आमा, आत्मियता र आनन्द

१८ पुस, २०७१ तद्अनुसार २ जनवरी, २०१५ (शुक्रबार) । बानी पनि खराबै हो भन्ने लाग्छ । बिहानै उठ्ने बित्तिकै अनुहार पुस्तक खोल्नुपर्ने । तर आज बिहानै उठ्ने बित्तिकै अनुहार पुस्तक खोलेपछि मनमा आनन्द लाग्यो । कारण, बिहानै गौरी मल्ल दिदीको नयाँ वर्ष २०१५ को विद्युतीय शुभकामना प्राप्त भयो ।

नियमित दैनिक छँदै थियो । आज कार्यालय पस्दा हल्का र आनन्दित अनुभूति भइरहेको थियो । आज नयाँ महिनाको २ गते । हामी सबै समिक्षाका लागि छलफलमा जुट्यौं । सधैं झैं अनलाइन पत्रिकाकर्मी साथीहरू बस्यौं । बैठक शुरू भयो । आजको बैठकमा धेरै कुराहरू गर्न बाँकी रहेको निष्कर्षसहित नयाँ योजना उपर सबैका साथ र सहमति जुट्यो । यसबारे केहीदिन प्रष्ट पार्छु नै ।

हामीले तीनदिन अघि लेखेको समाचारका पात्र एक आमाको आज चिसोबाट उद्दार भयो । म आफूपनि त्यहाँ पुगेर साक्षी बने । निकै खुशी लाग्यो । समाचारको खोजी गर्नु सजिलो कहाँ छ र ? जे होस्, समाजभित्रका यस्ता कथालाई बुझेर लेखेका अनलाइन पत्रिकाकर्मी मन्दिरा सापकोटा र फातिमा बानुप्रति आभारी नै छु । सबैले अनलाइन पत्रिकाकर्मीको प्रयासलाई सराहना गर्दै थिए ।

आज कार्यालय रहँदा समाचार खोजी जारी रह्यो । साँझ डिजाइनर साथीसँग केही नयाँ कुरासँग आत्मियता राखियो । यस्तै यस्तैमा साँझ तल ओर्लिएपछि साथीहरू बिदा भए । आजको दैनिक च्याप्टरलाई यही बिसर्जन गर्दै मपनि लागे घरतिर ।

अस्तु

Explore posts in the same categories: दैनिकी

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )


%d bloggers like this: