दुबईमा खरेल बित्दा कसलाई दोष

मंसिर २, २०६८ अर्थात नोभेम्बर १८, २०११
शुक्रबार
९।३० बजेको छ शब्द कोर्ने तरखर गरिरहँदा । भर्खर खाना खाएर विद्युतीय डायरी लेख्दैछु ।
बिहान ढिला उठियो । नियमित सुन्ने खबर पत्रिका सुन्न पाइएन । नागरिक दैनिकपनि फेला परेन दैलोमा । बिहानी नियमित जस्तै बित्यो । हिजो यता चिया पिउन आउँन्छु भनेर वाचा गरेका SP, TS र TS आइपुगे । श्रीमती सुनिताले चिया बनाएर खुवाए । निकैबेर गफियौ हामी ।

होस्टेल बस्ने तयारीमा शोभाले सोधखोज गरे । राम्रै मानेछन् । घरतिर सल्लाह गर्छु भनेर बिदा भए ।

दिउँसो ११ बजेतिर नेवाः प्रेस दबु नेपाः का केन्द्रिय अध्यक्ष नरेन्द्र श्रेष्ठ र महासचिव विनोद रंजितसँग बैठक भयो । छलफलको एजेण्डा थियो मेरो आयोजनामा हुन गइरहेको चियापान । यसबारे उनीहरु धारणा र मेरो अन्तिम खाका प्रस्तुत गरे । म नेवाः प्रेस दबु नेपाः ललितपुर जिल्लाको अध्यक्ष । बैठकको निष्कर्ष पछि बाहिरियौं ।

बाहिरिने क्रममा मेरा पुराना गुरु DR भेट भयो । वहाँले निकैबेर पत्रकारिता यात्राका बारेमा सोध्नुभयो । वहाँले आफ्नो कार्यालयमा लग्नुभयो । सारै बेफुस्रदी DR सरले निकै समय दिनुभयो । मेरो लेखनका बारेमा सोध्नुहुँदै जनआस्थातिरको समाचार यात्राका बारेमा जिज्ञासा राख्नुभयो । वहाँले आगामी दिनको यात्रालाई सदा झै शुभकामना र आर्शिवाद दिनुभयो । यसैबीच मेरा दुई साथीलाई वहाँसँग परिचित गराएँ । गुरुले प्रसंग केलाउँदै भन्नुभयो यसले (सुविन) ले गुरु पुर्णिमाको दिन सम्झेर फोन गर्छ ।

घण्टौ भेटघाटपछि म घर फर्किए । आज घरतिरै बसे । पुराना बाँकी केही समाचार फलोप अप र तस्वीर संकलनलाई केही फिल्टर गरे । साँझतिर भाई आइपुगे । एउटा कम्पनी खोल्ने तयारीमा रहेका डिजाइनर भाइले पुल्चोकको मेरो कार्यालयमा कार्य शुभारम्भ गर्न भएको छ । ग्राफिक डिजाइनका सम्पूर्ण कार्य हुनेछ त्यहाँ ।

साँझ बित्यो । जावलाखेलमा आमा (दिपक अंकलको आमा) हिजो बिमार हुनुभएछ । हतारमा अल्कामा लगिएछ । उच्च प्रेसरका कारण केही कमजोर हुनुभएका आमालाई भेट्न गएँ । अहिले हँसिलो र फुर्तिलो देख्नुभएको छ । निकैबेर बसेर गफियौं । श्रीमती सुनिताले पनि साथमा थिइन् । जावलाखेल घरमा जुनु आँटी ठूलो आँटी दिक्षा साउन र प्रजितसँग भेट भयो । ड्रमरमा राम्रो दख्खल राखेका प्रजितले फोटोग्राफीतिर कैरियर कस्तो छ भनेर सोधे । आफुपनि फोटो संगतको मोहले होला । यस्तो राम्रो कार्य ढिला नगर भनेर बरिष्ठ फोटो पत्रकार दिपेन्द्र बज्राचार्य दाजुद्धारा कुपण्डोलमा साचालित SCC मा सम्पर्क राख्न भने ।

घर फर्किन ढिला भयो । घरमा पुगे लगत्तै ताप्लेजुङबाट दुबईमा रोजगारीका लागि गएका नेपालीको मृत्यु भएको समाचार आयो । राजेश प्रसाईका अनुसार दुबईमा मृत्यु भएका राजु खरेलको कुनैपनि क्षतिपुर्ति नपाएको बताए । उनका अनुसार असोज २० गते लाश आइपुगेका र क्षतिपुर्ति रकमका लागि भने कतैबाट पहल नभएको जनाए ।

फेसबुकमा केही स्टाटस अपडेट र आफुलाई आएको कमेन्ट हेरियो । अनि दाजु SK कहाँ भोली आउँन्छु भनेर खबर पठाएँ तर जवाफ आएको छैन । खाना खाँदा होस्टेलका आधा दर्जन बहिनीसँग रमाइलो गफगाफ भयो । आज दुई नयाँ बहिनीहरुले होस्टेल हेर्न आएको श्रीमती सुनिताले जानकारी दिए ।

आज बढी समय घरमै बित्यो । मेरा केही शब्दहरु पढिदिनु भयो । यहाँहरुलाई सादर प्रणाम ।

अस्तु

Explore posts in the same categories: दैनिकी, म र मेरो कुरा

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )


%d bloggers like this: