मन्त्री बनेका मित्रलाई बधाई !

मंसिर १, २०६८ अर्थात नोभेम्बर १७, २०११
बिहिबार

अलिकति टाउको दुखेको छ । दिउँसोबाट टाउको दुख्न थालेको हो । अहिले ८.२५ बजेको छ । सत्य लेखनको साहस त्यत्ति सहज लागेको छैन । तरपनि बाचा र अभियानलाई निरन्तरता दिने प्रयास गरिरहेको छु ।

आज ६ बजे उठे । बिहानै देखि आत्मिय दाजु SK मा जाने इच्छा उठ्यो । धेरै दिनभयो जान तम्सिएको तर के मिलेन मिलेन । नियमित भन्दा आज अलि चाँडो उठेको हो म । रेडियो सगरमाथाको खबर पत्रिका सुन्दै बिहानी नित्यकार्य सिध्याए । दैलोमा आइपुगेको नागरिक दैनिकको खबरसँगै चियाको चुश्की । लगभग ६ महिना भयो ग्राहक बनेको । त्यसपछि इन्टरनेटमा व्यस्त हुने दाऊसँगै फेसबुकमा । आज मंसिरको पहिलो दिन । अभियानको प्रारम्भलाई राम्रो साइतमानेर सत्य लेखनको साहस भन्दै स्टाटस अपडेट गरे । लगभग २० मित्रहरुले मनपराए र केही कमेन्ट पनि पाएँ ।

त्यहीबेला अमेरिकी मूलका अमेरिकन भान्जी एच् सँग सम्बाद भयो । केही दिन अघिमात्रै साथी भएका हौं हामीहरु । मेरो उमेरभन्दा निकै सानो भएकोले उनीले अंकल सम्बोधन गरिन् भने मैले भान्जी । उनी आफ्नो देशमा प्रसिद्ध तरवार नृत्य गर्ने प्रख्यात कलाकार पनि हुन् । केही महिनापछि नेपालको पहिलो भ्रमणको तयारी गरिरहेकी उनले आमासँगै नेपाल आउने सुनाइन् । म स्वर सम्बाद गरिरहँदा श्रीमती सुनिता बाटाजुभने छोराछोरी संस्कृति र संस्कार लाई विद्यालय पठाउने तयारीमा व्यस्त ।

नियमित झै १० बजे खाना खाएँ । आज मदनस्मारक विद्यालयको ५६ औं विद्यालय उत्सव रहेछ । निम्तो मान्दै पुगे र आधा दर्जन कमरेडहरु (BP, MR, AS, MA) सँग भेट भयो । कुराकानी भयो । धैरेबेर कार्यक्रममा बसिएन । आज श्रीमतीले खोलेको होस्टेल प्रचारार्थ केही क्याम्पसमा पुग्न सहयोग मागिन् । योजना मुताबिक कार्यक्रमबाट ECO (AL), CU (PP) मा पुगियो । परिचित भएकोले प्रिंसीपलले राम्रो सत्कार गर्नुभयो । वहाँले पेशागत समस्याका बारेमा कुरा उठाउँदै घण्टी बजिरहेको होला भनेर समस्यामाथि व्यङ्ग गर्नुभयो । जेहोस् थप सहयोगका लागि केही नामहरु दिनुभयो । फर्निचरको केही आर्थिक हिसाब किताब लिन बाँकी थियो । त्यो सल्टाउन पनि पुगियो आज । तर लेखापालको अनुपस्थितीले त्यो कार्य पुरा भएन । अचानक एकजना आत्मिय मित्र समानका मन्त्री बनेको र बधाई दिनुपर्ने हुनाले फोन गरे । राम्रै कुरा भयो । उनी थिए माओवादी कोटाबाट मन्त्री बनेका हुन् KH । धन्न चिनेका रहेछन् ।

फोन सम्बादमै ललितपुरका पूर्व सिडिओसँग कुरा भयो । वहाँ अहिले काठमाडौंमा सरुवा हुनुभएको छ । साथै ललितपुर जिप्रकाको बारेमा ताजा गतिविधि बुझियो कर्मचारी स्रोतबाट ।

भ्रमणसँगै मुसालाई भीसा पनि किनियो लगनखेलमा । घर फर्किए । पत्रकार मित्र NS ले समाचार सल्लाहका लागि समय मागे । ललितपुर खेलकूद महोसत्वको समाचार सहयोगी बन्न आग्रह गर्दै आयोजक सदस्य समेत आइपुगे । एकघण्टा कुराकानी भयो । मंसिर ४ गते पत्रकार सम्मेलनको तयारीको बारेमा चर्चा भयो ।

कुराकानी हुँदै NPM का ललितपुर अध्यक्ष BP आइपुगे । वहाँसँग पनि पत्रकारिताका फड्कोको बारेमा नियमित हुने सल्लाह भयो । केही महिनाभित्रै प्रकासन गर्नै एक पत्रिकाको लागि स्तम्भकार हुन आग्रह गर्नुभयो । साथै पत्रकार सहयोग कोषको अवधारणामा हामी मिलेर अघि बढ्नुपर्नै र सहयात्राको वाचा भयो ।

साँझतिर कार्यालय जान मनलाग्यो । लगभग साताभन्दा बढी भएछ कार्यालय नगएको । आजबाट कर्मचारी बिदामा छन् । केहीबेर कार्यालयमा बसेर व्यस्त सडक हेरियो । अनि फर्किए घर । फेरि नयाँ विषयका बारेमा सल्लाह र गफ गर्न प्रशान्त श्रेष्ठ (अनलाइन पत्रिका डटकम) का प्रमुख डिजाइनरका पुगे । नयाँ शैलीको खाका सार्वजनिक गर्न योजनाबारे छलफल भयो । भोली उनको सवारी अनुमतिपत्र आउने भएकोले प्रशान्त निकै खुशी थिए । हाम्रो गफमा शोभा र संगिताको पनि उपस्थिती रह्यो । विषयगत वार्तामा उनीहरुको ध्यान केन्द्रित रह्यो । म ८.१५ मा घर फर्किए । शब्द कोरिरहँदा छोराछोरी सुत्ने तरखरमा छन् । म पनि निद्रादेवीको काखमा जाने तयारी गर्दैछु । टाउको दुखेको छ । भएका दैनिकी कोरेको छु । बिसर्िएका कुरा भनेको नियमित भेटिने मित्रहरुसँगको भेट मात्रै हो ।

अस्तु

सत्य लेखनलाई प्राथमिकता दिएको छु । नामलाई अग्रेजी वर्णमालाबाट छोटकरीमा उल्लेख गरेको छु ।

Explore posts in the same categories: दैनिकी, म र मेरो कुरा

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )


%d bloggers like this: