कफी हावर, दाजुको पावर र द टावर

२० पुस, २०७१ तद्अनुसार ४ जनवरी, २०१५ (आइतबार) । बिहान ढिला उठेपनि एउटा सुखद पाटो भनेकै सहयात्रीले चिया पस्कनु नै हो । मिठो चियाको चुश्कीमा दैनिकी शुरू हुन्छ । हिजो साँझ घर पुगेर द टावर फिल्म हेरियो । एउटा बडेमानको शिशाको १०० तल्ले भवन कसरी भग्नावेशमा परिणत भयो भन्ने कथा छ यसमा । एकदम डरलाग्दो शैलीमा मुटु नै झस्किने अभिनय र दृश्यको संयोजन छ द टावरमा । परिवारसहितले छोरी (संस्कृति) र छोरा (संस्कार) र हामीले हेर्यौं ।

कार्यालयको काम शुरू भयो । धेरै कुराहरू बाँकी थिए । अनलाइन पत्रिकाकर्मी साथीहरूसँग नियमित छलफल र कामको बाँडफाँट गरियो । आज अनलाइन पत्रिकाकी प्रबन्ध निर्देशक सुनिता बाटाजुले अनलाइन पत्रिकाको सम्पूर्ण खातापाताको दर्शन गर्नुभयो । साथमा हरहिसाबको पाना पल्टाउँदै बुझाउँदै थिए सुमित्रा ठकुरी । आज समाचार शाखाका मन्दिरा, फातिमा र भवानीमा पनि समाचारको चाप रह्यो ।

म भने दिउँसो केही विशेष व्यक्तित्वहरूसँग लामो कुराकानीमा व्यस्त भएँ । चापागाउँबाट नवराज संजेलको हालखबर सोधनी भयो मलाई । कार्यालयमा फणिन्द्र कायस्थ र मधुसँग भेटघाट र कुराकानी भयो ।

साँझ किशोर दाजुसँग कफीको स्वाद लिइयो । र, निकैबेर गफियौं पनि । चिसो समयमा तातो कफीको स्वाद र गफको आनन्द बेग्लै नै भयो । मलाई घमण्ड गर्नुपर्ने सत्य भनेकै प्रत्येक पल्ट किशोर दाईसँगको भेटले उर्जा बढेको महसुस हुन्छ । आज हामीसँग साक्षी बनेका थिए लक्की अली । आजै हरेकपल्ट बैंकका सहजकर्ता बन्ने गरेकी निष्ठाजी सँग जम्काभेट भयो । कार्यालयमा आज ढिला बसाँई भयो । पाठकहरूमा नयाँ शैलीमा आगमन हुने रहरका कारण अनलाइन पत्रिका कार्यालयमा धेरैबेर बस्नु परेको हो । यस्तै यस्तैमा कार्यालयको समय सकियो ।

अस्तु

Explore posts in the same categories: दैनिकी

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )


%d bloggers like this: