स्वागतम् सामसुङ !

फागुन २८, सोमबार,

२०६९ ११ मार्च, २०१३

केही सातादेखि बिहानै निस्किने बानी परेको छ । थोरै भएपनि वरिपरि क्षेत्रसम्म पुगेर आउँछौं हामी दुई (म र सुनिता) । उनीलाई पनि योगाको चासो बढेकोले गर्दा केन्द्र खोज्ने चलिरहेकै छ । आजपनि समाचारपत्रमा सुनिलकै पालो परेको दिपक सरलाई जानकारी गराएँ । उनले बनाएको नियम अनुसार दुई÷दुई बिराएर लेख्ने नियम थियो । आजबाट सूचना विभागमा चाइनीज भाषाको प्रशिक्षण शुरू भयो । तर यो अल्छिपनले जान सकिएन ।

बिहानै वेलहम्सको टीम (समीर, सन्नी, शर्मिला र शारदा) आइपुग्यौं । उनीहरूको प्राक्टिकल म्यागेजिन आजैभोली सिध्याउनुपर्छ भन्दै । त्यसपछि केही डाटालाई अन्तिम चरण दिएर म डिजाइन हाउस पुगेँ । शायद भोलीसम्म तयार पार्छु भन्ने लागेको छ ।

आज विधिवत् रूपमा सामसुङ ब्राण्डको ल्यापटपलाई स्वागत गरेको छु । विद्युत नहुँदा काममा केही सहज होस् भन्ने उद्देश्यपनि राखेको छु ।

दिउँसो बैंक अफ एशियामा पैसा लिन पुगेकी सुनिताले पैसा पाएनन् । कारण, नामको पछाडि थर पुगेन भनेर बैंक कर्मचारीले भनेछन् । सुनिता बाटाजु श्रेष्ठको नाममा कुरिनटारबाट पैसा आएको थियो । सधै सहजै पैसा लिइने गरेपनि आजपनि दुःख दिएछन्, फर्म च्यातेर आईपुगिन् ।

छोरीलाई घुर्ने बानी छ । धेरै डाक्टरलाई देखाएँ, तर २० को १९ भएन । जस्तोको तस्तै । धेरै सुनिएको भएकोले छोरी संस्कृतिलाई बानेश्वरमा लगेँ । ढिला भइसकेको कारण सोधपूछ मात्रै गरेर हामीलाई फर्कायौं । सधैं आउनुस् भनेर बिदा दिएपछि हामी फर्कियौं र बाहिरै खाजा खायौं । साँझ तरकारी किनमेलको बजार पुगियो । होस्टेलको लागि नियमित सब्जी किन्ने साँझ नै हो । बेलुका सुत्नु अघि दैनिकी लेख्छु भनेर कस्सिएपनि लेख्न सकिएन । तर यसलाई आधुनिकरणको रूपमा परिवर्तन गरेर सिधै विद्युतीय लेखनमा ल्याउन खोज्नुपनि मुख्य कारण हो । अस्तु

Explore posts in the same categories: दैनिकी

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )


%d bloggers like this: