सत्य लेखनको साहस !

मंसिर १, २०६८ अर्थात नोभेम्बर १७, २०११
बिहिबार

जिन्दगीको किताबको हरेक पन्नाका हरेक शब्दहरु स्वतन्त्र हुन खोजिरहेका छन् । म माध्यम बनेर यसलाई पोख्न चाहन्छु । छर्न चाहन्छु । अर्थात खुल्ला किताब हुने तयारी गर्दैछु । सबैकुरा सबैसँग ‘प्रत्यक्ष’ राख्न गइरहेको छु । मन खोलेर कलमको निडर गति स्वतन्त्रपूर्वक हरदिन ढुक्कले मेरालागि । लेखनसँगै कम्युटरराईजबाट मुसा खेलाउँदै आधुनिक प्रकि्रयासँगै मेरा पारिवारिक, मित्रबन्धुका कुरा, पेशागत यात्रालगायत विविध पक्षहरु स्वतन्त्र खोल्नेछु ।

एउटा प्रयास अर्थात साँच्चै एउटा कठिन थालनी । सत्य लुकाएर देखाउने असत्यहरु कुल्चेर दिनका दैनिकी सार्वजनिक गर्न अभियानपनि हो यो । हरेक व्यक्ति आफैमा एउटा ग्रन्थ हो । बश यसैमा अडित हुँदै यो स्वतन्त्र अभियान प्रारम्भ गर्दैछु । एउटा फरक मत के पनि हुनसक्छ भने मेरा दैनिकीसँग अरुको के सरोकार ? तर सत्य के हो भने मेरो प्रयास र अभियान हो यो । यसमा कसैले मनपराउनु वा पढ्नुपर्छ भन्ने बाध्यात्मक परिवेश उत्थान भएको छैन ! यो सिलसिलाको अभिप्राय, परिचित मित्रहरु केही प्राप्ति गर्न सकोस् केही कण सिक्न सकोस् भन्नेपनि हो ।

आजसम्म मैले दैनिकी डायरीमा लेख्दै आएको छु । जुन म भित्र गुम्सिएका छन् । अब मेरा दैनिकी र कार्यविवरण विश्वभरका मेरा झण्डै दशौ हजार प्रत्यक्ष/अप्रत्यक्ष मित्रहरुले खुल्ला किताब सरह पढ्न र बुझ्न पाउनेछन । यसैसँग एउटा के कुरा जोड्न चाहन्छु भने मेरा दैनिकीमा धेरै मित्रहरुका प्रश्न थिए । कहाँ हराउनुहुन्छ ? कता गायब ? केमा व्यस्त ? आदि । अब सत्यकुरालाई हरेक दिन दैनिक अपडेट शुभारम्भ गर्दैछु । जसलाई पढेर बुझेर मित्रहरुले मलाई प्रश्न नगरोस् ।

यो अभियानको सोच निकै अघि देखि थियो । हरपल हरेक यात्राको खुल्ला सत्य सबैले थाहा पाओस् भन्ने घेय पनि हो । लेखन दैनिकीमा सिमित मेरा अपडेटहरु अब आधुनिक हुनेछन् । कुनैपनि बेला केही भइहाल्यो भनेपनि म सबैसँग खुलेको हुनेछु । बश यत्तिमात्रै हो अभियानको मुल उद्देश्य ।

मेरा केही शब्दहरु पढिदिनु भयो । यहाँहरुलाई सादर प्रणाम ।

अस्तु

Explore posts in the same categories: दैनिकी, म र मेरो कुरा

One Comment on “सत्य लेखनको साहस !”

  1. Pant,Dibakar, Currently in the US Says:

    Subin Jee,
    Wishing you all the best.Keep-up your your good works.I like your expressions and the way you have been adopted for the same.
    With warm regards,


जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )


%d bloggers like this: