माओवादी भोजमा आतेजातेलाई काग्रेसको सत्कार

मंसिर १५, २०६८ अर्थात डिसेम्बर १, २०११
बिहिबार

हिजो दैनिकी पोष्ट गरेर सुत्ने तरखर गरिरहँदा पूर्णसिह बराइलीको फोन आयो । भोली ११ बजे हिमालयन होटेलमा दलित विषयक कार्यक्रमको निम्तोका लागि । अनि प्रजित ताम्राकार क्यामरा बोकेर आएको थिए । कसरी फोटोग्राफी गर्न सकिन्छ भनेर सल्लाह लिन । जानेको जति भने । अनि सदा झै प्रिय गजलमा डुबेर सुत्ने तरखर गरिरहँदा भुसुक्कै निदाए छु ।

यत्तिखेर शब्द कोरिरहँदा ९ बजेर १५ मिनेट गएको छ । आज सदा झै ढिलो उठियो । उठेपछि थाहा पाए मामा माइजु पोखरा हिडिसक्नु भएको रहेछ । अलमलको बिहानीसँगै हाम्रो चिसिएको सम्बन्धमा तातो सम्वाद हुन सकेको थिएन । हिजोदेखि बिग्रिएको सुनुमायाको मुड अझै बेठिक छ । निकैबेर सम्झाउने प्रयासमा फेरि ठाकठुक सम्वाद भयो नै ।

दिउँसो १२ नाघेपछि राष्ट्रिय समाचार समिति गएँ । भेटघाट थियो र समाचारको विषयमा कुराकानी थियो । सिध्याएँ । उताबाट फर्किएर आज कार्यक्रमको झण्डै चार ठाउँमा निम्तो थियो । प्रथम लगनखेलमा प्रदिप सिहको अध्यक्षतामा भएको कार्यक्रममा गए । भेटघाट भयो । आउनुभएको धन्यवाद दिएपछि त्यहाँबाट जिल्ला विकास समिति पुगे । निकै चहलपहल थियो । पुराना साथीहरू दिपक घिमिरे, नवराज सञ्जेल र सुनिल महर्जनलगायत दर्जनौ सचिवहरूसँग भेटघाट भयो । एलडिओसँग नयाँ पत्रकारिता कोषका बारेमा चर्चा भयो । सल्लाहका लागि सम्पर्कमा रहिरहन आग्रह गर्नुभयो ।

उताबाट जिल्ला प्रशासन पुगे । गाविस सचिवहरूले नयाँ सिडिओ चुडामणि शर्मालाई स्वागत कार्यक्रम राखेका रहेछन् । हामीपनि केहीबेर कुर्यो । तर चापाचापको परिस्थिती भएकोले नभेटिकन फर्कियौं । अनुसन्धानका अधिकृतसँग चिया खायौं र स्रोतका बारेमा छलफल पनि भयो ।

घर आएपछि राम्रो नराम्रो देखाउन जाने तयारीमा निस्कियौं सुनुमाया र म । देखाउने काम सकिएपछि एसके दाई कहाँ गयौं । निकैबेर बस्यौं । भाउजुले मिठा परिकारसँगै तागत बढ्ने झोल भ्याट ६९ पिलाउनु भयो । पहिलो पटक दाइको अफर नाई भन्न सकिन । दाईले सक्दो साथ र सहयोग गर्ने बताउनुभयो । फेरि विश्वासका कुराहरू उठे । इमान्दारिता र पेशागत स्वच्छ छवि आवश्यकता रहेकोमा कुराकानी केन्द्रित रह्यो । दाईले पत्रकारिता क्षेत्रमा तिमीलाई सबैले चिन्दो रहेछ र तिम्रो मार्ग गलत नभएको भन्दै हौसला दिनुभयो । परिवारसँग हाम्रो गफगाफ निकै रमाइलो भयो । अब आइतबार भेटेर थप सम्वाद अघि बढाउने कुरा भएको छ ।

फर्किदा ढिलो भइसकेको थियो । उता शान्त पहरीको प्रस्ताव पास गरेको खबर आयो । बजेट विनियोजित भएकोले कसरी काम सम्पन्न गर्ने भन्नेबारे सल्लाह र सहयोग चाहियो भनेर सम्पर्क गरे । भोली भेट्ने कुरा भएको छ । आँखाहरू थाकेका छन् । शरीर गलेको महसुस भएको छ । थाहा छ मलाई लागेको जस्तो अनुभूति भएको छ । मलाई यो पनि थाहा छ ।

एकमाना पिए थीरमा
दुई माना पिए शीरमा
तीन माना पिए भीरमा ।

अहिले म एक मानामा छु ।

केही दिनअघिबाट लेख्न प्रारम्भ गरेको दैनिकी नलेख्दा म सारै विचलित हुन्छ । दिनका घटना नलेखेसम्म मन व्याकूल हुन्छ । अहिलेपनि शब्द नलेखि सुत्ने तरखरमा थिएँ । तर बाध्य मनका कारण लेख्न बसे । लेखेर सिध्याएँ । लेखिरहँदा एकजना समाचार स्रोतको फोन आयो र । माओवादीमा अहिलेसम्मकै भव्य भोज भइरहेको जानकारी दिए । बिहे नारायणकाजी श्रेष्ठका भतिजीको रहेछ । जहाँ वरिष्ठ नेताहरूको उपस्थिती थियो । भोज ललितपुरको जावलाखेलस्थित एक पार्टी प्यालेसमा भव्य शैलीमा भएको थियो । भोजका पाहुनालाई सत्कारका लागि काग्रेसका रामचन्द्र पौडेल स्वागतका लागि बसेका थिए । दुश्य मजाकै थियो । चिसो साँझमा पौडेल उभिएर पाहुनालाई नमस्ते शैलीमा सत्कार गरिरहेका थिए ।

अस्तु

मेरा शब्दहरू पढिदिनु भयो । यहाँलाई सादर प्रणाम ।

Explore posts in the same categories: दैनिकी, म र मेरो कुरा

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )


%d bloggers like this: