आजबाट फेरि लेख्छु भन्ने अठोट

मंसिर १, शनिबार, २०७०

शब्दहरू टाइप गरिरहँदा मध्यरातको दैलो टेक्न करिब ९ मिनेट बाँकी छ । आज अफिसियल मिटिङ भयो बिहान । मेरो नेतृत्वको समूहमा अहिले करिब १५ जना साथीहरू जोडिएका छन् । आजबाट केहीलाई नयाँ जिम्मेवारी थपिदिएँ ।
आज दिनभर घरमै व्यस्त भएँ । शनिबारपनि थियो । एकछिन सुत्ने विचार राख्दा राख्दै पनि कलेजका प्रमुखसँग निर्वाचनको विषयमा लामो संवाद भयो ।
ललितपुरमा कसकसले जित्छ भन्ने विषयमा भएको कुराकानीमा निर्वाचन आयोगको लापरवाहीको विषयमा समेत कुरा उठ्यो । धेरैपछि मित्र मोहन घरमा आए, नयाँ योजनाका बारेमा सोधे र आफ्नै कुराहरू पनि राखे । साँझपख पुराना तस्वीर र लेखहरू एकपटक खोजेर व्यवस्थित पार्ने प्रयास गरेँ । जे होस्, आजबाट प्रत्येक दिनलाई केही शब्दहरू कोरेर आफूलाई अपडेट गराउने वाचा गरेको छु । अस्तु ।

Explore posts in the same categories: दैनिकी

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )


%d bloggers like this: