देश बनाउने भन्दा बढी छन् डुबाउने !

मंसिर ३, २०६८ अर्थात नोभेम्बर १९, २०११
शनिबार

दैनिक सत्य लेखनको साक्षी बनिरहँदा ८.३१ बजेको छ । आज ६.३० मा उठेँ । रेडियो पत्रिका सुन्दै नित्यकर्म सिध्याएँ । नागरिक दैनिकको शनिवारिय अंक विशेष लाग्छ हरेक साता । आजपनि आँखा दौडियो अक्षर पृष्ठमा । भवसागर घिमिरेद्धारा लिखित ‘पोखराको घरपति र किर्तिपुरको डेरावाल’ उत्कृष्ट लाग्यो । भवसागर र मेरो सहयात्राले ६ महिना उत्साहपूर्ण साथ लिएको थियो । नागरिक दैनिकको जूनकिरी विशेषमा बालबालिका सम्बन्धित फिचर र आवरण लेख्ने क्रममा हाम्रो परिचय र सहयात्रा भएको हो । सारै मिहिनेतीको दर्जामा भवसागर मित्रलाई राखेको छु मैले ।

नागरिक दैनिकबाट बिबिसीतिर जागिर सरुवा भएपछि हाम्रो भेट भएको छैन । तापनि एउटा परिचित छबि बसेको छ आत्मिय शैलीमा । हाम्रो भेटको साइनो ढिला भएको मात्रै हो । नत्र एन्टेना फाउण्डेसनमा हाम्रो भेट हुने थियो । मैले ८ महिना कार्य गरेको फाउन्डेशनमा हाम्रो नजिकता हुनसकेन । रेडियो पत्रकारिताको ज्ञान हासिल गर्न फाउण्डेसनमा निवेदन दिइयो । अन्र्तवार्तामा उतिर्ण भएँ । अनि सिक्न पाइएको रेडियो पत्रकारिताले मेरा प्रत्यक्ष रिपोर्ट र स्वरहरु देशभर र रेडियो सगरमाथामा समेत बज्ने मौका पाएको थियो । मेरो विदेश साइत जुरेकोले २००६ मा फाउण्डेसन छोडेको थिएँ ।

अहिले स्वदेश रहँदापनि मधु आचार्य (छोड्नुभयो), अरविन्द गिरी (छोड्नुभयो), गंगा गुरुङ (छोड्नुभयो), राजन पराजुली, किरण श्रेष्ठलगायत भानु बोखिम (छोड्नुभयो), कल्पना भट्टराई, सुषमा पाण्डे (छोड्नुभयो), आरती शर्मा (छोड्नुभयो), अभिमन्यु निरबीआदि सँगका उठबस अझै ताजै छ ।

बिहानै आज सशस्त्र छावनी तिर गइयो । पशुपतिको यात्रा सिद्राको व्यापार जस्तै जर्मनबाट आएका दाजुलाई भेट्ने मौका मिल्यो । फेसबुकमा चिनाजान भएका वहाँले भेट्न निम्तो दिनुभयो र गएँ । साथमा सुनितापनि । निकै लामो गफ भयो । देशका ’boutमा चिन्ता लगानी र अस्वच्छ वातावरणका ’boutमा भलाकुसारी भयो । वहाँले नेपालका राम्रा प्रोजेक्ट ल्याउन स्व। गिरिजा प्रसाद कोइराला, प्रचण्ड, आईजीपी रविन्द्रप्रताप शाहलगायत विशेष व्यक्तित्वहरुसँग भेटघाट गरिसकेका रहेछन् । तरपनि तानतुन सम्झौताका कारण प्रोजेक्ट खेस्रामा सिमित रहेको गुनासो गर्नुभयो । सबै निकायमा प्रोजेक्ट लग्दा हामीलाई कति प्रतिशत भन्दै प्रश्न गर्ने र देशको लागि भनेर सम्झाउँदै गर्दा वेवास्ता गरेको तितो अनुभव सुनाए दाजुले । अब केही महिनामा चाँडै एउटा नयाँ समूहको बिस्तारसँगै हाम्रो सहयात्रा अघि बढाउने निचोड निस्कियो ।

मिल्क कफी, व्याल्क कफी र अण्डा नास्तासहित बिदा भयो । दुई यात्री बाहिरै होटेलमा गयौं । फाई मम र स्टिम ममको स्वाद लियौं । घर पुग्दा ४ बजिसकेछ ।

फॆसबुकको द्धार खोले । केही अपडेट हेरे । अमेरिकी मूलकी भान्जी पर्लले सम्बोधन गरिहालिन् । फेरि कुराकानी शुरु भयो । उनको ठूलो बुबा क्यान्सरले थलिएको खबरसँगै आउँदो मंगलबार नर्वे जाने तयारी गरिरहेको बताइन् । पारिवारसहित जान लागेकी भान्जी ८ दिन नर्वेमा रहनेछिन् ।

कुराकानीसँगै एकछिन पूल्चोकतिर निस्किए । पुल्चोकका ठूला घरहरुको मनोमानी घरभाडा बढाइएको रहेछ । साथै अस्पताल सचालनका लागि घरपतिहरुलाई घरभाडा उच्च दिने सम्झौतासँगै पुराना वहालवाला हटाउने भएको जानकारी पाइयो ।

घर फर्किएर मासुको केही परिकार एक गिलास बियर पिएँ । अनि यही क्रममा रोहित शेट्टीद्धारा निर्मित गोलमाल हेरियो केहीबेर । मिथुन चक्रबर्ती मलाई मनपर्ने नायकपनि हो । उनको अभिनय वाहवाही छ नै । बिहानैदेखि आत्मिय दाजु SK को जान्छु भनेर तयारी गर्दागर्दै सकिएन । त्यसमा फेरि वहाँले ‘सुविन तिमीलाई सधै स्वागत’ भनेर शब्द निमन्त्रणा पठाउनु भएको रहेछ । अब जान्छु मिलाएर । साइत नमिलेर जान नपाएको मेरो धारणा छ ।

जे होस् आज रिङरोडको दर्शन गरियो । अरु दिन ठिकै रह्यो ।

मेरा केही शब्दहरु पढिदिनु भयो । यहाँहरुलाई सादर प्रणाम ।

अस्तु

Advertisements
Explore posts in the same categories: दैनिकी, म र मेरो कुरा

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )


%d bloggers like this: