छेपारो नै हुँ की म ?

२८ जेठ । (शुक्रबार)

दिमागले जे भनिन्छ र सोचिन्छ । त्यो गर्न र हुन नसक्नु अल्छीपनको पराकाष्ठा नै हो । मलाई लाग्छ, म छेपारोरुपी मान्छे हुँ । एउटा कथा चर्चित छ ।

छेपारोले घर बनाउन खोज्छ । तर पानीका कारण बनाउन अल्छी मान्छ । सोच्छ, भोली घाम लाग्छ, म अवश्य घर बनाउँछु । यस्तै घटनाक्रममा छेपारो घरको सपना बोकेर घाम कुरिरहन्छ । अल्छी हुँदै वर्तमान काटिरहन्छ । जाडो आउँछ र छेपारोले जाडो धान्न सक्दैन । छेपारोले ज्यान फाल्छ ।

मलाई लाग्छ, म छेपारो नै हुँ । मैले धेरे सपना देखेँ । योजनाहरु छरपष्ट छन्, गर्नुपर्ने अभियान र कामहरुले मलाई घेरिरहन्छन् । म सोच्छु, साइत आउँछ । म जुट्छु । उर्जा बढ्छ, म खट्छु । यस्तै यस्तै अवसरको पर्खाईमा दिन कट्दैछ । मैले यो निजी व्लग (सहरबाट शब्दहरु) मा पनि दैनिकी लेख्छु भनेर पटकपटक वाचा गरिरहन्छु । तर भोली, पर्सी आउँदै गर्दा सब भुसुक्कै ।

म आफूले आफूलाई नराम्ररी गाली गरिरहन्छु । क्षणक्षण सम्झाईरहन्छु, यसो नगर । यो गर्नुहुन्छ । तेरो सपना ठूलो छ, तँ अघि बढ । काममा ध्यान पुगेन । काम गर । म भित्रैको एउटा अर्काे अनुहारले ‘अँ बुझेँ’ भन्दै तर्किएर हिड्न खोज्छ । यताउता काम गर्न खोज्छ । फेरि भोली नयाँ दिनको बिहानै सब हात्ती आयो हात्ती फुस्सा । अहिले यतिमात्रै ।

अस्तु

Explore posts in the same categories: म र मेरो कुरा

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )


%d bloggers like this: