Archive for नोभेम्बर 2009

प्रगति उही हो… अनुसन्धान चल्दैछ

नोभेम्बर 7, 2009

मिशन सर्च सबिना

नोभेम्बर ७  कार्तिक २१ शुक्रबार – ५८ दिन

समय नै त हो । कसैको परवाह नगरी निरन्तर बढिरहन्छ । आजको दिनले झण्डै हप्ता दिन नाध्यो कुनै खोजखबरका ’boutमा नलेखेको । प्रारम्भमा निकै व्यस्तता बढेपनि बिस्तारै सुस्ताएको अनुसन्धान र प्रगतिको कुराले म समेत ढिलासुस्तीमा परेछु । त्यसमा फेरि अत्यावश्यक कामले गर्दा समय नै कम भयो । सरकारी कामनै त हो कहिले सकिँदैन ।

(धेरै…)