परमात्माको कृपाले सब कमाल

sun

आज ढिला उठियो । उठ्ने बित्तिकै गृहमन्त्रीको न्यानो मायासहित पस्किएको कालो चियाबाट दिन प्रारम्भ । घरको झ्यालबाट भित्र चम्किएर सर्वत्र छरिएका सूर्यका किरणले मनै उर्जाशील ।
एकछिन व्यायाम गरेझैँ नाचियो । पूजापाठ गरियो । दिन शुरु भयो ।

खाना खाई सकेपछि मोबाइलभित्रका महत्वपूर्ण सामाग्री सार्न एउटा तार आवश्यक भएपछि जावलाखेल पुगियो । जाँदाजाँदै ललितपुरका एक पत्रकारलाई फोन सम्पर्क गरेँ । पशुपतिको यात्रा सिद्राको व्यापार गरे झैंँ सामान किनियो पनि र गफिएँ पनि ।

साँच्चै संसारमा हाम्रो उपस्थिती जति नै फुर्तिलो रहेपनि कुन बेला र कस्तो पलमा यो विसर्जन हुन्छ भन्ने नसकिने रहेछ । त्यो भिडियोले बोल्दाबोल्दै र हिड्दाहिड्दै जीवन निभेको संग्रह देखाएको छ । धेरैबेर शान्त बनेर अध्यात्मिक बनियो ।

पत्रकार साथीसँग पत्रकारलाई दिइएको राहतको कुराकानी भयो । ललितपुरमा ‘कसले कसले राहत लिए, कसलाई दिइयो ?’ भन्ने सम्बन्धमा प्रष्ट जवाफ नआएको उनले गुनासो गरे । यस सम्बन्धमा आफूपनि अनभिज्ञ रहेको जानकारी गराएँ । साथै, काठमाडौंमा पत्रकारलाई दिइएको राहतमा भएको घोटलाका विषय आयो । उनले भने, ‘यसरी राहतमा डामाडोल हुनु र गर्नु भन्दा दिनेले अत्यावश्यक सहयोगको पक्षमा मनकारी बनिदिए हुन्छ नी ।’ कुराकानी चल्दै गर्दा ललितपुरका एक नयाँ मनकारी दातासँग ‘कस्तो सहयोग गर्दा हुन्छ ?’ भनेर प्रश्न गरे । यो विषयमा एकदुईमा जानकारी गराउनेछु भनेर दातासँग छुट्टिएँ । यस्तो विश्वासले सक्रिय पत्रकारितामा थप उर्जा दिने काम गरेको छ । धन्यवाद छ, विश्वासी र शुभचिन्तक दाताहरुप्रति ।

धेरै लामो सम्वाद सब यहाँ लेख्न सकिएन । यसपछि लगनखेलस्थित सतलोक टेलर्समा एकजना धार्मिक मित्र भेट्न पुगेँ । त्यहाँ करिब एक घण्टा बिताएँ । धेरै अध्यात्मिक कुराकानी भयो । ‘कोरोना दुःखदेखि अब संसार कसरी समाप्त हुँदैछन्’ भन्ने विषयमा ती दाजुले धेरै कुरा सुनाए । परमात्माको कृपाले यो भेटघाट एकदम दुलर्भ रह्यो । यो धर्मभित्रको विवाह बन्धन र जीवनशैलीको सम्बन्धमा प्रष्ट हुन पाएँ । ‘कोध्रको समाप्ति कसरी हुन्छ ?’ भन्ने सन्दर्भका उनले धेरैबेर यथार्थपरक कुरा सुनाए । त्यहाँ कुराकानीका साक्षी उनकै परिवार थिए । उनका छोराले ‘एकपलमा जीवन कसरी सकिन्छ’ भनेर एउटा भिडियो देखाए । साँच्चै संसारमा हाम्रो उपस्थिती जति नै फुर्तिलो रहेपनि कुन बेला र कस्तो पलमा यो विसर्जन हुन्छ भन्ने नसकिने रहेछ । त्यो भिडियोले बोल्दाबोल्दै र हिड्दाहिड्दै जीवन निभेको संग्रह देखाएको छ । धेरैबेर शान्त बनेर अध्यात्मिक बनियो ।

घर पुग्दै गर्दा काठमाडौंबाट एकजना मिडिया साहुले फोन गरेर दुई प्रति प्रेस ज्याकेट मागे । उनका कर्मचारीलाई पत्रकारको राहत कोटामा राहत दिइनुपर्ने विषय सम्बन्धमा मलाई ध्यानाकर्षण गराए । र, जसरीपनि समाधान ‘तपाईँले नै गर्नुपर्ने’ जिम्मा सुम्पेर ती साहु ढुक्क बने । यसैबीच, काठमाडौं एक पत्रकारले समेत सम्बन्धित निकायमा भेटघाट बाँकी रहेको हुनाले एकदुई महत्वपूर्ण भेटमा उपस्थित हुनुहोला भनेर निम्तो दिए ।

ललितपुरमा ‘कसले कसले राहत लिए, कसलाई दिइयो ?’ भन्ने सम्बन्धमा प्रष्ट जवाफ नआएको उनले गुनासो गरे । यस सम्बन्धमा आफूपनि अनभिज्ञ रहेको जानकारी गराएँ ।

अनलाइन पत्रिका मिडिया ग्रुपसँग जोडिएका तीन कर्मचारी साथीलाई भेटियो । र, यो अवस्थामा संस्था नखुलेकोमा दुःख प्रकट गरे । स्मरणयोग्य नै छ, अनलाइन पत्रिका डटकमको सम्पूर्ण ताजा अपडेटहरु घरमै कार्यालयसहित संचालन हुँदैछ । केहीदिनमा कार्यालय खुल्ने साथीहरुलाई जानकारी गराइयो । धेरैपछि सँगैका सहकर्मी साथी ईश्वरजीले फोन गरेर हालखबर सोधे । ‘के छ खबर सुविन सर ?’ भनेर कसैले सोधिदिँदा पनि पल र जीवनमा नयाँ उज्यालो देखिने ।

यसैगरि, सर्लाहीदेखि मित्र रेवती खड्काले फोन गरेर मेरो र परिवारको हालखबर सोधे । मलाई लाग्छ, यस्तै सम्झना र माया गर्ने साथीहरु नै मेरा अमूल्य सम्पत्ति हुन् । यसकारण हामीले पनि परिचित साथीहरुलाई एकपटक खोजेर सोध्ने हो की हालखबर ?

आज केही ललितपुरका वरिष्ठ सहकारीकर्मीहरुसँग सहकारी विषयमा कुराकानी गरियो । जिल्ला प्रशासनसँग सहकारी नेतृत्वसँग रहेर गरिएको समन्वयमा मिष्टर सुविनको प्रयासलाई ती सहकारीकर्मी धन्यवाद ज्ञापन गरे । स्मरण रहोस्, सहकारी नेतृत्वसँग जुटेर लकडाउनका सहकारीकर्मीलाई सहज बनाउने अभियानमा म संलग्न भएको उदाहरण उनले जोडे ।

घर फर्किएपछि अक्षर खेतीतिर व्यस्त रहेँ । केही मित्रहरुसँग फोन सम्पर्कमा जोडिएँ । आज शनिबारको दिन । लकडाउनले घर बस्नुपर्ने सरकारको निर्देशन । बिदाको महत्वपनि यसैभित्र गुम्सियो । साँझतिर गोदावरीबाट मनै गदगद हुने समाचार प्राप्त भयो । बिहानैदेखि कोरोना शंकास्पद रहेका व्यक्तिको रिपोर्ट नेगेटिभ आएको समाचार हो यो ।

धेरै कुरालाई सम्झेर र कल्पेर भन्दा पनि ‘जे हो सत्यकुरा’ त्यसलाई यहाँ लेखियो । अझ भनु की हरेक दिनको सन्दर्भलाई संग्रहित गरियो । यहाँहरुले यहाँ लेखिएका शहरबाट शब्दहरु पढेर केही प्रतिक्रिया दिनुभयो भने म आभारी रहनेछु । मेरो यतिमात्र प्रार्थना छ की परमात्माको कृपा सबैमा रहोस् । यति भन्दै आजलाई बिदा ।
अस्तु

२०७७/०१/२७ शनिबार

Explore posts in the same categories: दैनिकी

टिप्पणी छोड्नुहोस्