारिता, टिभी पत्रकारिता, अनलाईन पत्रकारिता र नागरिक पत्रकारिता । अनि यही पत्रकारिताको प्रारम्भ गरिएको अनलाईन भित्ते पात्रोमा घोषणा गरिरहेको छु की यात्रा बल्ल शुरु भयो ।

खोला जस्तै निरन्तर अघि बढ्छ जिन्दगी । एकदिन जिन्दगीले विश्राम लिन्छ । यो खोला जस्तै निरन्तर बगिरहन सक्दैन । यही त एउटा अवस्था हो जिन्दगीको विवशता । त्यतिखेर सोचिएका कार्यहरू र योजनाहरू कुनै पनि सफल हुदैनन् । मान्छेका रूपमा यहाँ धरतीमा ओर्लिएपछि केही गर्नुपर्छ यो जिन्दगीमा भनेर मनसाय बन्दोहोला । नत्र किन संसारमा त्यति महापुरूषहरू जन्मे र गए ।

यो भीडमा साधारण म मात्र होईन । सबै मान्छेहरू लागीरहेका छन् । वश म पनि त्यो माहौलको एक लालायित मान्छे त हु । जिन्दगीका खुड्किलो चढेर जिन्दगीको अन्तिम शिविरमा पुगेको अनुभुति संगाल्दा अझै धैरै कुराहरू पो गर्न बाँकी रहेछन् । आफ्नो योजना र सोचाईका एक अंश बराबर पनि गर्न नसकिएको जस्तो मनले भनिरहेछ । म भित्री स्वरलाई एक तमाशले मौनता साँधेर सुनिरहेको छु । आखिर आफ्नो मनले चाहेको गरेको थिए । यद्दपी किन फेरि बाँकी मात्र रहन्छन् जिन्दगीमा निकै कुराहरू ।

जिन्दगीको यात्रामा अबरोधहरू निकै हुन्छन् । आरोह र अवरोहका पहाडहरू पनि बिचमा आउन्छन् । त्यसलाई सुधार्ने पनि गाहो हुन्छ । आखिर यही नै रीत हो जिन्दगीको । चाहेका कुराहरू भन्दा पनि नचाहेका कुराहरू हुन पुग्छन् । सानो ठुलो कुनै पनि होस् । एक बिता तल खरानी र एक बितामाथि धुँवा । आखिर जिन्दगी भन्नु खै – जिन्दगी त के हो र – आज छ भोली के ठेगान – यो दिर्घकालीन हुन सक्दैन । न त नदी जस्तै लगातार बहन नै सक्छ । फेरि यो समय जस्तै गतिशिल पनि त छैन । कुनै पनि अवस्था सँग बेमेल जिन्दगी त्यसै त्यसै बित्छ । चाहेर भन्दा पनि नचाहेर बढी । आखिर सोचिएका कुरा भन्दा पनि ज्यादा नसोचिएका कुराहरूको बिगबिगी रहन्छ । जे आफ्नोपनबाट भगाउन चाहन्छौ त्यो नै यांवत भईरहन्छ । खै आखिर जिन्दगी रहुन्जेल लिईएका उद्देश्यहरू पुरा हुन्छन् त ? शायदै कमै मात्रका पनि भएका छन् होला ।

यही हो वास्तविकता । त्यसलै यी कुराहरूबाट के प्रस्ट हुन्छ भने जिन्दगीको अवधि छोटो छ र गर्नुपर्न कुराहरू सयौ छन् । तरपनि सदा हामीले नचाहेर पनि सफल हुने एउटा सत्य छ । त्यो हो मृत्यु ।

जिन्दगीमा धैरै कुरा गर्न बाँकी छ ।
सबैभन्दा ठुलो कुरा मर्न बाँकी छ ।।

कुरो व्यक्तिगतबाट जोडिएकोले माथिका प्रंसगहरु उठेका हुन् । पहिलो अबस्था फेरि छापातिर सम्बन्धित हुने सोच पलाएको थियो । तर सचारले मारेको फड्कोको साथमा अघि बढ्ने लालसा पनि थियो । त्यही भएर आधुनिक सचारजगत अर्थात साईट पत्रिका प्रकाशनतिर विचारलाई अन्तिम निष्कर्ष बनाए ।  यही योजनामा मित्र खोज्न थाले । विभिन्न वेव डिजाईनर भेटे । क्यानको ईन्फोटेकले मेरो योजनाबद्ध कदमलाई निकै सहयोग पुरयाएको छ । विभिन्न पक्षसित निकै गफगाफ पनि भयो । कामको बारेमा छलफल पनि भयो । मनले ती सम्बन्धहरु स्विकार गर्ने सकेनन् । यो मन निराश भयो । तर शुरुवातले नयाँ सम्बन्धको जन्म दिएको रहेछ । आधुनिक सम्बादयन्त्रमा अर्का एक साथी भेट्टिए । प्रथम यात्रा जस्तै यो पनि शुरु भयो । त्यो साथीको आत्मविश्वास र विश्वासीपनले मनमा आशा र कामको योजनाहरुले निर्णायक विसर्जन पाउनेमा ढुक्क भएँ ।

मेरा सम्पूर्ण १७ माननीय मित्रहरु, वातावरण पत्रकार समूहका सहजमानजी, जितेन्द्रजी, धुर्बजी, ओमजीलगायत मिठो परिकारका पस्किने दाजुहरु, अग्रज पत्रकार कुन्दन सर, तारानाथ सर र रामसर । साथै, अनलाईनको प्राविधिक पाटो प्रदर्शनको ज्ञान बाँड्ने सुरजजी र चन्द्रजीमा मेरा सम्पूर्ण सब्दहरु समर्पित गर्दे पहिलो र अन्तिम सब्द कोसेलीबाट बिदा । यहाँ शहरबाट शब्दहरुको थलोमा बिविध लेखन जारी रहनेछ ।

अस्तु

Explore posts in the same categories: म र मेरो कुरा, मेरो लेख

ट्यागहरु: , , , ,

You can comment below, or link to this permanent URL from your own site.

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )


%d bloggers like this: