धन भएर मन नहुनेहरूको धाकै ठूलो

मंसिर १४, २०६८ अर्थात नोभेम्बर ३०, २०११
बुधबार

नेपाल खबर सुनेर सुत्ने तरखरमा लागे । नारायण गोपाल र अनुप जलोटाका सुमधुर गीतहरूमा एकाध घण्टा भुले । झयाप निद्रा लाग्यो । आजको दैनिकीसँगै शब्दहरू कोरिरहँदा ९.२० भएको छ । आज ढिलै उठियो । यताउता गर्दा दिउँसो १२ बजेतिर घरबाट निस्कियौं । मसँगै पाजुपनि हुनुहुन्थ्यो । वहाँको काम र मेरो रिपोर्टिङ यात्रा संयुक्त जुराउन खोजेको मात्रै हो । धुम्वाराहीमा कोलनी काण्डको समाचार खोजसँगै ओम अस्पतालतिर एकघण्टा बढी बसियो ।

त्यहाँपनि समाचार स्रोतको खोजीसँगै उपचारमा आउनुभएका मल्जुका आफ्नै काम थियो । केही कुरा फेला परेको छ । त्यसलाई पुष्टि गरेपछि छापिने पक्का छ । किनभने ठगी र चर्का शुल्कमा बिरामीलाई हतास पारिरहेको उजुरी थियो त्यो । लगभग आधा रिङरोड र पाजुको काम सिध्याएर ६ बजेतिर ललितपुर प्रवेश गरेको थिएँ ।

उता फेसबुकबाट आत्मिय बन्नुभएका एक स्वतन्त्र नारीसँग भेटघाट भयो । हिजै मौका मिलाएर आउन्छु भन्ने वाचा थियो । वाचा नै थियो । तोडियो । व्यस्तताका कारण जान पाईएन । आज पुगियो निर्धक्क । स्वागतमा हँसिला र फराकिला व्यवहार प्रस्तुतिसँगै मिठो चिया पस्किएर निकै विषयमा कुराकानीको मौका मिल्यो । निकै व्यस्ततामा पनि सामाजिक क्षेत्रमा सहयोगी भाव राख्नु हुने वहाँलाई देखेपछि पैसा भएर अभिमान गर्ने देखेर मन चस्स बिझ्यो । वहाँको सक्रियता अझ नजिकताबाट नियाल्न पाएँ । लानु केही नभएपनि खति हुनेगरि राखिएका धनीहरूका सम्पत्ति देखेर दुःख लाग्यो । उनीहरूका बुद्धि किन खुलेन । त्यस्तै महसुस भइरह्यो सम्वादको समयभर । आखिर जति भएपनि कति दिनलाई नै हो र ? त्यागेर र छोडेर हिड्नुपर्छ नै । यो बेठेगान जिन्दगीबाट । सन्दर्भका किस्साहरू भेटको संयोग हुँदै ठूला चर्चित व्यक्तित्वहरूको संगत । यसबारेपनि रमाइला गफ भए ।

भोली चारवटा फरक कार्यक्रमको निम्तो आयो । दिउँसोतिर प्रहरी स्रोतबाट फेरि चोरीमा तीन छात्राहरू पक्रिएको जानकारी मिल्यो । तर यो शुक्रबारको घटना रहेछ । उनीहरूलाई सामानको मूल्य जरिवान गराएर छोडेको थियो । आजभने २२ वर्षिय युवक पक्रिएको रहेछ डिर्पाटमेन्टल स्टोरमा चोरी गर्दागर्दे ।

हाम्रै कुरा गर्नुपर्दा होस्टेलकी बहिनीको विषयमा केही चर्काचर्की भयो । बहिनी बेलुकातिर मात्रै फर्किए । अनि सुनुमाया रिसाए । उनको रिस न हो निकै कडा छ । सर्वाच्च शिखर जस्तै ठ्याक्कै चुच्चो । यता मेरो विचार भने नाङलो बजाएर हात्ती तर्साउने सुरमा । उनले कडा बुझेछन् क्यारे । भातनै नखाने गरि उठेर रिस देखाए । यो दुश्यले मनमा निकै धक्का लाग्यो । किन मलाई बोल्नु परेको होला ? भन्ने लाग्यो । तर म ढुक्क छु । हिजो जस्तै हाम्रो सम्बन्धमा झगडा र मतभेद परालको आगो जस्तो मात्रै हो । मलाई लाग्छ सुनुमायाले पहिला बोलेर हाम्रो रिसलाई बिर्सजन पार्नेछिन् । म त्यही कुर्देछु । उनी भने टिभीकोठामा हिन्दी सिरियल हेर्देछिन् । लाग्छ, चार्तुयता सिक्दैछिन् भारतीय च्यानलमा प्रसारित अभिनयबाट । अरू ठिकै रह्यो । धेरैसँग कुरा भयो । नयाँ बिषयमा समाचार खोजी भयो ।

अस्तु

मेरा शब्दहरू पढिदिनु भयो । यहाँलाई सादर प्रणाम ।

Explore posts in the same categories: दैनिकी, म र मेरो कुरा

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )


%d bloggers like this: