खोकना घटनाको खास कुरा !

मंसिर २, आईतबार, २०७०

आज बिहान ढिला उठियो । हिजो निद्रादेवीको काखमा पुग्दा करिब २ बजिसकेको थियो । आज उठ्ने बित्तिकै पुल्चोकस्थित साझा प्रकाशन कार्यालयमा बम राखिएको खबर आयो । उतैतिर पुगियो । नियमित झैं फेसबुक, अनलाइन पत्रिकामा समाचार अपडेट गरियो ।

आज अड्डामा पनि चाँडै पुगेँ । आज कार्यालयमा वितरण शाखाका लागि दुईजनालाई नियुक्ति दिइयो । पत्रिकाको कार्यालयको लागि वेव अपलोड र पेजमेकर चलाउन सक्ने महिला कर्मचारीको खोजी गरियो । करिब एकदर्जन पुराना मित्रहरूलाई गुहारे, उनीहरू संचारमाध्यममा कार्यरत छन् । तर, कर्मचारी’bout जानकारी दिइयो, साथीहरू बुझेर खबर दिन्छु भनेर जानकारी गराए । त्यस्तै यही सिलसिलामा पुराना साथीहरूसँग सम्वादको मौका जुर्यो । करिब १० वर्षअघिका साथीहरू । जो अहिले राम्रो काममा आवद्ध छिन्, त्यस्तै कोहीभने वैवाहिक जीवनमा बाँधिसकेकी छिन् ।

यस्तै कार्यालयमा दिनभर रहँदा चुनावी चर्चा सम्बन्धमा विभिन्न व्यक्तिहरूसँग गफ भयो । साँझतिर खोकनामा भएको झडपको समाचार प्राप्त भयो । समाचारको फ्लोअप गरिरहँदा मतदाता परिचय वितरणमा झडप भएको समाचार फैलिसकेको थियो । केही संचारमाध्यमले मलाई यस’bout सोधे । ती संचारमाध्यमले प्रसारण र प्रकाशित पनि गरे । प्रकाशित समाचार

बेलुकातिर अल्का अस्पतालमा ल्याइएका घाइते प्रहरीको स्वास्थ्य अवस्था बुझ्न सिडिओ आइपुगे । भेट भयो । चुनावी दौडमा व्यस्त रहेको जानकारी दिए । त्यसपछि समाचारमा पूर्णता भएको महसुसपछि नेपाल समाचारपत्रमा समाचार पठाएँ । बेलुकातिर एक प्रख्यात राजनीतिक व्यक्तित्वले फोन गरेर संचारमाध्यममा आएका समाचारको सत्यता बुझ्दै सक्दो यस’bout सत्य समाचार दिन आग्रह गरे । आज चाँडै सुत्ने तरखरसँगै यी शब्दहरू अपलोड गरेर बिदा हुन्छु । अस्तु

Explore posts in the same categories: दैनिकी

टिप्पणी छोड्नुहोस्