धन्यवाद गौथली !

subin-gauthaliफागुन २७, आइतबार
शिवरात्रीको दिन, २०६९
१० मार्च, २०१३

धेरै भयो विद्युतीय डायरी लेखन छुटेको । नेपाल समाचारपत्रमा आवद्ध भएदेखि बेफुर्सदिलो बनेको छु । धन्न, पत्रकारिताको केही ज्ञान भएकै कारणले रिपोर्टिङ सजिलो भएको छ । समाचारपत्रमा ललितपुर पृष्ठका संवाददाता सुनिल महर्जनले दुई साता बिदा लिएपछि हरेक दिनको दौडधूपले निकै तनाव उत्पन्न भएको थियो । अहिले त्यस्तो छैन्, समाचार खोजी र लेखनका लागि समय जोहो गर्न सकेको छु ।

आज शिवरात्री । पशुपतितिर हजारौं भक्तजनहरूको भीड । महादेव मन्दिरमा आगो बालेर प्रसाद खाने तयारी चल्दैछ । गाँजाको एक सल्कोमा युवाहरू उत्तिकै व्यस्त । दृश्यहरू चलिरहँदा, म आफ्नै कुरा पोखिरहेको छु । समाचारपत्रमा आवद्ध भएको लगभग तीन महिना बितेको छ । निरन्तर प्रकाशन हुँदै आएको अनलाईन पत्रिका साप्ताहिक एक महिना प्रकाशित हुन सकेन । ललितपुरमा धेरै अग्रज तथा आत्मिय मित्रहरूले यसलाई सकारात्मक पक्षका रूपमा लिएनन् । बल्ल समयलाई मिलाउँदै अनलाईन पत्रिकालाई प्रकाशित गर्न थालेको छु ।

महिनौ दिनसम्म यत्ति कुराहरू गुम्सिएका छन्, तर लेखनको मुड नै आएन । आज अचानक गौथलीका कारण शब्दहरू उत्पन्न भएका हुन् । बाबुनानीलाई चित्रकलाको कक्षाबाट ल्याउँदै गर्दा एउटा गौथली चिसोमा छट्पटिएको भेटे । अचानक परेको पानी र हुरीलाई छल्दै पिम्बहाल पुग्दा गौथलीलाई देखेको थिए । गौथली हातले छुनुहुन्न भनेर बिस्तारै कागजबाट सुरक्षित बनाउन खोजेँ । त्यसपछि गौथली मेरो हातमा चढेर काँधका पुग्यो । त्यसपछि गौथलीलाई काँधमै राखेर घरतिर फर्किन थाले । बाटोमा सबैले अचम्म मान्दै हेर्दे थिए ।

घर पुग्ने लाग्दा अचानक गौथली टाउकोमा चढ्यो, भुर्रर उडेर जुन बाटोबाट आएको थिए, उतैतिर अलप भयो । छक्क परे, अघिसम्म चुपचाप गौथली उडेर गयो । अझै गौथलीको सम्झनाले छोडेको छैन । शनिबारमात्रै नागरिकको कोलाजमा पुतली मान्छेको कथा पढेको थिएँ । पुतलीका कारण मिलन राई बदल्यो, चित्र कोर्न थाले । पुतलीलाई जताततै छोड्न थाले । यही कुरालाई जीवनसंगीनी सुनिताले पनि सम्झाइन् । त्यसपछि मनमा उर्जा बढ्यो र धेरैपछि शहरबाट शब्दहरू कोर्न थलोमा शब्द पोख्न आतुर भएँ ।

मलाई थाहा छ, यो चौतारीमा देशविदेशबाट नियमित मित्रहरूको आगमन हुन्छ । नयाँ कुरा खोज्छन्, अनि पुरानै कुरा देखेपछि उदाश हुन्छन् । तर अब यसो हुन दिन्न । देखेका, भोगका तीतामिठा कुरालाई यहाँ खन्याउनेछु । धन्यवाद गौथली । आशा छ प्रिय गौथली, तिमी यतिखेर न्यानो वासमा पुगेकी होला । र, जसरी म तिमीलाई सम्झिदैछु, तिमीले पनि मेरो काँध अनुभुव गर्दै हो की ?

अस्तु

Explore posts in the same categories: दैनिकी, म र मेरो कुरा

ट्यागहरु:

You can comment below, or link to this permanent URL from your own site.

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )


%d bloggers like this: