जुत्ता लुकाउँदा डम्बर दंग

आखिर फेरि समयकै कुरा । उही समय फर्किएर आएजस्तै पुराना मित्रहरू एकै थलोमा भेट भयो । डम्बर क्षेत्रीको बिहेको निम्तोमा यस्तो माहौल बनेको हो । परदेश रहँदाका मित्रहरू यसरी भेट हुँदा खुशी लाग्नु स्वाभाविक नै हो ।

कतारमा बस्दा डम्बर र मेरो ग्रहदशाको योग विपरित थियो । सानोतिनो कुरामा तालमेल नमिल्दा बारम्बार पोलापोल र झगडा भइरहने । आजैपनि गौतम दाजुले भनिहाले, अहिले यहाँ भेट हुँदा खुशी लागेको छ । सबैले खुशीकै कुरा पोखे । आखिर परदेशबाट फर्किएर चारवर्ष पछिको भेट थियो यो ।

केहीदिन अघि मंगलबार निमन्त्रणा बोकेर मलाई खोज्न आइपुगे डम्बर । निकै खुशी लाग्यो । यही खुशीको बदलामा आज यो माहौलमा उपस्थित बनेको हुँ । जय श्रेष्ठ र परिवार, राजेश खड्गी, गौतम दाजु, चन्द्र र मोहनसँग केही घण्टा गफियौं । ललितपुरमा अवस्थित युनिभर्सल ताश एण्ड क्याफे सेन्टरमा । त्यहाँ विवाहको सबै बन्दोबस्ती थियो । उत्तै दुलहा र दुलही आए । वाचा गरे । पूजापाठ भयो । टिकाटालो भयो र साँझ डम्बर विवाहित पुरूषको तक्मा भिरेर फर्किए ।

योजना अनुसार डम्बर ढोरफिर्दीबाट विवाहका लागि जन्ती आएका हुन् । हामीपनि जन्तीकै कोटामा । साँझ एउटा माइक्रो र सान्ट्रो गाडीबाट नयाँ जीवनको प्रारम्भ । मित्र डम्बरले मैयाँ खड्कासँग जीवनयात्रा हाँक्न संयुक्त प्रण गरेका छन् ।

भोजको मध्य समयतिर डम्बरका सालीले उनका जुत्ता लुकाएर सात हजार माग गरे । उनले त्यत्ति रकम दिन मानेनन् । निकै जोडजुलुम गरेर बल्ल एक हजार पाँचसयमा कुरा मिल्यो । उनका सालीले जुक्ता उठाएर सार्वजनिक रूपमा निकै खिल्ली उडाउने काम गरे । हेर्नेले मजाले हेर्दे थिए तर हाम्रा साथी भएका कारण हामीलाई नरमाइलो महसुस भयो ।

दुर्लभ कुरा र भेटको संग्रहलाई तस्वीरमा कैद गर्न मेरो लालसा पुरा भएको छ । परदेशमा एकै कम्पनीमा काम गर्दा र रहँदा सँगै तस्वीर कहिल्यै खिचिएन । तर यस्तो आत्मिय मौका स्वदेशमा आएर जुरेको छ । धन्न दुई वर्ष परदेश बँसाईको चारवर्षपछि यहाँ सँगै तस्वीर खिच्न पाइएको छ । केही तस्वीरहरू यहाँ राखेको छु । परदेशबाट नव विवाहित डम्बर जोडीलाई शुभकामना दिन नभुल्नुहोला हैं ।

पालो मेरै पहिला

भेटघाटमा सबैका आ–आफ्ना कुरा भए । प्रगतिका कुराहरू साटियो । गौतम दाजुले नियमितरूपमा मासिक वा समय मिलाएर यस्तो भेटघाट गरिरहनु पर्ने कुरा उठाए । सबैले सहमति जनाए । पालो कसबाट शुरू गर्ने भन्ने थियो । मित्र चन्द्रको भर्खर बिहे भएको खुशी साट्न उनैबाट भेटघाट हुनुपर्ने कुरा उठ्यो । यद्दपी गोलाप्रथाबाट छान्ने की भन्ने निधो भयौं । मेरो खल्तीको सानो डायरीको पन्ना च्यातेर नाम लेखेँ । त्यसपछि सबैले एक/एकवटा कागजका टुकडा छान्यौं । धत्, पहिला नम्बर मेरो पो आयो । मजापनि नमञ्जापनि । आखिर निम्तोका लागि मेरो तयारीले पहिलो हुनेभयो । लगातारको हिसाबले दोश्रो, तेश्रो, चौथौ, पाँचो र छैठौमा चन्द्र, मोहन, राजेश, जय र गौतम दाजु पर्नुभयो । यसको उद्देश्य भन्नुनै हाम्रो सम्बन्ध र मित्रताको गाँठो दिगो राख्न हो भन्ने निष्कर्षमा पुग्यौं ।

फागुन ५, २०६८ तद्नुसार फ्रेब्रुअरी १७, २०१२ शुक्रबार

Explore posts in the same categories: दैनिकी, म र मेरो कुरा

One Comment on “जुत्ता लुकाउँदा डम्बर दंग”

  1. Ghanshyam Says:

    Oh my dear Subin, I am very much delighted after reading ur good article on marriage ceremony of our Good Friend Mr. Dambar. You have described all the events along with emotions of friendship, I like very much.


जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )


%d bloggers like this: