सबै ठिकठाक चलिरहेकै छ

३१ असोज, २०७१
मलाई थाहा छ अहिले समय ठिकठाक चलिरहेको छ । दशैंको पूर्वसन्ध्यामा अनेक तनावले टाउको उठाएको थियो । अनलाइन पत्रिका दैनिकभित्रको आयले अनलाइन पत्रिकाकर्मीलाई खुशी बनाउन सकिएको थियो । तरपनि केहीका अनुहार मलिन र उदाश थियो । कार्यालयबाट बिना जानकारी बिदा बस्ने र कामलाई प्रभाव पारेकोले हाजिरी हेरेर पारिश्रमिक थपघट गरिएको थियो ।

यस्तै यस्तैमा दशैं कट्यो । अहिले तिहार नजिकै छ । दशैंकै कुरा गर्दा केही साथीहरूले कार्यालयको अवस्था हेरेर मौनता मात्रै सम्हाले । हामीले प्रयत्नमात्रै होइन, पूरै प्रयास गरेका थियौं । तरपनि सकेजति प्रयास खेर गयो । आफ्नै पर्नेलाई समेत गुहारे । तर हुन्छ भनेर झुक्याए । साथीहरूलाई सम्झाउन सके । तिहार राम्रो बनाउने भनेर सहमति गरियो ।

कार्यालयबाट दशैं सकिएपछि संवाददाता #श्रृजना_बास्तोला बिदा भइन । साथै, केही महिना हामीसँग आवद्ध भएकी #बिनु_सुवेदीपनि बिदा भइन । पत्रकारिता क्षेत्र यस्तै हो, जुट्ने र फुट्ने भइरहन्छ । किनकी पत्रकारिता क्षेत्रमा धेरै चित्त नबुझ्ने कुराहरू छन् । धेरै कुरा मनले मानेपनि समाज र बाध्यताले स्विकार्न सक्दैनन् । यस्तै यस्तै भयो । अहिले यतिमात्रै । अस्तु

Explore posts in the same categories: दैनिकी

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )


%d bloggers like this: