पाप र धर्मको हिसाबकिताब !

पाप र धर्म । समाजमा यी दुई पाटोको राम्रो हिसाबकिताब राख्ने मान्छेहरूको संख्या कम छैन । फलानाले पाप गर्यो, उसले धर्म गर्यो । ऊ कति ‘पापी’ । ऊ कति ‘धर्मात्मा’ । के मान्छेले मान्छेको पाप र धर्मको मापन गर्नसक्छ ? पक्कैपनि सक्दैन । फेरि किन हामीहरू पाप र धर्मका कुरामा अडिएर भगवानका शरणमा पुगिरहेका छौं ? एउटा सत्य के हो भने आस्तिकहरूको समर्पण सदा भगवानप्रति रहन्छन् । उनीहरू सदा फुर्सदमा मठमन्दिर पुग्छन् । धुपबत्ती गर्छन् । दर्शनमा भेटी चढाउन भुल्दैनन् । अनि मन्दिरको छेऊमा दुःखीलाई नदेखे जस्तैगरि छिःछि गर्दै घर फर्किन्छन् । जसले महाकवि लक्ष्मीप्रसाद देवकोटाका ‘कुन मन्दिरमा जान्छौं यात्री’ पढेका छन्, जसले परिभाषा बुझेका छन् । उनीहरूको श्रद्धा र भक्ति मन्दिरभित्रको ढुङे मुर्तिमा भन्दा गरिब मान्छेको सेवामा तत्पर रहन्छन् । केहीदिन अघिको रामनवमी । चैते दशैंका रूपमा धेरैले यसलाई धुमधाम शैलीमा मनाए । शुभदिन परेकोले म पनि संकटा मन्दिर पुगेँ । मन्दिरमा दर्शनका लागि बसेका लाईन चार फेरो घुमेको थियो । यति व्यापक भीडमा ठेलमठेल र पूजाआजाका साम्रागीको बिक्रीपनि अरू दिनभन्दा ज्यादा थियो । यहाँ धर्म कमाउने र बेच्ने ताँती गनी साध्यै थिएन ।

‘पाँचको दुईवटा बत्ती’देखि लिएर भगवानलाई ‘बती बाल्नुस्’ भन्ने भीडहरू यत्रतत्र त्यही दर्शनार्थीका भीडमा मिसिएका थिए । मन्दिर छेऊ पूजाको साम्रागी भनेर बेच्दै गरेकाले २० रूपैयाँ भगवानकै अघि ठगिरहेका छन् । पूजा गर्न आएकाले दश÷बीस रूपैयाँ हेर्देनन् । त्यसैको फाइदा कमाएर पैसा पोल्टामा बाँधिरहेका छन् । अचम्म यहाँ ‘कमाएका’ले धर्मका नाममा चढाएका छन् । ‘खाए खाओस्’ भनेर । अनि कमाउनेले ‘भगवान तिम्रै शरणमा छु’ भन्दै ठग्दै आइरहेका छन् । कसको भागमा कति धर्म पर्यो ? कसले कति धर्म बोक्यो ? कमाएकाले खर्चिएर धर्म कमायो की मन्दिरमा बती बेच्नेले माध्यम बनेर धर्म कमायो ? गन्न नसक्ने भीडका केही मान्छेहरू ग्रहदशा काट्न लामबद्ध छन् गुरूहरूका । बेफुर्सदी बनेका बाबाहरू मन्त्र जप्दै, शास्त्र पढ्दै राहुकेतु भगाउने ‘अभियान’मा लागेका छन् । दक्षिणाका नाम सयदेखि माथि चढाउन लगाएर मन्दिरकै सामु ‘ग्रहको दशा नाश’ गरिरहेका छन् ।

पाप र धर्मको मापन विवरण कोहीसंग हुनै सक्दैन। कसले पाप गर्यो ? कसले धर्भ गर्यो ? त्यसको लेखाजोखा हामी रहुन्जेल हुनेछ र कोही कसैले भन्दैमा पाप र धर्मको भागीदार बन्न सकिंदैन। कस्को भागमा कति पाप र धर्म ? त्यो बांचुन्जेल हिसाब हुन्न र मरेपछि त झन् डुम्मै राजा।

उता मन्दिरमा विराजमान संकटा मौन । मन्दिरमा सबैले भगवान साक्षी राखेर सबैले आ–आफ्नै स्वार्थ र भजन गाइरहेका छन् । आस्तिकको भीडमा लुकेर बसेका नास्तिक मन्दिर छेउछाउ नै देखिन्छन् । मैले कहिकतै विद्धानबाट सुनेको छु । पाप र धर्म, हामीअघि नै छन् । सास रहुन्जेल यसको बाँकी बक्यौता हिसावकिताब चुक्ता गर्नुपर्छ । हामीले बोकेको पाप र धर्मको लेनदेन भएसम्म मुक्ति मिल्दैन । यसबारे धेरै जानकार छन् । तरपनि आफुभित्रको पाप नदेखेर धर्म कमाउन अहोरात्र व्यस्त छन् मान्छेहरू । मान्छेलाई कति धर्म भयो भने पुग्ला ? यसको पनि मापन छैन । न हिसाब छ, जीवनभरमा कमाएको धर्मको बारेमा हिसाब । एउटै मान्छेले पाप÷धर्म कमाउँदै छन्, अनि विभिन्न माध्यमबाट बेचिरहेका छन् । मान्छे नै हुन् । आस्तिक वा नास्तिक । पूजाआजामा समर्पण भएपनि वा नभएपनि । विश्वास र सद्भावको एउटा मानिएको बिन्दु सबका हुन्छन् । मार्ग फरक हुनसक्छ तर पुग्ने गतव्य एउटै हो । आखिर पाप÷धर्मको हिसाबकिताबमा हिन्दु, बौद्ध, क्रिश्चियन, मुश्लिम वा अन्य कुनै धर्म । सबैका आफ्ना नियम हुन्छन् । सद्भाव र समर्पण हुन्छन् । जीवनको यात्रामा संकलित पाप÷धर्मको हिसावकिताब हुन्छन् । बुझेर वा नबुझेर पाप÷धर्मका बारेमा हामी निकै सचेत बनिरहेका हुन्छौं । समाजका पुर्खाले सिकाउँदै आएको सिद्धान्तमा उभिएर पाप÷धर्म छुट्टयाउन जान्यौं । मान्छेमा रहेको यो महानताले अठ्यारा प्रश्नहरू उठाएका छन् । आखिर आजसम्म हामीले कति पाप गरयौं ? कति धर्म गरयौं ? कतै हिसाब छैन् । न कसैले दिनसक्छ ? अस्तु

Explore posts in the same categories: मेरो लेख

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )


%d bloggers like this: