अपरिचित स्वरले पार्यो आपत्त

मंसिर ६ २०६८ अर्थात नोभेम्बर २२ २०११
मंगलबार

सुत्ने तरखर गरिरहँदा कान्तिपुर एफएममा भावसंवेग बज्ने दिन थियो । अघिल्लो साता रिमाइण्डरमा राखेको तालिकाबारे जानकारी भयो । एउटा कविता वाचनको लक्ष्य लिएर फोन गरे । चारपटक फोन लाग्यो तर उठाउने बेला अरु श्रोताको पर्ने । आजको लक नै खराब जे होस् फोन लाग्यो तर कविता सुनाउन पाईएन । तरपनि कार्यक्रम सुनियो ।

शब्दको प्रारम्भ गरिरहँदा १०.१० बजेको छ । सपरिवार सुतिसके । टिभी कोठाबाट आरनल्ड स्विजनरको इरेजर फिल्म केहीबेर हेरेर आएँ । टिभी हेर्ने सुरमा म्यान भस्रेज वाइल्डको नयाँ सिजनपनि हेर्न गर्छु म । मेरा पि्रय टिभी सो मध्ये डिस्कभरीको बेर लिर्नेल्डको म्यान भस्रेज वाइल्डपनि हो । नियमित श्रृंखलामा मेरो समय यसमा पनि बिताउने गर्छु ।

बिहान ढिला उठियो । सदाझै नागरिक दैनिक हातमा । अनि हिजोको प्याकुरेल स्टोरीको फ्लोप प्रारम्भ गरे वरिष्ठ डाक्टरसँगको सम्बादमा । बिहानैबाट सम्वाद र भेटवार्ताले केही नयाँ कुरा उठिरहेको थियो । अस्तिको दिनमात्रै अर्थविद्को घरतिर र वरिपरि छिमेकीसँग केही जानकारी बटुलेको थिए ।

आज प्याकुरेलजीका जीवनसंगिनीसँग पनि कुरा भयो । धेरैबेर कुरा हुँदा निकै किस्साहरु खोल्नुभयो । जानकारीको लागि धन्यवाद भन्दै अस्पताल स्रोत डाक्टरलगायत पारिवारिक स्रोतलाई आभार प्रकट गरे । लगभग दुईदिनको सोधखोज र तीनघण्टाको समयमा स्टोरी लेखेर सिध्याए ।

आज एकपटक फेरि अर्थविद् प्याकुरेलका बारेमा ताजा खबर पस्किएँ फेसबुक मित्रहरुमा । अनि प्रत्येक ताजा विवरण दिइरहनु भएका पेन लभरका संस्थापक अध्यक्ष किशोर पहाडी दाजुलाई यो विवरण दिएपनि वहाँ खुशी हुनुभयो । यता फेरि प्याकुरेलजीको घरमा पूजापाठ चलिरहेको थियो । अनि समाचारका लागि पारिवारिक स्रोत बनेकालाई यो खबर दिए । वहाँले हर्ष प्रकट गर्नुभयो । हुनसक्छ भगवानले पूजा स्विकार्नुभयो ।

उता पत्रकार महासंघका ललितपुर अध्यक्ष पूर्ण सिह बराइलीको मोबाइल हराएकोले नयाँ सिम लिन साथी गइयो । केही ताजापनको महसुससँगै योजना बुन्दै चियापान थियो । थापाथलीका बम बिष्फोटको समाचार आयो । त्यतातिर दौडियो एक्लै । अनि सदा झै फेसबुक अर्थात फस्ट ब्रेकको रणनीति अनुसार स्टाटस अपडेट गरे । मिनेटमा निकै कमेन्ट प्राप्त भएको थियो । थापाथलीका दुइवटा बम राखिएका रहेछ । एउटा विस्फोट भयो अर्का बम डिस्पोजल पारियो ।

आज पुराना साथीहरुले धेरैबेर सम्झिए । समाचार पठाउन आग्रह समेत गरे । तर विविध कारणले समाचार पठाउन असमर्थ बने ।

आज पूर्व स्वास्थ्यमन्त्री घरमा आउनुभयो । चियापानसँगै वहाँले निकैबेर मेरो मित्रताको गुणगान गाउनुभयो परिवार सामु । म बबुरो लाजले भुतुक्कै । म भने मित्र वा दाजु भन्न नसकेर मन्त्रीज्यू भने आदरपूर्वक सम्बोधन गर्दै कुराकानी गरिरहे । मेरा सम्पूर्ण परिवारसँग वहाँलाई परिचित गराएँ ।

कु्राकानीमा उनका सहोदर भाईपनि मेरा साथी नै परेछन् । लगभग २० दिन चितवन बसाइर्ँको क्रममा आत्मियतापूर्वक सहयोगी साथी बनेका भाइले अहिले अष्टे्रलियामा पिएचडी गर्ने गएको थाहा पाइयो ।

आज आधा दर्जन नयाँ अनुहारसँग चिनापर्ची भयो । पुराना मित्रहरुसँग सम्वादपनि । आजदिन एउटा अपरिचित नम्बरले फोन गरेर सारै दुःख दिए । महिलाले बारम्बार फोन गरेर हैरान पारे । फोन नगर्नु है भन्दाभन्दै पनि दिक्क बनाए । तपाईले के गर्नुसक्नु हुन्छ ? भन्दै पटकपटक जिस्किरहे । बिन्ती गरे । यो गलत नम्बर भनिरहे, मान्दै मानेनन् । बाध्य भएर केहीघण्टा स्विचअफ समेत गरेर राखे । आफ्नै कार्यालयमा केहीबेर बसे । आजपनि केही हिसाब यथावत् नै रह्यो ।

मलाई लाग्दैछ मेरा धेरै कामहरु बाँकी छन् । अपुरो कामहरु निरन्तरता दिन सकिएको छैन । केहीदिनमा यसलाई व्यवस्थित बनाएर लग्छु भनेर विश्वास लिएको छु ।

जिबीलामासँग सम्पर्क यथावत छ । उनको बाँकी नगद हिसाब नदिएर मलाई तनावमा पारिएको छ । सम्बन्धित पक्षले ‘नरिसाउनु सुविन जी’ भन्दै यो सुक्रबार पक्का भनेर समय दिएका छन् ।

अस्तु

मेरा शब्दहरु पढिदिनु भयो । यहाँलाई सादर प्रणाम ।

Explore posts in the same categories: दैनिकी, म र मेरो कुरा

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )


%d bloggers like this: