मेरो आफ्नै समाचार !

मेरो स्वास्थ्यस्थितीका बारेमा जिज्ञासा राख्दै भेट्न आउनु भएका पूर्वमन्त्री पम्फा भुषाल, एनेकपाका सभाषद् राजकाजी महर्जन, राजनीतिक तथा विशिष्ट व्यक्तित्वहरू, ललितपुर पत्रकार महासंघका टोली, पत्रकार महासंघका पूर्वसभापति धर्मेन्द्र झा, महासंघका केन्द्रिय महासचिव ओम शर्मा, जनआस्थाका सम्पादक किशोर श्रेष्ठलगायत प्रहरीका उच्च अधिकृत, राजनीतिक नेताहरू, एनेकपाका जिल्ला इन्चार्जलगायत मलाई प्रत्यक्षरअप्रत्यक्ष स्वास्थ्यलाभको कामना गर्नुहुने सम्पूर्ण अनुहार पुस्तक (FACEBOOK) का मित्रहरू, अग्रज दाजु तथा मित्रहरूप्रति आभारी छु ।

प्रत्येक दिन प्राप्त मित्रहरूका फोन, मैसेज र प्रत्यक्ष भेटघाटलाई मेरो दशक पत्रकारिता यात्राको उपलब्धि ठानेको छु । म घाइते भएको खबरलाई विशेष स्थान दिने कान्तिपुर दैनिक, अन्नपूर्ण दैनिक, गोरखापत्र र नयाँ जनदिशा दैनिक, संन्ध्या टाइम्स (नेपालभाषा), दि हिमालयन टाइम्स, खोजतलाश, अन्तरङ, अनलाईन पत्रिका, जनपुकार, नेपालीसमाचार, हङकङनेपाली, बगैचाँ, रसुवा खबर, कुबेतनेपाल, मुलबाटो, शेर्पावल्र्ड, प्रवासीनेपाली, पोखरापत्र, नेपालीकोरिया, नेपालीकोरिया, नमस्तेयुरोप, खबरसाइट, ब्रसेल्सनेपाल, गोर्खाअनलाईन, नेप्सटाइमलगायतप्रति आभारी छु । छापा माध्यमलगायत रेडियो र अनलाईनले समेत समाचारलाई स्थान दिएको थियो ।

म २०५६ सालदेखि स्पेश टाइम्स, हिमालयन टाइम्स, नेपाल समाचारपत्र, कान्तिपुर, अन्नपूर्ण, राजधानी (कतार संस्करण), गोर्खापत्र, नागरिक, जनआस्था र हिमाल, युवामञ्चलगायत तीनदर्जन दैनिक, साप्ताहिक, पाक्षिक र मासिक पत्रपत्रिकाहरूमा स्वतन्त्र पत्रकारिता गर्दै आएको छु । म समाचार सम्पादक र विशेष प्रतिनिधिका रूपमा एचकेनेपाल, ब्रसेल्स नेपाल, नेपालीसमाचारलगायत एक दर्जन समाचार साईटहरूसँग स्वतन्त्र आवद्ध हँदै आएको छु । फोटो पत्रकारिताबाट अघि बढेको पत्रकारिता यात्रा रेडियो र छापा हुँदै अनलाईन मिडियामा समेत सक्रिय छु । साथै म अनलाईन पत्रिका डटकम (onlinepatrika.com) तथा अनलाईन पत्रिका साप्ताहिकका लागि सम्पादक/प्रकासक छु ।

आजैपनि मलाई भेट्न आउनु भएका नेवा राष्ट्रिय पत्रकार दबुका सम्पूर्ण साथीहरूप्रति आभारी छु । एक दशक नाघिसकेको पत्रकारितामा यात्रामा मेरो प्राप्ति नै अग्रजहरू र मित्रहरूको माया भनेर ग्रहण गरेको छु ।

बुधबार किरण वैद्य पक्षधर कार्यकर्ताको मशाल जुलुसमा प्रहरीले हस्तक्षेप गर्न क्रममा तस्वीर भिडियो खिचिरहँदा मशालको आगो मेरो आँखामा गयो । आँखामा अध्यारो छाएपछि इर्मरजेन्सी पुगेँ । उपचारमा संलग्न डाक्टरले ‘आँखाको नानीको तल्ली भाग जलेको’ बताए । आँखाको बिन्दुमा लागेको भए म ‘अन्धो’ हुन्थे । डाक्टरले ‘भगवानले तँपाईलाई बचाउनुभएछ’ भन्दै आँखाका केही आईड्रोप राखे, मलम लगाएर पट्टी लगाए । अनि देब्रे आधा पुरै अँध्यारो ।

म आफु समाचार बनेको खबर धेरै साथीहरूले थाहा पाएछन् । अस्पतालमा पम्फा भुषाल, राजकाजी महर्जनलगायत वरिष्ठ व्यक्तित्वहरू तत्कालै आइपुगेर मेरो स्वास्थ्य स्थितिबारे जानकारी लिनुभयो । किशोर दाई र भाउजुपनि आउनुभयो । बिहिबारपनि दिनभर व्यस्त रहँ । वरिष्ठदेखि कनिष्ठ राजनीतिज्ञ, पार्टीगत नेताहरू र साथीहरू आउनुभयो । बिहिबार साँझ पुनः आँखामा असर बाँकी भनेर नयाँ पट्टी लगाए र तिलगंगातिर जानुपर्ने निचोड निस्कियो ।

एउटा सत्य के हो भने म स्वतन्त्र पत्रकारको रूपमा झण्डै तीन दर्जन दैनिक पत्र–पत्रिका, साप्ताहिक, पाक्षिक र मासिकलगायतमा आवद्ध हुँदै आएको छु । मैले कुन पत्रिकामा कति समाचार र तस्वीर सहयोग गरेँ । त्यसको संग्रहले मेरो पुरै एउटा दराज भरिएका छन् । यी शब्दहरू मेरा गृहमन्त्रीलाई टाइप गर्न लगाएको हुँ । बाँकी अंश बिस्तारमा लेख्छु ।

सुविन श्रेष्ठ

स्वतन्त्र पत्रकार

९८५१० ३७६२४, ९८४१ ८८२६८७

subin.photojournalist@gmail.com

subin@onlinepatrika.com

https://subin.wordpress.com

http://facebook.com/subinsir

http://twitter.com/onlinepatrika

Explore posts in the same categories: म र मेरो कुरा, मेरो लेख

ट्यागहरु: , , , , , , ,

You can comment below, or link to this permanent URL from your own site.

One Comment on “मेरो आफ्नै समाचार !”

  1. Dibakar Pant ( Purwa Sachib ) Says:

    सुबिनजी,
    हालमा बिदेशमै रहेको भएपनि देशको समाचार र घटनाको सम्भब भएसम्म दैनिक नै update नगरी निन्द्रानै नलाग्ने र चयनको महसुस नहुने भएकोले नियमीत update गर्दै आएपनि तपाइको यो दुख:द घटना भने मेरो जानकारी बाहीर हुनगएको रहेछ / भर्खर मात्र स्वयम् तपाइँबाट जानकारी हुँदा बडो दुख: लाग्यो / तर,जेहोस्,ईश्वरले साथ् भने दिएछन् र शरिरको सर्बाधीक महत्वपूर्ण अंग आँखाको दृष्टीलाई भने रक्षा भएछ जसको लागि ईश्वर प्रती आभारछु र तपाईको शीघ्र स्वास्थ्य
    लाभको कामना गर्दछु /


जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )


%d bloggers like this: