पत्रकारको नपच्ने प्रबृति !

मंसिर ४, २०६८ अर्थात नोभेम्बर २०, २०११
आइतबार

आपने धुनमे रहेता हुँ
मै भी तेरे जैसा हुँ

गुलाम अलीको स्वरको यो गजलको आनन्दसँगै हिजो निद्रादेवीमा लीन भएँ । आजको दैनिक सत्य लेखिरहँदा ९।३१ बजेको छ । आज बिहान खबर पत्रिका सुन्ने समयभन्दा ढिला उठियो । नागरिक दैनिक पढियो । हिजो फेसबुकका एक मित्र हिमाल दाहालले विज्ञापन र पत्रकारितालाई जोडेर नागरिक न्यूजले आफ्नो व्लगमा राखेको एनसेलको ठगी शिर्षकमा ताली बजाएका थिए तर त्यो सत्यले छापा संस्करणमा स्थान पाएनन् । अचम्म । यो हुनु नै थियो भयो ।

बिहान इन्टरनेटमा भुलियो । दिउँसो १२ बजेतिर बैंक गइयो । आज कार्यालयको भाडा दिने २ दिन बढी भइसकेको छ । हिजो र अस्ति व्यस्तताका कारण यो सम्भव भएन । आज कार्यालय र स्टाफलाई तलब दिने योजना पुरा भएन । किनकी ललितपुरको एक क्याम्पसले होस्टेलको संयुक्त बैठक बोलाएको थियो । अनि सुनितालाई लिएर पुगे । राम्रै कुराकानी भयो ।

त्यसपछि एउटा पत्रकार सम्मेलनको निम्तो थियो एलिनास बेकरी क्याफेमा । ललितपुरमा पहिलो पटक आयोजना हुन लागेको खेलकूल महोत्सवको तयारीबारेको सम्मेलनमा पत्रकार मित्रहरुसँग भेट भयो । सम्मेलनको विषयभन्दा फरक विषयमा हाम्रो कुरा भयो । सातदोबाटोको आत्महत्या काण्डको समाचार हालेको भनेर नयाँ सडक हातमा दिए मित्रले । यसबारे फलोप कस्तो छ सोधे । साथै अमृत तिमिल्सिना, सविन शर्मा, पूर्णिसंह बराइली, सिबि अधिकारी, अन्जली रम्तेल, गोमा पाण्डे, ज्ञानप्रसाद पौडेल, साइला तामाङलगायत सँग भेटघाट भयो । कार्यक्रमा एक राष्ट्रिय दैनिक तीन पत्रकारसमेत सो सम्मेलनमा उपस्थित थिए । नजिकैका पत्रकार मित्रले यसबारे कुरा काटिहाले । उनी भन्दै थिए ‘कुन चाहिले पत्रकार भेलाको नाममा पत्रकार खर्च पचाए ।’

आज भोजको निम्तो थियो नक्शालमा । सुनिताको पोखरा साइनोबाट पर्ने मामाको छोरी विवाहको भोज । त्यसमा गइयो । पिइयो । नपिउने बानी परेको यो ज्यानले जीवन जिउने कलासँगै थोर बहुत पिउने मात्रै हो । तर सामाजिक तौर तरिकाबाट मात्र ।

आजको भेटघाट निकै उत्कृष्टपनि छ । किनभने भूकम्पविद्का रुपमा नाम कमाएका सुर्यनारायण श्रेष्ठ, वरिष्ठ मुर्तिकारका रुपमा विश्वभर नाम कमाएका पूथ्वीनारायण श्रेष्ठ, पोखराका वरिष्ठ एमाले नेता शंकरनारायण श्रेष्ठ आफ्नै मामा ससुरा पो परेछन् । भेटघाट भयो । मेरो पेशागत यात्राको सोध्ने कार्यपनि भयो । जे होस् पिइयो । रमाइयो । मामासँगको पहिलो भेटको साइनोलाई स्मरणीय बनाउने मौका त्यसै छोडिएन ।

परिवारसहित पुगेको भोजबाट ९ बजेतिर फर्किएका हौं । चिसो रातको सवारीयात्राबाट सुनिता खुब चिसिए । छोराछोरी जुनु आँटीसँग ट्याक्सीमा आएका हुन् । साथमा दिक्षा आँटी र सुजातापनि थिए ।

फर्किदै गर्दा कुपण्डोलमा दुई जना युवकले एउटी युवतीलाई जबरदस्ती तानिरहेका थिए । मलाई सुनिताले उत्रिन दिएन । अनि प्रहरीको १०० मा खबर गरे र घटना टिपाएर चित्त बुझाए । केही मिनेटपछि जावलाखेल प्रहरीबाट घटनाको विवरण माग्न फोन गरे । जे देखे त्यो जानकारी गराएँ ।

आजको दिनलाई लेख्न सकिँदैन की भन्ने लागेको थियो । किनभने लागेका अनुभुतिमा शब्दहरु जापानी रेलको गतिमा दु्रत छन् । बिचरा छोराछोरी भने गृहकार्यमा व्यस्त छन् । अनि सिकाउँदै व्यस्त सुनिता । म भने आँखा खोल्न सक्ने अवस्थामै छैन । हुन त मलाई लागेको छैन । मलाई थाहा छ । एकपटक मुर्तियातिरको लामो यात्रा गर्दा पिउने समूहले भनेका थिए ।

एक माना पिए शिरमा
दुई माना पिए थिरमा
तीन माना पिए भीरमा

अहिले म एकमानाको हिसाबमा पनि नपुगेको स्थिती हो । तर कताकता, थकानका कारण र थोरै पिएका कारणमात्रै ‘लागेको’ जस्तो अवस्था छु । ‘लागेको’ हो भने लामोदुरीको रात्रीकालीन यात्रा कसरी सम्भव हुन्थ्यो र ?

अस्तु

मेरा शब्दहरु पढिदिनु भयो । यहाँलाई सादर प्रणाम ।

Explore posts in the same categories: दैनिकी, म र मेरो कुरा

ट्यागहरु:

You can comment below, or link to this permanent URL from your own site.

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )


%d bloggers like this: